Shova bhagawati astro

Shova bhagawati astro

Share

a complete astrological solution...vastu.... yoga ... grahashanti....all

27/09/2017
Photos 25/07/2017
19/07/2017
Photos from Shova bhagawati astro's post 20/06/2016

सैनिक अावासीय महाविद्यालयमा विगत सात वर्ष देखि विहानी याेग कक्षा निरन्तर ----- अाज बृहत् याेग शिविर संचालन गर्दै : विश्व याेग दिवस 21 जुन / असार ७ ,

संयुक्त राष्ट्र सङ्घले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यता प्रदान गरेको छ । नेपालले यसअघि नै प्रत्येक वर्ष पुस १३ गते राष्ट्रिय योग दिवस मनाउने घोषणा गरिसकेको थियो । केही संस्थाले भने शिवरात्रिका दिन योग दिवस मनाउने गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र सङ्घको ६९ औँ साधारणसभालाई सम्बोधन गर्ने क्रममा यसको उद्गमथलो नेपाल र भारत भएको बताउँदै योग दिवस मनाउने प्रस्तावलाई विश्वका १ सय ७० भन्दा बढी मुलुकले तत्कालै समर्थन जनाएका थिए ।

हिमालय पर्वत क्षेत्र सबैभन्दा पुरानो सभ्यतास्थल मानिने र कैलाश निवासी शिवबाट योग यही भूमिबाट प्रादुर्भाव भएको मानिन्छ । योगका सबैभन्दा बढी अभ्यासीमा नेपालका गोरखनाथलाई लिइन्छ । तपस्या र ध्यानको सबैभन्दा पवित्र पावन भूमि नेपाल हो भन्ने गरिँदै आएको छ । अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘शान्ति र सद्भावका लागि योग’भन्ने रहेको छ । आजको दिन विश्वका करोडौँ मानिस योगको आह्वान गर्दै उपासनामा सलंग्न रहने अपेक्षा गरिएको छ ।

अहिले योगदर्शन विश्वभर फैलिएको छ । योगले जीवनलाई उत्कृष्ट बनाउन, तनावलाई कम गर्न, चित्त सफा तुल्याउन र संस्कार संस्थापित गर्न योगदान पुर्‍याउँछ । योगको साधना र फैलावट धेरै ठूलो भएकाले सबै क्षेत्रमा योगलाई समेट्नु पर्ने चुनौतीलाई सामना गर्न आयुर्वेद विभागअन्तर्गत एउटा स्वतन्त्र संस्था स्थापना गरेर योगका बारेमा शोध, अनुसन्धान र तालिम प्रदान गर्ने व्यवस्थाका लागि माग हुँदै आएको छ । खानपिन र जीवनशैलीमा आएको परिवर्तनसँगै योग साधना अहिले समाजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ । योगले मानिसको मन, मस्तिष्क र समाजलाई जोड्ने काम गर्नाका साथै तन र मनलाई निरोगी बनाउने भएकाले यसको महिमा बढी नै रहेको योगसाधक बताउछन् ।

योगाभ्यासले औषधिबिना रोग निको पार्ने काम गर्छ । मनलाई नियन्त्रणमा राखेर अघि बढ्ने सबैभन्दा अचूक र प्रभावकारी साधनाका रुपमा योगलाई लिन्छ । खास गरेर योगाभ्यास बिहानको समयमा गर्न उपयुक्त हुने भए पनि फुर्सदको समय निकालेर जुनसुकै अवस्थामा गर्न सकिने विज्ञ बताउँछन् ।शारीरिक र मानसिक स्वस्थ्य राख्नाका साथै व्यक्ति र समाजमा सुख, शान्ति, सद्भाव र समृद्धि दिलाउन योगाभ्यासले सहयोग पुर्‍याउ छ। रिस र आवेगलाई तत्काल नियन्त्रण गर्न ठूलो मद्दत गर्न योगाभ्यासमा सबैको पहुँच विस्तार गर्न सरल, सुलभ तुल्याउन योगसम्बन्धी अनुसन्धान गर्न र तालिम दिन आवश्यक रहेको छ।

धार्मिक बिश्वास अनुसार भगवान शिव् द्वारा अनुसरण् गरिएको पद्धति|योग शब्दको सामान्य अर्थ सम्बन्ध हो । तर महषिर् पतञ्जलीको सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महषिर् पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगलेचित्तवृत्तिको निरोध गर्दछ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो ।

हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग ।केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । एक विद्वान्काअनुसार योगको वास्तविक अर्थ हो, जोड्नु, मिल्नु वा एकाकार हुनु, यहाँ पुनः अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्थानै योग हो भनेका छन् ।

