Kaski update

Kaski update

Share

we are update news contain

कास्की स्पोटर्स खेलकुदको गतिविधि देखि खेलकुद भित्रको अनियमिततालाई बाहिर ल्याउने प्रयास गर्दै खोलिएको पेज हो । तपाईंको गाउँठाउँमा पनि कुनै किसिमका खेल गतिविधि वा खेल सम्बन्धि कुनै कार्यक्रम, पूर्वाधार विकास, अभाव, अनियमितता वा कथा छन भने सम्पर्क गर्नसक्नुहुनेछ । हामीसंग जोडिन यो पेज लाइक गर्नुहोस् । खेलकुदको विकास र उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिनुनै हाम्रो उदेश्य हो ।

06/08/2026

ग्यासको लाइन

Photos from Kaski update's post 06/08/2026
06/08/2026

पहिरोले सडक अवरुद्ध

Photos from Kaski update's post 06/08/2026

चुपचाप ग्यासको लाइनमा, पोखरा रत्नचोक

Photos from Kaski update's post 04/08/2026

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा हिम पहिरोमा परि दिवंगत भएका नेपाली सहित अन्य आरोहिको सम्झनामा पोखरामा दिप प्रज्वलन गरिएको छ ।
गण्डकी प्रदेशका गहनाका रुपमा रहेका विश्व प्रख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ), एनएमए गण्डकीका उपाध्यक्ष पुर बहादुर गुरूङ (युक्त) लगायत सम्पुर्ण दिबङगत आरोहिहरुको संम्झनामा पोखरा ६ लेकसाईड स्थित बाराही चोकको चौतारीमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।
पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिम पहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै आरोहीको मृत्यु भएको हो ।

सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जा ‘निम्स दाइ’सँगै छ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन् ।
त्यसैगरी, विदेशी आरोहीहरू सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान), म्यालोरी गेइस (अमेरिका) छन् ।
सन् २०१९ मा निर्मल पुर्जाले संसारका आठ हजार मिटर अग्ला १४ वटा हिमाल छ महिना छ दिनभित्र आरोहण गरी विश्व कीर्तिमानी कायम गरेसँगै चर्चामा आएका थिए । उनका हिमाल आरोहणसम्बन्धी अन्य कीर्तिमान रहेका छन् । हिम पहिरोले उनीहरूलाई छ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो । खराब मौसमका कारण सो घटनामा तत्काल उद्धार गर्न कठिनाइ भएको थियो । पुर्जाका व्यावसायिक सहकर्मीसमेत रहेका प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रबार नै पाकिस्तानतर्फ प्रस्थान गरेका थिए ।
मृत्यु भएका नेपाली आरोहीरूमा पुरबहादुर गुरुङ गोरखाका हुन् भने किलीपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुंगा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवासभाका हुन् ।

04/08/2026

डिलरले घरबाटै यसरी बेचेपछी अन्य पसलमा कसरी पुग्छ त ग्यास??

04/08/2026
03/08/2026

सहायक सिडियोले दिए कडा निर्देशन, ग्यास बाड्न प्रहरी नै खटाइयो

02/08/2026

सिरियल सिक्री लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित ५ जना पक्राउ

काठमाडौं उपत्यकामा महिला तथा वृद्धालाई लक्षित गर्दै सिरियल रूपमा सिक्री लुटपाट गर्दै आएको कुख्यात “कर्मा समूह”का नाइकेसहित पाँच जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपाबाट मिति २०८३ साउन १५ गते प्रतिमान गोले (३०), पासाङ घिसिङ (३०), आले गुरुङ (२९) र मनोज तामाङ (३६) पक्राउ परेका हुन्। सोही समूहका नाइके सिन्धुपाल्चोक मेलम्ची–४ घर भई हाल काठमाडौं बस्ने ३४ वर्षीय कर्मा तामाङलाई भोलिपल्ट राति काठमाडौं बुढानिलकण्ठ–१३, चुनिखेलबाट पक्राउ गरिएको हो।

पक्राउ गर्ने क्रममा कर्मा तामाङले खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको र नियन्त्रण बाहिर जान खोजेपछि घुँडा मुनी गोली प्रहार गरी पक्राउ गरिएको जनाएको छ। हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

समूहले चोरीका मोटरसाइकल प्रयोग गरी सिक्री लुट्ने, नम्बर प्लेट परिवर्तन गर्ने र घटना पछि मोटरसाइकल बाहिर लगेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले काठमाडौं, टोखा, नयाँ बानेश्वर, धापासी तथा बनेपालगायत क्षेत्रमा भएका विभिन्न लुटपाट घटनामा संलग्नता रहेको प्रहरीको भनाइ छ।

घटनास्थलबाट मोटरसाइकल १ थान, खुकुरी १ थान, विभिन्न नम्बर प्लेट ५ थान र मोटरसाइकल चोरीमा प्रयोग हुने औजारसमेत बरामद गरिएको छ।

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Pokhara, 1 Bagar
Pokhara
33700