27/08/2026
विपद्को यस कठिन घडीमा रसुवा भोटेकोशी बाढीबाट प्रभावित सबैप्रति हाम्रो साथ र ऐक्यबद्धता।
ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। प्रभावित सबैको सुरक्षा र उद्धारका लागि प्रार्थना गर्दछौँ।
सुरक्षित रहौँ, सतर्क रहौँ, एकजुट बनौँ।
26/08/2026
हालै रसुवाको भोटेकोशीमा आएको बाढीले धेरै परिवारको घर, सपना र जीवन नै तहसनहस बनाएको छ। यो पीडादायी समयमा प्रभावित सबैप्रति हाम्रो गहिरो सहानुभूति छ।
सबैभन्दा पहिले, आफू र आफ्ना प्रियजनलाई सुरक्षित राखौं।
जोखिमयुक्त स्थानबाट टाढा रहौं, आवश्यक सावधानी अपनाऔं र सकेसम्म एकअर्कालाई सहयोग गरौं। प्रभावित परिवारहरूले चाँडै राहत, उद्धार र आवश्यक सहयोग पाऊन्, साथै सबै प्रभावित क्षेत्रले शीघ्र पुनःस्थापना र पुनःउत्थानको बाटो समात्न सकून् भन्ने कामना गर्दछौं।
यस्तो संवेदनशील समयमा अपुष्ट, पुराना वा झुटा फोटो तथा भिडियो शेयर नगरौं। विपत्तिसँग सम्बन्धित सामग्री शेयर गर्नुअघि स्रोत र सत्यता जाँच गरौं।
ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली।शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।
यस कठिन घडीमा प्रभावित सबै परिवारसँग हामी साथमा छौं।
21/08/2026
सर्लाही क्रीकेट संघको उपाध्यक्ष श्री रामनन्दन महतो ज्युको प्रयास र मलङ्वा नगरपालिकाको सहयोगमा जेसिबी द्वारा जिल्ला खेलकुद विकास समिति कबर्द हल मलङ्वा-2 मा खेलाडीहरुको बिगत 15 वर्ष पछि आज खेलाडीहरुको सपना पूरा हुने आशा जागेको छ Turf Wicket को त्यारी गरिदै ।
यस काममा सहयोग गर्ने मलङ्वा नगरपालिकाका मेयर श्री नागेन्द्र प्रसाद यादव ज्युलाइ सर्लाही क्रीकेट संघको सम्पुर्ण परिवारको तर्फबाट धेरै धेरै धन्यवाद ।। जय क्रीकेट ।।।।
18/08/2026
सर्लाही बलरा नगरपालिका हाल मलङ्वा वार्ड न.-2 मा घर भएका भाइ रोहित सिंह राजपुत नेपाल क्रीकेट तथा नेपाल पुलिस क्लबका भुपु अलराउन्डर दिपेन्द्र सिंह एरी संग पुलिस क्लब
को Training मा एक साथ अभ्यास गर्दै भाइ हाल नेपाल पुलिसमा कार्यरत छन् । Best Of Luck भाइ keep it Up
16/08/2026
✈️ Farewell to Nepal ‘A’ as they fly out to Australia 🇦🇺 for the Top End T20 Series. 🇳🇵
14/08/2026
नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिँदै :
एसिसी प्रिमियर कपमा सहभागिता जनाउने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको शुक्रबार काठमाडौँमा बिदाइ गरिएको छ । आसन्न संस्करणको प्रिमियर कप यही ३० अगस्टदेखि मलेसियामा आयोजना हुनेछ । तस्बिर : लोकेश धामी/रासस
14/08/2026
सर्लाही जिल्ला बरहथवा नगरपालिका निवासी पप्पु दास उर्फ आतिस दास सर्लाही जिल्लाको सिनियर खेलाडी समेत रहेका हाल काठमाडौं क्रीकेट एकेडेमी(KCA)मा ICC मान्यता प्राप्त रहेका कोच प्रशिक्षणको रुपमा कार्य गर्दै । जय क्रीकेट ।।
14/08/2026
Congratulations to Anil Kumar Sah on being named captain of Nepal A, and to Pawan Sarraf and Mayan Yadav on being selected in the squad for the Top End T20 Series. 👏
Wishing you all the very best for the series ahead. Make Madhesh and Nepal proud! 💙❤️
13/08/2026
: एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक गरिएको छ।प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुनेछ।प्रिमियर कप अगस्ट ३० देखि मलेसियामा आयोजना हुनेछ।प्रतियोगिताको शीर्ष ३ भित्र पर्ने टिम २०२७ को एकदिवसीय एसिया कपको लागि छनोट हुनेछ।जहाँ छनोट हुने टिमले भारत,पाकिस्तान,श्रीलंका,अफगानिस्तान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछन्।
समुह ए : नेपाल,हङकङ,साउदी अरब,बहराइन,मलेसिया
समुह बी : युएई,ओमान,कतार,कुवेत, सिङ्गापुर
नेपालको खेल तालिका 👇
३१ अगस्त २०२६ : नेपाल🇳🇵🆚🇧🇭 बहराइन
३ सेप्टेम्बर २०२६ : नेपाल🇳🇵🆚 🇲🇾 मलेसिया
६ सेप्टेम्बर २०२६ : नेपाल🇳🇵🆚 🇸🇦 साउदी अरब
८ सेप्टेम्बर २०२६ : नेपाल🇳🇵🆚🇭🇰 हङकङ
*नेपालको सबै खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे देखि सुरु हुने छन्।
11/08/2026
नेपाल प्रिमियर लिग एनपीएलको आगामी संस्करण आगामी कात्तिक ९ गतेबाट मंसिर ५ गतेसम्म आयोजना हुने भएको छ । तेस्रो संस्करणमा सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाइने छ ।