श्री मदभगवत्गीतामा मुख्य तीन प्रकारका योगलाई मानिसको जीवनमा उतारिएको पाइन्छ ।

कर्मयोग,
ज्ञानयोग र
भक्तियोग
यसरी गीताले कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । यसरी गीताले शिक्षाद्वारा आफ्नो सम्पूर्ण जनतामा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनु भनिएको पाइन्छ ।यसरी नै भक्तियोगको विषयमा गीता भन्दछ कि यदि कोही व्यक्ति भगवान्को सान्निध्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तःकरणमा निरन्तर भगवानको चिन्तन गर्छन् उही योगी परमसिद्ध भनिन्छन् ।

23/05/2014

शास्त्रानुसार 'बिबाह मा गरिने सात बाचा बन्धन ''जानिराखौ
''यावत्कन्या ना वामांगी तावत्कन्या कुमारिका"
अर्थात् जब सम्म कन्या वर लाइ वाम भाग
को अधिकारिणी हुदिनन .तब सम्म उ कुमारी नै
हो . अग्नि को परीक्रमा तथा सप्तपदी *(सात
फेरो )को पश्चात वर जब कन्या लाइ
आफ्नो बायाँ तिर आसन ग्रहण गर्न भन्छ ,
तो कन्या वर संग सात वचन लिन्छिन , जो यस प्रकार छः
हे स्वामी,
1. यदि तीर्थ, व्रत उद्दापन, यज्ञ, दान आदि कार्य मा मलाइ साथ राख्नु
या इनी कार्यको लागि मेरो सहमति लिनु ,तो म हजुर(वामांग हौ ) अर्थात् अर्धङ्गिनी बनु
2. यदि हजुर देवता को हव्य तथा पितृ लाइकव्य दियर संतुष्ट गर्नु भयो , तो म
अर्धङ्गिनी बनु .
3. यदि हजुर परिवार को रक्षा एबम पशुलाइ परिपालन गरेर जानु भयो ,भने मा हजुर
को (वामांग बनु ) अर्धङ्गिनी बनु
4. यदि हजुर आय,व्यय, धन-धान्य आदि बाट सम्बन्धित कार्य मलाइ सोधेर गर्नु तथा मलाइ घर मा राख्नु , तब म हजुर (वामांग बनु )अर्धङ्गिनी बनु
5. यदि देवालय, ताला, कुआं, बाटघाटा आदिको निर्माण गर्दा तथा उनको पूजन
गर्ने समय हजुर मेरो सहमति लिनु भयो तो म हजुर को (वामांग बनु )अर्धङ्गिनी बनु .
6. यदि देश अथवा विदेश मा हजुर जो कार्यबिकर्य गरि उसबाट प्राप्त धन मलाइ दिनु तब
म हजुर को (वामांग बनु ) अर्धङ्गिनी बनु
7. यदि हजुर कुनै परस्त्री संग प्रेम र उसका सेवन न गर्नु , तो म हजुर को (वामांग
बनु ) अर्धङ्गिनी बनु
कन्या का यिनी सप्त वचन का प्रत्युत्तरमा वर पनि कन्या संग सात वचनलिन्छन ,जो क्रमश: निम्न छन!
हे प्रिये,
1. यदि तिमि हाम्रो कुलधर्म लाइ धारणगराउली .
2. हाम्रा कुटुम्ब संग मिठो वाणी मा वार्तालाप गराउली .
3. क्रोध तथा आलस्य को निवारण गराउली .
4. सबै लाइ सुख देउली .
5. शास्त्र पठन- पाठन मा रुचि लेउली.
6. वृध्दजन को अनुशासन लाइ स्वीकार गर्दै सदैव धर्म को पालन गराउली .
7. यदि तिमि मेरो मनको अनुसार हिनाउली तथा सदैव मेरो आज्ञा लाइ पालन
गर्दै पतिव्रत धर्म लाइ पालन गराउली , तो म तिम्रो सबै बात स्वीकार गर्छु !
यिनै बचन पछी नै वर-कन्या पति-पत्नी हुन्छन पति-पत्नी को एक-
अर्काको प्रति यी वचनबध्दता नै उनको सुखी एबम समृध्द जीवन को आधार बन्छ

Photos 25/08/2013

यदि तपाईं घरेलु झगडा, वादविवाद, मुद्दामामिला, कलह, विरामी आर्थिक समस्या, व्यापारमा घाटा, पतिपत्नी झगडा एवं मानसिक व्याधीले पीडित हुनुहुन्छ र त्यसबाट छुटकारा पाउन चाहनु हुन्छ भने शीघ्र सर्म्पर्क गरिहाल्नुहोस्। अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, हस्तरेखा देखाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथै विवाह लगन लेख्न परेमा पनि सर्म्पर्क गर्नुहोला।

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Pokhara Ranipouwa (opp. Of Shova Bhagawati Mandir)
Pokhara
0977