ठुलाडिही रि-युनाईटेड क्लव

  • Home
  • Nepal
  • Syangja
  • ठुलाडिही रि-युनाईटेड क्लव

ठुलाडिही रि-युनाईटेड क्लव “ हाम्रो गौरव, हाम्रो शान, हाम्रो ठूलाडिही ”
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“

💐हार्दिक श्रद्दाञ्जलि💐स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाको कजवेबाट खोलाले बगाएर देहबसान हुनुभएका पुतलीबजार...
15/08/2026

💐हार्दिक श्रद्दाञ्जलि💐
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाको कजवेबाट खोलाले बगाएर देहबसान हुनुभएका पुतलीबजार–३, बाडखोला निवासि २१ वर्षीय सलिम मगरप्रति हार्दिक श्रद्दासुमन । साथै शोकाकुल परिवारमा हार्दिक समवेदना ।
(मिति २०८३ श्रावण २९ गते राति करिब १०:२० बजे पुतलिखेत निस्कने अरौदिखोला कजवे तर्ने क्रममा खोलाले बगाएको थियो । खोजतलासका क्रममा शुक्रबार दिउँसो करिब ३ः१० बजे पुतलीबजार नगरपालिका–१३, गैरीजागरस्थित आँधीखोलामा ऊहाँको शव फेला परेको हो।)

बर्षेनि यस्तो दुखद घटना घट्नु दुखद छ । यसमा सम्बन्धित निकायसँगसँगै हामी आम सर्बसाधारण पनि चनाखो हुनु आबश्यक छ। अनावश्यक जोखिम नलिऔ र हेलचक्र्याई नगरौ ।

30/06/2026

🌱 “हिलोमा खेल्ने हातले नै देशको भोक मेटाउँछ। किसानलाई सम्मान, असार १५ को शुभकामना!”

🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🎉      ठुलाडिही री-युनाईटेड क्लबका अध्यक्ष शिशिर नेपाल ज्युलाई जन्मदिनको अवसरमा हार्...
20/06/2026

🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🎉

ठुलाडिही री-युनाईटेड क्लबका अध्यक्ष शिशिर नेपाल ज्युलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। तपाईंको नेतृत्व, समर्पण र समाजप्रतिको सकारात्मक सोचले क्लब तथा सम्पूर्ण युवाहरूलाई निरन्तर प्रेरणा दिइरहेको छ।

तपाईंको जीवनमा सधैं सुख, शान्ति, सुस्वास्थ्य, सफलता र समृद्धिको वास रहोस्। आगामी दिनहरू अझ उज्ज्वल, उपलब्धिमूलक र खुसीले भरिपूर्ण बनून्। तपाईंले देख्नुभएको सपना र लक्ष्यहरू सबै पूरा हुँदै जाऊन् भन्ने शुभकामना व्यक्त गर्दछौं।

“नेतृत्वले बाटो देखाउँछ, समर्पणले सफलता दिलाउँछ। तपाईंको यात्रा अझ गौरवशाली बनोस्।”

🎂 जन्मदिनको लाखौं-करोडौं शुभकामना, शिशिर नेपाल ज्यु! 🎉
— ठुलाडिही रि-युनाईटेड क्लब परिवार तथा शुभेच्छुकहरू। ❤️🌹

🏐 हार्दिक धन्यवाद तथा आभार 🏐पुतलीबजार नगरपालिका–०७, ठुलाडिही नेहोराबारी निवासी उत्तम थापा ज्युले ठुलाडिही रि-युनाइटेड क्...
04/06/2026

🏐 हार्दिक धन्यवाद तथा आभार 🏐

पुतलीबजार नगरपालिका–०७, ठुलाडिही नेहोराबारी निवासी उत्तम थापा ज्युले ठुलाडिही रि-युनाइटेड क्लबका भाइहरू तथा स्थानीय युवाहरूलाई खेलकुद गतिविधिमा थप उत्साह र प्रेरणा मिलोस् भन्ने उद्देश्यले १ थान भलिबल सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

उहाँको यस सहयोगले युवाहरूलाई खेलप्रति थप हौसला मिल्ने विश्वास लिएका छौं। समाज र युवाप्रति देखाउनुभएको सद्भाव, सहयोग तथा सकारात्मक सोचका लागि विशेष आभार व्यक्त गर्दछौं।

सहयोगी मनका धनी उत्तम थापा ज्युलाई हार्दिक धन्यवाद तथा आगामी दिनहरूमा अझ प्रगति र सफलताको शुभकामना।

🏐 ठुलाडिही रि-युनाइटेड क्लब परिवार 🏐
पुतलीबजार–०७, ठुलाडिही, स्याङ्जा।

ठुलाडीही रि–युनाइटेड क्लबमा नयाँ नेतृत्व चयनपुतलीबजार नगरपालिका–७, ठुलाडीही, स्याङ्जा।ठुलाडीही रि–युनाइटेड क्लबको हालै स...
02/06/2026

ठुलाडीही रि–युनाइटेड क्लबमा नयाँ नेतृत्व चयन

पुतलीबजार नगरपालिका–७, ठुलाडीही, स्याङ्जा।
ठुलाडीही रि–युनाइटेड क्लबको हालै सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। क्लबको अध्यक्षमा शिशिर नेपाल, उपाध्यक्षमा अनुप भुजेल तथा सचिवमा सनिश हमाल चयन हुनुभएको छ।

नवनिर्वाचित पदाधिकारीहरूले क्लबलाई अझ सक्रिय, व्यवस्थित तथा समाजसेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। युवा नेतृत्व, सामाजिक उत्तरदायित्व, खेलकुद विकास, वातावरण संरक्षण तथा सामुदायिक एकताका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।

अध्यक्ष शिशिर नेपाल ले क्लब युवाहरूको साझा संस्था भएकाले गाउँ तथा समाजको विकासमा सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो। त्यसैगरी उपाध्यक्ष अनुप भुजेल ले युवाहरूको क्षमता विकास र रचनात्मक गतिविधिमा विशेष जोड दिने उल्लेख गर्नुभयो। सचिव सनिश हमाल ले क्लबका गतिविधिहरूलाई पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्दै सदस्यहरूबीच समन्वय बढाउने प्रतिबद्धता जनाउनुभयो।

स्थानीय युवाहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। क्लबले आगामी दिनमा खेलकुद, सरसफाइ, वृक्षारोपण तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

“हामी सबै मिलेर समाजमा सकारात्मक परिवर्तन ल्याऔँ” भन्ने नारासहित क्लब अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ।

Address

Syangja

Telephone

+9779746306262

Website

Alerts

Be the first to know and let us send you an email when ठुलाडिही रि-युनाईटेड क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category