01/12/2024
Congratulations everyone 👏
Sports for Health, Sports for Nation.
01/12/2024
Congratulations everyone 👏
07/11/2023
Get ready everyone 🙏
04/11/2023
पाल्पा । पुरुषतर्फ पाल्पाका वीरेन्द्र बुढा मगर र महिलामा गुल्मीकी सविना श्रेष्ठ लुम्बिनी प्रदेशस्तरीय व्यवसायिक आईटीएफ तेक्वान्दो च्याम्पियन भएका छन् ।
पाल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजनामा शुक्रबारदेखि तानसेनमा सुरु दोस्रो लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनलमा पुरुषतर्फ बुढा मगर र महिलातर्फ श्रेष्ठ पहिलो भएका हुन् ।
प्रतियोगितामा पहिलो हुनेले नगद ३०/३० हजारका साथै गोल्ड मेडल, प्रमाणपत्र र सिल्ड प्राप्त गरे । प्रतियोगितामा रोल्पाका तिलक बुढा मगर र नवलपरासीकी वसन्ती विश्वकर्मा दोस्रो भएर नगद २०/२० हजारका साथै मेडल, प्रमाणपत्र र सिल्ड प्राप्त गरे ।
पुरुषतर्फ पाल्पाका उज्ज्वल गहतराजले आयोजक टिमबाट खेलेका प्रवीण झेडी मगरलाई र महिलातर्फ बर्दियाकी ललिता बुढाथोकीले आयोजक पाल्पा जिल्ला तेक्वान्दो संघबाट खेलेकी रोशनी थापालाई पराजित गर्दै तेस्रो भएर नगद १०/१० हजारका साथै गोल्ड मेडल, प्रमाणपत्र र सिल्ड प्राप्त गरे ।
विजेता खेलाडीलाई लुम्बिनी प्रदेशसभा सदस्य खेमबहादुर सारु, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव जयप्रकाश भट्टराई, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाल आईटीएफ तेक्वान्दो महासंघका केन्द्रीय उपाध्यक्ष नीरबहादुर सारुलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
प्रदेशसभा सदस्य सारुले खेलकुदको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले संयुक्त रुपमा लगानी गर्नुपर्नेमा जोड दिए । सदस्य-सचिव भट्टराईले योजनाबद्ध ढंगले काम गर्ने हो भने खेलकुदमा बजेटको कमी नभएको बताए । प्रमुख जिल्ला अधिकारी बास्तोलाले खेलाडीलाई हौसला बढाउने र काम गरेको प्रतिफल पाइन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला र आयोजक पाल्पा जिल्ला तेक्वान्दो संघको सहभागिता थियो । पुरुषतर्फ ३५ र महिलातर्फ ३० गरी ६५ खेलाडीबीच प्रतिस्पर्धा भएको महासंघ पाल्पा उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए । प्रतियोगितामा महिलातर्फ ४६ केजीदेखि ५२ केजीसम्म र पुरुषतर्फ ४९ केजीदेखि ५५ केजी तौल समूहका खेलाडीबीच एकल स्पायरिङमा प्रतिस्पर्धा भएको थियो ।
पूर्वखेलाडी आयुषा कार्कीले मातापिता रीता र अनिल कार्कीको सम्झनामा प्रतियोगिता आयोजना गरिएको आयोजक पाल्पा जिल्ला तेक्वान्दो संघले जनाएको छ । लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाबाट पुरुष दुई र महिला दुई गरी चारजना खेलाडी सहभागी भएका थिए । पाल्पामा आईटीएफ तेक्वान्दोको १४ डोजाङबाट नियमित रुपमा आईटीएफ अध्यास हुँदै आएको छ ।
Palpa District ITF Taekwon-Do Association
Lumbini Province ITF Taekwon-Do Association
04/11/2023
हार्दिक बधाई तथा शुभकामना 💐💐🎉
Shyam Bahadur Gaha Magar
हिजो मिति २०८० कार्तिक १७ गतेका दिन पाल्पा जिल्ला तानसेन स्थीत गिरिङ्ग रेष्टुरेन्टमा लुम्बिनी प्रदेश आई.टि.एफ्. तेक्वान्दो संघकाे अध्यक्ष श्री रितमान कामु मगर ज्यूको अध्यक्षता र नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको केन्द्रीय उपाध्यक्ष श्री निर बहादुर सारु ज्यूको प्रमुख आतिथ्यमा बसेको संघको कार्यसमिति बैठकबाट यस लुम्बिनी प्रदेश आई.टि.एफ्. तेक्वान्दो संघका प्रदेश सदस्य तथा डाटा संयोजक, पाल्पा आई.टि.एफ्. ब्ल्याक बेल्ट कमिटीको पूर्व अध्यक्ष, पाल्पा जिल्ला आई.टि.एफ्. तेक्वान्दो संघको सहसचिव तथा प्रशिक्षक, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको टुर्नामेन्ट समिति सदस्य साथै जिल्ला खेलकुद विकास समिति, पाल्पाका सदस्य श्री श्याम बहादुर गाहा मगर ज्यू लुम्बिनी प्रदेश आई.टि.एफ्. तेक्वान्दो संघकाे सहसचिव जस्तो गरिमामय पदमा मनोनित भएकाेमा उहाँलाई संघको तर्फबाट हार्दिक बधाई तथा उत्कृष्ट सफल कार्यकालको धेरै धेरै शुभकामना ब्यक्त गर्दछौँ ।
देव थापा
अध्यक्ष
पाल्पा आई.टि.एफ्. ब्ल्याक बेल्ट कमिटी
01/11/2023
18/10/2023
Inform to all. 🙏
District Sports Development Committee, Palpaa Lumbini Province ITF Taekwon-Do Associationn Nepal International Taekwon-Do Federationn Nepal Itff
Organized by:Palpa District ITF Taekwon-Do Associationn
Co-organized by:Palpa ITF Black Belt Committeee
13/10/2023
शोक वक्तब्य
राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूका ममतामयी माता हंसनुमा लिम्बूको ९९ वर्षको उमेरमा मोरङको लेटाङस्थित निवासमा शुक्रबार भएको निधनको खबरले सिंगो राष्ट्रिय खेलकुद परिषद्लाई दुखित तुल्याएको छ ।
यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक सम्वेद्ना व्यक्त गर्दछौं ।
पाल्पा आईटिएफ ब्ल्याक बेल्ट कमिटी
शोक वक्तब्य
राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूका ममतामयी माता हंसनुमा लिम्बूको ९९ वर्षको उमेरमा मोरङको लेटाङस्थित निवासमा शुक्रबार भएको निधनको खबरले सिंगो राष्ट्रिय खेलकुद परिषद्लाई दुखित तुल्याएको छ ।
यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक सम्वेद्ना व्यक्त गर्दछौं ।
पाल्पा जिल्ला आईटिएफ तेक्वान्दो संघ