Rodeo Mechanical Bull

Rodeo Mechanical Bull

Share

Rodeo Mechanical Bull Rentals

02/12/2026

बम बम भोले……

महाँ शिवरात्रि मेला – ग्रेटर अस्टिन

प्रिय भक्तजनहरू, नमस्ते 🙏

हामी तपाईं तथा तपाईंको परिवारलाई ग्रेटर अस्टिनस्थित श्री पशुपतिनाथ मन्दिरमा आइतबार, फेब्रुअरी १५, २०२६ का दिन आयोजना हुने महाशिवरात्रि पर्वको भव्य उत्सवमा हार्दिक रूपमा आमन्त्रण गर्दछौं। यो दिन वर्षकै सबैभन्दा पवित्र र महत्वपूर्ण धार्मिक अवसरहरूमध्ये एक हो।

यस विशेष दिनमा आयोजना हुने महारुद्राभिषेकम, रुद्राभिषेकम, तथा महाआरतीमा सहभागी भई, तपाईं तथा तपाईंको परिवारले आध्यात्मिक उन्नति, शान्ति र समृद्धिका लागि श्री पशुपतिनाथ भगवानको कृपा र आशीर्वाद प्राप्त गर्नुहोस्।

साँझ ७:०० बजे तीन जना पुजारीद्वारा सम्पन्न गरिने शक्तिशाली महाआरतीमा सहभागी भई, मन्दिरभरि फैलिने दिव्य ऊर्जा, सकारात्मक कम्पन र आगामी वर्षका लागि आशीर्वाद अनुभूति गर्नुहोस्।

उत्सवको क्रममा रंगीन महाशिवरात्रि उत्सव मेला पनि आयोजना हुनेछ, जहाँ विभिन्न स्टलहरू, शिव धुनी, तथा बालबालिकाका लागि रमाइला कार्यक्रमहरू, निःशुल्क पपकर्न र कटन क्यान्डीको व्यवस्था रहनेछ। भजन किर्तन, ध्यान (मेडिटेशन), नृत्य आदि प्रस्तुतीहरु पनि हुनेछन् ।
महाप्रसाद निशुल्क रुपमा बिहान ११:०० बजेदेखि राति १०:०० बजेसम्म उपलब्ध हुनेछ। तयारी खाने कुरा प्रसादीको रुपमा ल्याउन चाहनेहरुलाई पनि स्वागत छ ।
पार्किंगः
******
पार्किंग एउटा ठूलो चुनौती हो । सकेसम्म कार पुल गरेर आउनु होला । सधैं झैं नजिकैको पार्क Adam Orgain Park, 1001 Co Rd 137, Hutto, TX 78634 मा पार्क गरेर हामीले लाने ल्याउने शटलको ब्यबस्था गरेका छौं जुन सम्पूर्ण निशुल्क हुनेछ । मन्दिर परिसरमा सिमित अग्रिम पे पार्किंग मात्र उपलब्ध छ । प्रति गाडी $20 [email protected] मा Zelle बाट तिरेर रिसिट प्रिन्ट गरेर गाडीको ड्यासबोर्डमा राखेर आउनु पर्ने छ । पे गर्दा मेसेज बक्समा गाडी नम्वर पनि लेख्नु होला ।
छोटो समयलाई मन्दिर दर्शन गर्न आउने भक्तालु जनलाई १ बजे सम्म पार्किंग शुल्क लगाईने छैन ।

रुद्राभिषेकम भेटी (शुल्क)ः
***************
रुद्राभिषेकम मन्दिर भित्र पशुपतिनाथमा गर्न चाहने प्रति परिवार $51 र बाहिर अलग्गै ब्यबस्था गरिएको शिवलिंगमा गरिने रुद्राभिषेकमकी लागी प्रति परिवार $21 मा ब्यबस्था मिलाईएको छ । यसका लागी अग्रिम बुकिंग गर्न [email protected] मा Zelle गर्न सक्नु हुनेछ । केका लागी हो, मेसेज बक्समा खुलाउनु होला । आम सर्वसाधारणका लागी लाईनबाट आएर मन्दिरको ढोकाबाट पुजा तथा टिका प्रसाद ग्रहणमा कुनैं शुल्क तोकिने छैन ।

कतिपय कुरा फ्रीमा गरे पनि कहीं शुल्क पनि लिनु पर्ने ब्यबस्थापनको बाध्यतालाई मनन गरि दिनु हुनेछ भन्ने हामीले आशा गरेका छौं । लाखबत्ती बाल्ने कार्यक्रम अघिल्लो दिन तय गरिएकोले सम्पर्क गर्नु होला । गाडी पुजा जस्ता अन्य गतिविथि यस दिन सम्भव नहुने ब्यहोरा जानकारी गराउछौं । स्वयंसेवक सहयोग गर्न चाहनेले पनि सम्पर्क गर्नु होला ।

आउनुहोस्, यस मन्दिर दिवसको अवसरमा आध्यात्मिकता, भक्ति र एकताको उत्सव सँगै मनाऔं।
तपाईं सबैसँग सँगै यो पावन अवसर मनाउन पाउने अपेक्षासहित प्रतीक्षामा छौं।

🙏 जय पशुपतिनाथ 🙏

Want your business to be the top-listed Gym/sports Facility in Leander?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


309 Brentwood Drive
Leander, TX
78641