28/08/2026
⚽️ Yesterday’s Friendly Match
Dammam Veterans Football Club 🆚 Nepalgunj Football Club
Some beautiful and unforgettable moments from the game 📸⚽️
Non profit organization
28/08/2026
⚽️ Yesterday’s Friendly Match
Dammam Veterans Football Club 🆚 Nepalgunj Football Club
Some beautiful and unforgettable moments from the game 📸⚽️
26/08/2026
प्रेस विज्ञप्ति | बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख एवं समवेदना
26/08/2026
प्रेस विज्ञप्ति
रसुवा, धादिङ र नुवाकोटमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त
आज बिहान भोटेकोशी नदीमा आएको अचानकको बाढी तथा त्यसबाट रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दम्माम भेट्रान फुटबल क्लब, साउदी अरेबिया गहिरो दुःख एवं समवेदना व्यक्त गर्दछ।
यस विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, प्रभावित तथा जोखिममा रहेका नागरिकहरूको तत्काल उद्धार, उपचार, सुरक्षित स्थानान्तरण तथा आवश्यक राहत प्रभावकारी रूपमा उपलब्ध गराउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सबै निकायसमक्ष हार्दिक आग्रह गर्दछौँ।
यस कठिन घडीमा उद्धार तथा राहत कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, स्वयंसेवी तथा सामाजिक संघसंस्था र सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
प्रभावित नागरिकहरूको जीवनरक्षा र राहतका लागि देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा सहयोगी मनहरूलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न हार्दिक अपिल गर्दछौँ।
दम्माम भेट्रान फुटबल क्लब परिवार
साउदी अरेबिया
मिति: २६ अगस्ट २०२६
15/08/2026
दम्माम भेट्रान फुटबल क्लबका संस्थापक पुर्व अध्यक्ष रोशन कुमार श्रेष्ठज्यू संस्थापक महासचिव पासाङ्ग शेर्पा ज्यु कोषाध्यक्ष चित्र कुमार राई ज्यु टिम क्याप्टेन मनोज दुरा ज्यु सदस्य राजु भुजेल ज्यु सल्हाकार सुक तमु ज्यु
नेपाल आदिवासी जनजाति महासंघको नयाँ नेतृत्व चयन
दम्माम, साउदी अरब। नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरबको नयाँ नेतृत्वमा रोशन कुमार श्रेष्ठज्यू अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
शुक्रबार, १४ अगस्ट २०२६ का दिन दम्मामस्थित रोज गार्डेनमा आयोजित ३२औँ विश्व आदिवासी दिवस तथा महासंघको छैटौँ अधिवेशनबाट श्रेष्ठज्यूको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चित्र कुमार चालिङ राईज्यू तथा उपाध्यक्षहरूमा सुक बहादुर गुरुङ, ईमान थापा मगर, सन्तवीर घिसिङ तामाङ र गङ्गा केरुङ लिम्बुज्यू चयन हुनुभएको छ।
त्यसैगरी महासचिवमा पासाङ शेर्पाज्यू, उपमहासचिवमा के.बी. काउच मगरज्यू, सचिवमा राज चेन्जोड लिम्बुज्यू, कोषाध्यक्षमा ओम बहादुर कुमालज्यू र सह–कोषाध्यक्षमा बेल बहादुर सारु मगरज्यू चयन हुनुभएको छ।
त्यस्तै प्रवक्तामा मनोज घिमालज्यू, महिला उपाध्यक्षमा जयन्ती अङ्गछेङ्बो लिम्बुज्यू तथा युवा संयोजकमा कुमार बल तामाङज्यू चयन हुनुभएको छ।
