Bhutan Khabar

Bhutan Khabar Bringing the World Closer to Your Community Through Trusted News. Connecting you to the world.

SadNews: भोटेकोसी बाढीमा परी ४४१ चालक तथा सहचालकसहित ३३८ वटा Truck  बेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ ।
09/25/2026

SadNews: भोटेकोसी बाढीमा परी ४४१ चालक तथा सहचालकसहित ३३८ वटा Truck बेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ ।

महासभामा नेपालको प्रधानमन्त्री शाहको सम्बोधनका क्रममा पटक–पटक तालीको गडगडाहट !🇳🇵संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त...
09/25/2026

महासभामा नेपालको प्रधानमन्त्री शाहको सम्बोधनका क्रममा पटक–पटक तालीको गडगडाहट !🇳🇵

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गरिरहँदा सभाहलमा बेला–बेला तालीको गडगडाहट सुनिएको छ।🇳🇵

आज शुक्रबार! बागलुङ कालिका मन्दिरको पावन प्राङ्गणमा विराजमान हनुमानजीको असीम आशिर्वादले तपाईंको दिन शुभ र मंगलमय रहोस्! ...
09/25/2026

आज शुक्रबार! बागलुङ कालिका मन्दिरको पावन प्राङ्गणमा विराजमान हनुमानजीको असीम आशिर्वादले तपाईंको दिन शुभ र मंगलमय रहोस्! जय हनुमान!!

प्रधानमन्त्रीसँग राष्ट्रसंघका महासचिवले भने,'पदबाट निवृत्त भएपछि पनि नेपालको सहयोगमै हुन्छु! 🇳🇵संयुक्त राष्ट्रसंघका महास...
09/25/2026

प्रधानमन्त्रीसँग राष्ट्रसंघका महासचिवले भने,'पदबाट निवृत्त भएपछि पनि नेपालको सहयोगमै हुन्छु! 🇳🇵

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री वालेन्द्र शाहसँग राष्ट्रसंघ मुख्यालयमा भएको भेटवार्ताका क्रममा गुटेरेसले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटमा गुटेरेसले भोटेकोशी वि'पद्मा भएको जनधनको क्ष'तिप्रति ग'हिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै नेपालप्रतिको आफ्नो सहयोग निरन्तर रहने बताएका थिए ।उनले युवा नेपाली प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि शुभकामना दिएका थिए। भेटमा भोटेकोशी वि'पद्पछि नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा हिमताल फु'ट्ने जो'खिम लगायतका विषयमा छलफल भएको थियो। यस्तै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

09/24/2026
sharing this reminder out of concern for fellow business owners. Pennsylvania State Police say businesses with skill gam...
09/24/2026

sharing this reminder out of concern for fellow business owners. Pennsylvania State Police say businesses with skill game machines should have them removed by October 13, 2026. Starting October 14, keeping or operating unauthorized machines could lead to criminal charges and seizure of the machines. Simply unplugging them is not enough. Please speak with your vendor now and protect yourself and your business.

ट्रम्प-सी उच्चस्तरीय वार्ता : व्यापारिक सम्बन्धदेखि पाण्डा दिनेसम्मका चर्चा-ट्रम्पले सम्झिए : दोस्रो विश्वयुद्ध देखिको स...
09/24/2026

ट्रम्प-सी उच्चस्तरीय वार्ता : व्यापारिक सम्बन्धदेखि पाण्डा दिनेसम्मका चर्चा

-ट्रम्पले सम्झिए : दोस्रो विश्वयुद्ध देखिको सम्बन्ध, सीको प्रस्ताव : सहकार्य विस्तार

-ह्वाइट हाउसमा सम्बोधनका क्रममा दुवै नेताले लिखित मन्तव्य दिएका थिए र सञ्चारकर्मीका प्रश्न लिएनन् ।

-पूरा समाचार कमेन्टमा

एक अर्ब रुपैयाँभन्दा बढी हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक जनालाई पक्राउ गरेको छ।पक्राउ ...
09/24/2026

एक अर्ब रुपैयाँभन्दा बढी हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएका ज्योति शाही रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा घरेलु तथा साना उद्योग कार्यालय, इटहरीमा २०६८ भदौ १६ गते दर्ता गरिएको ‘शाही मनि ट्रान्सफर’का नाममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर सञ्चालन गरेका थिए।

ती खातामार्फत विभिन्न असम्बन्धित व्यक्तिले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपालमा स–सानो परिमाणमा ल्याई कनेक्ट आईपीएसलगायत विद्युतीय माध्यमबाट असम्बन्धित व्यक्तिका खातामा पठाउने गरेको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।

ति खातामार्फत करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ हुन्डी कारोबार भएको प्रहरीले जनाएको छ।

सुनसरी जिल्ला अदालतबाट भदौ ६ गते पक्राउ अनुमति लिएपछि सीआईबी, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले भदौ ८ गते धरान उपमहानगरपालिका–५ खैरेनीबाट शाहीलाई पक्राउ गरेको हो।

पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

A moment from our refugee camp school days: someone being taken from the classroom to the hospital. Does anyone remember...
09/24/2026

A moment from our refugee camp school days: someone being taken from the classroom to the hospital. Does anyone remember what happened or recognize the people in this photo?

So many memories in one classroom photo! 📚 Who studied here? Comment below and tag the classmates you remember.
09/24/2026

So many memories in one classroom photo! 📚 Who studied here? Comment below and tag the classmates you remember.

Address

Harrisburg, PA

Alerts

Be the first to know and let us send you an email when Bhutan Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhutan Khabar:

Shortcuts

Share