08/27/2026
https://www.facebook.com/share/1HWMqnGBWt/?mibextid=wwXIfr
प्रेस विज्ञप्ति 🙏
NRNA खेलकुद कार्यक्रम स्थगित सम्बन्धमा जरूरी सूचना 📣
नेपालमा आएको हृदयविदारक बाढी तथा प्राकृतिक विपत्तिका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै, NRNA New York Chapter द्वारा आयोजना गर्न लागिएको NRNA Interstates volleyball tournament खेलकुद र तीज कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराइन्छ।
देश कठिन परिस्थितिबाट गुज्रिरहेको यस दुःखद घडीमा उत्सव तथा खेलकुदभन्दा पनि विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार, राहत र सहयोगमा ऐक्यबद्धता जनाउनु हाम्रो प्राथमिक दायित्व हो।
यस विपत्तिबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार र राहतको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गर्दछौँ।
कार्यक्रमको नयाँ मिति, समय र स्थानबारे आवश्यक निर्णयपछि आधिकारिक रूपमा जानकारी गराइनेछ !
यस निर्णयलाई समझदारीका साथ स्वीकार गरी सहयोग गर्नुहुने सम्पूर्ण खेलाडी, टिम, आयोजक, प्रायोजक, स्वयंसेवक तथा नेपाली समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
विपद्को यस कठिन घडीमा सम्पूर्ण नेपाली एकजुट बनौँ।
एकअर्कालाई सहयोग गरौँ। 🇳🇵🙏
NRNA New York Chapter
Sport event आयोजक समिति
प्रेस विज्ञप्ति 🙏🙏
08/14/2026
Are you guys ready for this tournament
Interstate volleyball tournament
1st dashain cup south dakota
08/14/2026
🇳🇵🏐 पहिलो NRNA कप २०२६ — नेपाली एकता, खेलकुद र भाइचाराको उत्सव 🏐🇳🇵
अमेरिकामा रहेका नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्ने उद्देश्यले आयोजना हुन लागेको पहिलो NRNA कप २०२६ सम्पूर्ण नेपाली समुदायका लागि गौरवको अवसर हो।
यस प्रतियोगिताले विभिन्न राज्य तथा क्षेत्रबाट सहभागी नेपाली खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै आपसी मित्रता, सद्भाव, अनुशासन र भाइचारालाई अझ बलियो बनाउने विश्वास लिइएको छ।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पहिलो NRNA कप २०२६ मा सहभागी भई खेलाडीहरूलाई हौसला प्रदान गर्न हार्दिक अनुरोध गर्दछौँ। साथमा समयमैं आफनो टिम द्रता गराउन बिनम्र अनुरोध गर्दच्छौ 🙏🙏
आउनुहोस्, खेलकुदमार्फत नेपाली एकता अझ बलियो बनाऔँ।
🇳🇵 पहिलो NRNA कप २०२६ — हाम्रो खेल, हाम्रो एकता, हाम्रो गौरव! 🇳🇵
08/10/2026
Congratulations
Winner team baglung
Runner up dolokha
First parbat cup district level volleyball tournament
05/30/2026
बागलुङ कप २०२६ को तयारी पूरा, भोलिदेखि जिल्ला स्तरीय भलिबल महाकुम्भ सुरु
बागलुङ,MAY 30 /31– बागलुङ जिल्लाको खेलकुद इतिहासमा महत्वपूर्ण मानिएको बागलुङ कप २०२६ प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगितामा बागलुङसहित विभिन्न जिल्लाका १२ टोलीहरूको सहभागिता रहने छ।
प्रतियोगितामा ताप्लेजुङ, झापा, दोलखा, रुकुम, बागलुङ रेड, बागलुङ ब्लु, पर्वत ए, पर्वत बी, सिन्धु, स्याङ्जा, म्याग्दी ए र म्याग्दी बी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
आयोजक समितिका अनुसार प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै जिल्लाहरूबीच आपसी सम्बन्ध र भाइचारालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताको मूल नाराका रूपमा “Uniting Districts Through Volleyball” लाई अघि सारिएको छ।
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको अन्तिम नामावली सार्वजनिक गरिसकिएको छ। खेलाडीहरूको नागरिकता वा राहदानीका आधारमा मात्र सहभागिता सुनिश्चित गरिने छ।
स्थानीय कला, संस्कृति तथा खेलकुदको संगमका रूपमा आयोजना हुन लागेको यस प्रतियोगिताले बागलुङमा उत्सवमय वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ। आयोजक समितिले सम्पूर्ण खेलप्रेमी, शुभेच्छुक तथा दर्शकहरूलाई प्रतियोगिता स्थलमा उपस्थित भई खेलाडीहरूको उत्साहवर्धन गर्न अनुरोध गर्दछौ।धन्यवाद
organizer by Baglung Sports NYC
Baglung Samaj America
04/20/2026
Baglung Sports NYC
Nepali Volleyball Group Of America
Official Rules & Regulations
Open district volleyball competitions 2026
04/15/2026
Are you ready ??
Finally, we are proud to announce that we are organizing the FIRST BAGLUNG CUP Volleyball Tournament in New York!
Get ready for an exciting weekend of competitive volleyball bringing our community together for sportsmanship and celebration. Along with the tournament, there will be live music performances, cultural dance, and barbecue for everyone to enjoy.
For more information and team registration, please contact the numbers below.
Join us and be part of this historic volleyball event! Thank you.