केन्द्रीय सदस्यहरूमा चन्द्र कुमारी राई, मिना योञ्जन तामाङ, भीम बुढा मगर, प्रेम कुमाल, मनोज दुरा, पेमा शेर्पा, सन्त तामाङ, अरुण बराम, राजु भुजेल, चिरन कटिहार चौधरी, मन देवान र भावना मगरज्यूहरू चयन हुनुभएको छ।
यहाँहरूको कार्यकाल सफल, उपलब्धिमूलक र प्रेरणादायी रहोस्। साउदी अरबमा रहेका सम्पूर्ण नेपाली आदिवासी जनजातिहरूबीच आपसी एकता, भाइचारा, सहयोग, संस्कृति, पहिचान तथा हकहितको संरक्षण र प्रवर्द्धनमा यहाँहरूको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ।
अध्यक्ष रोशन कुमार श्रेष्ठज्यू लगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई दम्माम भेट्रान फुटबल क्लब (DVFC) परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
दम्माम भेट्रान फुटबल क्लब (DVFC) परिवार ⚽❤️
03/08/2026
साउदी अरबमा रहेका नेपाली नागरिकका लागि आवश्यक सम्पर्क विवरण
साउदी अरबमा रहनुहुने नेपाली नागरिक तथा श्रमिकहरूलाई नेपाली राजदूतावाससम्बन्धी कुनै आवश्यक काम, समस्या वा सहयोगको आवश्यकता परेमा सम्बन्धित शाखा तथा जिम्मेवार कर्मचारीलाई तल उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नुहुनेछ।
कृपया आफ्नो समस्या वा कामको प्रकृतिअनुसार सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्नुहोस्।
श्री सृजना अधिकारी कार्यवाहक राजदूत 0114611108
श्री कविराज उप्रेती काउन्सेलर 0500056529 मागपत्र प्रमाणीकरण, श्रमिक गुनासो सुनुवाई, समाधान, उद्धार, श्रम कानून सम्बन्धी जानकारी तथा सचेतना
श्री मोजिबूल रहमान स्थानीय कर्मचारी 0547045272 कामदारहरुको समस्या समाधान, उद्धार, एक्जिटभिसा प्रक्रिया तथा जेलमा रहेका नेपालीहरुको जनाकारी लगायत कामको लागि
श्री मोहम्मद उमामा 0500021409 श्री निसारूल हक 0500076794 नेपाली कामदारको शव पठाउने, क्षतिपूर्ति रकम पठाउने, ब्लडमनी तथा सम्बन्धी कामको लागि
श्री टिकाराम शर्मा प्रथम सचिव 0559600240 लेखा शाखा
श्री अम्बर बहादुर नेपाली द्वितीय सचिव 0500025973 कन्सुलर शाखा
श्री टंक बहादुर राई द्वितीय सचिव 0502789788 श्रम शाखा (Hotline:0559389600)
श्री अस्मिता न्यौपाने द्वितीय सचिव 0535692658 प्रशासन शाखा/सूचना अधिकारी
श्री कमल कुँवर तृतीय सचिव 0534343213 भिषा, यात्रा अनुमतीपत्र, कन्सुलर प्रमाणिकरणसम्बन्धी काम तथा घरेलु महिला कामदार
श्री साजिद अन्सारी स्थानीय कर्मचारी 0532341331 अफिस सक्रेटी र ब्लडमनी/क्षतिपूर्ति सम्बन्धी कामको लागि
श्री सरोजचन्द्र अधिकारी 0500031705 मागपत्र प्रमाणीकरण, सूचना प्रविधि
श्री देबित महर्जन 0576137610 राहदानी आवेदन सम्बन्धी कामको लागि
श्री अजय दंगाल 0539081600
श्री ध्रुवराज तिमिल्सिना 0571857884
श्री राजकुमार कँडेल 0553845015
श्री हेमन्त शंकर आचार्य 0500034786 राजश्व सङ्कलन
श्री अद्बुल राई 0505496955 रिसेप्सन
श्री जहाङ्गीर आलम 0559396800
Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद
