24/08/2026
बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमले 4G सेवा सञ्चालनमा ल्याएको छ। ४ हजार २०० मिटर उचाइमा टावर जडान गरी सेवा सुरु गरिएको हो।
सेवा सञ्चालनसँगै तीर्थयात्री, पर्यटक, स्थानीय तथा उद्धार र सुरक्षाकर्मीलाई सञ्चारमा सहज हुने अपेक्षा गरिएको छ।
24/08/2026
बारामा ३ वर्षीया बालिकाको ह!त्या आरोप लागेका किशोरको अनुहार स्पष्ट देखिने गरी गरिएको भिडियो बयान अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको छ। भिडियोमा ह!त्या कसरी गर्ने योजना बनाइएको थियो र घटना कसरी घटाइयो भन्ने विवरणसमेत प्रस्तुत गरिएको छ।
तर यस्तो संवेदनशील भिडियो पीडित परिवारका सदस्यले प्रत्यक्ष रूपमा देख्दा उनीहरूको मानसिक अवस्थामाथि गम्भीर असर पर्न सक्छ। आफ्नै बालिकाको मृ!त्युबारे यस्ता दृश्य र विवरण हेर्नुपर्दा परिवारले पुनः मानसिक आघात, पीडा र त्रासको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता सामग्री फैलाउनुअघि पीडित परिवारको संवेदनशीलता र गोपनीयतालाई पनि ध्यान दिन आवश्यक छ।
24/08/2026
श्रावण महिनामा मात्रै ३० हजार ५३४ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। मुस्ताङको पर्यटनमा देखिएको यो आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको देखाएको छ।
23/08/2026
Samiskhya Adhikari लाई नराम्रो देख्ने र*डि भा * देख्ने महिला समाज पनि येहि हो हैन र ? अमुक सेलिब्रेटी निर्दोष भन्दै प्रहरी चौकी सम्म नारा लगाउदै बलात्कारि को मनोबल बढाउने पनि तेहि समाज ! अनि अहिले गरिमा लाई न्याय दे भन्दै ठुला ठुला स्वर मा कराउँदा लाज लाग्दैन ? दोहोरो चरीत्र 😤🤫
23/08/2026
गायिका समिक्षा अधिकारीलाई एकजनाले थुप्रै नम्बरबाट कल गरेर हैरानी दिएको भन्दै पोस्ट गरिन् । अनि मान्छेहरु कमेन्टमा यसरी लेख्दै थिए । कुनै दिन छोरीचेलीलाई न्याय दे भन्दै आन्दोलन गर्न यिनिहरु नै आएछन् भने नि अचम्म मान्न पर्दैन ।
23/08/2026
झापामा १८ बर्षकी बालिकालाई फकाएर जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने ४० बर्षका अशोककुमार राई रहेका छन् । 😢
23/08/2026
गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ। 😢
बाराको पशछाहा पुल नजिक गरिमा चौधरीको अन्तिम संस्कार गरिएको हो।
Fly high, beautiful soul! 🕊️😢
23/08/2026
कानुनमन्त्री सोबिता गौतम भन्छिन्: नेपालको संविधानको धारा १६(२) मा मृ'त्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ । नेपालका अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताहरू पनि यससँग जोडिएका छन् । त्यसैले सडकको आक्रोश जति तीव्र भए पनि सरकारले संविधानभन्दा बाहिर गएर सजाय घोषणा गर्न सक्दैन । कानूनको मस्यौदा सरकारले तयार गर्छ, त्यो मस्यौदा पास गर्ने की फेल संसदले गर्छ, पास गरे कानून बन्छ र अन्तिममा त्यही कानूनमा टेकेर सजाय निर्धारण अदालतले गर्छ ।
न्यायका लागि आवाज उठ्नु अत्यन्त आवश्यक छ। नागरिकको खबरदारीले राज्यलाई जिम्मेवार बनाउँछ। तर अनुसन्धान पूरा नहुँदै निष्कर्षमा पुग्ने, अपुष्ट विवरण फैलाउने, प्रमाण र अनुसन्धानका विषयलाई सामाजिक सञ्जालमा आआफ्नै ढंगले व्याख्या गर्ने र जनमतबाटै मुद्दाको फैसला गर्न खोज्ने प्रवृत्तिले न्यायलाई सहयोग होइन, उल्टै कमजोर बनाउँछ। सरकारलाई प्रश्न गर्नुस्। प्रहरी चुकेको छ भने प्रश्न गर्नुस्। म चुकेकी छु भने मलाई पनि प्रश्न गर्नुस्। तर प्रमाण सुरक्षित राख्न, निष्पक्ष अनुसन्धान गर्न र बलियो मुद्दा अदालतसम्म पुर्याउन राज्यलाई काम गर्न दिऔँ।
निर्मला पन्त प्रकरणबाट समाजले कम्तीमा एउटा गम्भीर पाठ सिकेको हुनुपर्छ, संवेदनशील अपराधमा प्रारम्भिक अनुसन्धान, प्रमाणको सुरक्षा, जिम्मेवार सूचना प्रवाह र निष्पक्ष अनुसन्धान अत्यन्त महत्त्वपूर्ण हुन्छन्। प्रमाण एकपटक बिग्रियो वा अनुसन्धान गलत दिशामा गयो भने त्यसको मूल्य पीडित परिवारले वर्षौँसम्म तिर्नुपर्ने हुन सक्छ। सडकको भिड त आ-आफ्नो दैनिकीमा फर्किए तर निर्मलाको परिवारले अझै न्यया पाएको छैन। निष्कर्षमा पुर्याउन हामीलाई ठुलै कसरत परिरहेको छ र हामी निरन्तर लागिरहेका छौँ । त्यसैले गरिमालाई साँच्चिकै न्याय दिन चाहन्छौँ भने यो घटनालाई अर्को मिडिया ट्रायल बन्न नदिऔँ।
23/08/2026
गरिमा चौधरीको बुवाआमाले न्याय पायौं, हामी खुसी छौं भन्दा केही नमुनाहरु उल्टै बुवाआमालाई गाली गरिरहेका छन् ।
अपराध गर्ने मान्छे समातिसक्यो । कारबाही अगाडी बढिसकेको छ । मन्त्रीले कानुन पुनरावलोकन गर्ने वचन दिइसकेका छन् । ४ दिन देखि सिमरा-बिरगंजको बाटो बन्द छ । हजारौ गाडी रोकिएका छन् । व्यापार ठप्प छ । एक हप्ता समय देउ, न्याय दिन्छु भनेर पाँच जना मन्त्रीले लिखित वचन दिदा पनि नमान्ने हो र ? भिडमा सबैजना न्याय माग्न होइन, कोहि राजनिती गर्न, कोही डलर कमाउन पनि त्यहाँ पुगेका छन् । केहिलाई नेपाल शान्त हुने भयो भन्ने पिर पनि छ । केहीलाई पूरा गर्नै नसकिने माग राखेर सरकारलाई असफल बनाउनु छ । अब त बुझ्ने हो कि ?
23/08/2026
सरकारसंग सहमति भएपछि गरिमा चौधरीको बुवाआमा भन्छन्: आज हामी एकदमै खुसी छौं । हाम्रो सबै कुरा माननीय ज्युले सुनिदिनु भयो । सबै कुरा लिखित गरेर दिनु भएको छ । नयाँ नियम लागू गर्नलाई बैठक बस्नुपर्यो, त्यसैले समय दिनुपर्छ । एक हप्तामा निर्णय दिए हुन्छ । आज एकदम सन्तुष्ट छु । सानो नानीले न्याय पायो ।