13/08/2026
गण्डकी प्रदेशभित्रका सम्पूर्ण खेल संघ, खेलाडी, प्रशिक्षक हरूलाई दशौं राष्ट्रिय खेलकुदको लागि तयारी तीव्र गर्नुहुन्न सूचित गरिन्छ ।
Sports
13/08/2026
गण्डकी प्रदेशभित्रका सम्पूर्ण खेल संघ, खेलाडी, प्रशिक्षक हरूलाई दशौं राष्ट्रिय खेलकुदको लागि तयारी तीव्र गर्नुहुन्न सूचित गरिन्छ ।
30/07/2026
प्रदेश खेलकुद परिषद् गण्डकीको १४औं बोर्ड बैठक आज मिति २०८३/०४/१४ गते सम्पन्न भएको छ।
बैठकको अध्यक्षता परिषद अध्यक्ष एवं सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङ्गज्युले गर्नु भएको थियो । बैठकको संचालन र प्रस्ताव प्रस्तुत प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचीव श्रीधर शर्माज्युले गर्नु भएको थियो ।बैठकमा निम्न प्रस्तावमा छलफल भएको छ।
१) परिषदको आ.ब.२०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धमा।
२) परिषदको लागि खेलकुद प्रतियोगिता तथा कार्यक्रम सञ्चालनार्थ विनियोजित रकम अपुग भएकोले विभिन्न शिर्षकमा मन्त्रालय र मन्त्रालय मार्फत गण्डकी प्रदेश सरकार समक्ष थप बजेट मागको लागि अनुरोध गर्ने सम्बन्धमा तथा पोखरा रंगशालाको रेखदेख,ब्यवस्थापन र निर्देशिकाको मस्यौदा,स्वीकृति र ब्यवस्थापन सम्बन्धमा,
जि.खे.बि.स.लम्जुङ्ग र नवलपुरको भवन निर्माण ठेक्का सम्बन्धमा, कार्यकारी समितिको निर्णय अनुमोदन लगायत बिबिध जस्ता प्रस्तावमाथि बृहत छलफल भएको थियो।
बैठकमा परिषद्का सदस्यहरू, कार्यकारी सदस्य, सदस्य सचिव तथा माननीय मन्त्रीज्यूबाट महत्वपूर्ण धारणा व्यक्त भएका थिए।
धन्यवाद।
02/06/2026
सोह्रौँ केन्द्रीय राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा सहभागिताको लागि काठमाडौँ प्रस्थान गर्न लागेको गण्डकी प्रदेशको खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका अध्यक्ष माननीय सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङज्यूबाट शुभकामना सहित विदाई गर्नुभएको छ।
02/06/2026
सोह्रौँ राष्ट्रपति रनिङशील प्रतियोगिताको लागि गण्डकी प्रदेशको टिम उच्च मनोबलका साथ काठमाडौँ प्रस्थान गरेको छ।
१६औं राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन गण्डकीको टोली काठमाण्डौ प्रस्थान पोखरा स्पोर्ट्स । १६औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली आज (मंगलबार) काठमा....
01/06/2026
खेलाडी अध्ययन छात्रवृत्ति,औषधि उपचार र प्रोत्साहन सहयोग सम्बन्धी सुचना।।
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मिति २०८३/०२/१५ र १६ गते बाग्लुङ जिल्लामा आयोजना गर्ने निर्णय भएको जानकारी गराइन्छ।
तसर्थ, गण्डकी प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समिति, सम्बन्धित प्रशिक्षकहरूले आफ्ना खेलाडीहरूलाई आवश्यक तयारी अवस्थामा राख्न तथा प्रतियोगितामा सहभागिताको लागि आवश्यक व्यवस्थापन गर्न अनुरोध गरिन्छ।
30/04/2026
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बैठक समितिका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माज्यूको संयोजकत्वमा सम्पन्न भएको छ । बैठकमा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना तथा सञ्चालनका विषयमा छलफल भएको छ ।
22/04/2026
प्रदेश खेलकुद परिषद् गण्डकीको १३औं बोर्ड बैठक आज मिति २०८३/०१/०९ गते सम्पन्न भएको छ।
बैठकमा भर्खरै नियुक्ति हुनुभएका माननीय सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री तथा परिषद्का अध्यक्ष श्रीमती रेखा गुरुङज्यूलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन गर्नुका साथै निवर्तमान मन्त्री एवं परिषद् अध्यक्षज्यूप्रति धन्यवाद व्यक्त गरिएको छ।
साथै, प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन लगायतका समसामयिक विषयमा छलफल गरिएको थियो। बैठकमा परिषद्का सदस्यहरू, कार्यकारी सदस्य, सदस्य सचिव, मन्त्रालयका सचिवज्यू तथा माननीय मन्त्रीज्यूबाट महत्वपूर्ण धारणा व्यक्त भएका थिए।
धन्यवाद।
14/12/2025
खेलाडी कल्याणकारी कोष स्थापना तथा संचालन कार्यविधि २०८२ गण्डकी प्रदेश सरकार मन्त्री परिषदबाट स्वीकृत भै जारी भएको छ ।
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 09:00 - 17:00 |