28/07/2026
🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🎈
DVFC परिवारका सम्माननीय अध्यक्ष श्री पदम महतज्यू तथा हाम्रो क्लबका समर्पित खेलाडी एवं सदस्य किप्पर भाइ वलीज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
क्लबप्रति तपाईंहरूले देखाउनुभएको निःस्वार्थ समर्पण, अथक मेहनत, नेतृत्व र अमूल्य योगदान साँच्चै अविस्मरणीय छ। तपाईंहरूको योगदान DVFC परिवारका लागि केवल प्रेरणाको स्रोत मात्र होइन, हाम्रो क्लबको बलियो आधार पनि हो। तपाईंहरूको साथ, सहयोग र समर्पणप्रति DVFC परिवार सधैं कृतज्ञ रहनेछ।
ईश्वरले सधैं उत्तम स्वास्थ्य, दीर्घायु, सुख, समृद्धि, सफलता र जीवनका हरेक यात्रामा नयाँ उत्साह तथा उज्ज्वल भविष्य प्रदान गरून् भन्ने हाम्रो हार्दिक शुभकामना छ।
DVFC परिवारको तर्फबाट पुनः एकपटक जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉⚽❤️
19/07/2026
मिति: १९/०७/२०२६
सहयोगप्रति हार्दिक आभार तथा शीघ्र स्वास्थ्यलाभको शुभकामना
दम्माम भेट्रान फुटबल क्लब (DVFC) का खेलाडी सुरज याक्खा बकर इदको अवसरमा आयोजित “१०औँ सगरमाथा गोल्ड कप–२०२६” प्रतियोगिताका क्रममा गम्भीर रूपमा घाइते हुनुभएको थियो। उहाँको काँध (Collar Bone/Clavicle) को हड्डी भाँचिएको कारण साउदी अरबमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाल फर्किनुभएको छ।
उहाँको उपचारमा लाग्ने आर्थिक भारलाई केही हदसम्म कम गर्ने उद्देश्यले DVFC का खेलाडी, पदाधिकारी तथा शुभेच्छुकहरूको सक्रिय सहयोगबाट रु. ८७,२०० (अक्षरूपी: सतासी हजार दुई सय मात्र) संकलन गरिएको छ। उक्त सहयोग रकम क्लबका महासचिव श्री पासाङ शेर्पाको संयोजकत्वमा संकलन गरी सुरज याक्खालाई उपचारका लागि हस्तान्तरण गरिएको छ।
यस सहयोग अभियानमा आर्थिक तथा नैतिक रूपमा साथ दिनुहुने सम्पूर्ण सहयोगी महानुभावहरूमा DVFC परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।
साथै, हामी सुरज याक्खाको शीघ्र, पूर्ण तथा सफल स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौं।
सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक धन्यवाद।
दम्माम भेट्रान फुटबल क्लब (DVFC) परिवार
16/07/2026
हार्दिक वैवाहिक शुभकामना
जीवनको सुन्दर नयाँ अध्यायमा प्रवेश गर्नुभएको अवसरमा दम्माम भेट्रान फुटबल क्लब (DVFC) परिवारको तर्फबाट हाम्रो आदरणीय उपाध्यक्ष श्री गोपाल बस्नेतज्यू Gopal Basnet तथा श्रीमती मिनु कार्कीज्यूलाई हार्दिक बधाई तथा अनन्त शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूबीचको प्रेम समयसँगै अझ गहिरिँदै जाओस्, विश्वास अझ बलियो बन्दै जाओस्, र जीवनका हरेक दिन खुसी, शान्ति, समृद्धि तथा अविस्मरणीय सम्झनाले भरिपूर्ण रहोस्।
यो पवित्र वैवाहिक बन्धन सधैं अटल, सुखद र प्रेरणादायी रहोस् भन्ने हाम्रो हार्दिक शुभेच्छा।
Congratulations & Best Wishes on Your Wedding! 💍❤️
स्नेहसहित,
दम्माम भेट्रान फुटबल क्लब परिवार