Pidarbani Football Club

Pidarbani Football Club

Share

footballer union

27/08/2026

पिडरबनी फुटबल क्लबका होनहार खेलाडी तथा सक्रिय सदस्य, नेपाली सेनामा कार्यरत विवेक नारायण चौधरी हाल नुवाकोटमा कार्यरत हुनुहुन्छ। केही समयदेखि उहाँसँग हाम्रो क्लब तथा साथीभाइको प्रत्यक्ष सम्पर्क हुन नसकेको अवस्था छ।

कार्यव्यस्तता तथा मोबाइल नेटवर्कको कारण सम्पर्क हुन नसकेको हुनसक्ने हाम्रो विश्वास छ। उहाँ सकुशल हुनुहुन्छ र छिट्टै परिवार, आफन्त, साथीभाइ तथा क्लबको सम्पर्कमा आउनुहुनेछ भन्नेमा हामी पूर्ण आशावादी छौँ।

यस अवस्थाले उहाँको परिवार तथा आफन्तजनमा परेको चिन्ता र बेचैनीप्रति पिडरबनी फुटबल क्लब हार्दिक सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गर्दछ। धैर्य र हिम्मतका साथ रहन सम्पूर्ण परिवारजनमा अनुरोध गर्दछौँ।

यदि कसैसँग विवेक नारायण चौधरीज्यूको अवस्था वा सम्पर्कबारे कुनै जानकारी भएमा उहाँको परिवार वा नजिकका साथीभाइलाई तुरुन्त जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

विवेक, जहाँ हुनुहुन्छ, सुरक्षित र सकुशल हुनुहोस्। छिट्टै सम्पर्कमा आउनुहोस्—सम्पूर्ण पिडरबनी फुटबल क्लब परिवार तपाईंको प्रतीक्षामा छ।

सम्पर्कको लागि :
9815700855, 9804725057

23/08/2026


डाइनामाइट फुटबल क्लबद्वारा आयोजित चौथो थारु फुट्सल प्रतियोगिता–२०८३, इमाडोल, ललितपुरमा सहभागी हुँदै गर्दा पिडरबनी फुटबल क्लबका खेलाडीहरूले “Justice for Garima Chaudhary” को ब्यानर प्रदर्शन गर्दै न्यायको पक्षमा आफ्नो आवाज बुलन्द गरेका हुन्।

खेलसँगै सामाजिक न्यायप्रतिको हाम्रो जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ।




22/08/2026

डाईनामाईट फुटबल क्लब द्वारा आयोजित चौथो थारु फुटसल प्रतियोगितामा Pidarbani Football Club को दोश्रो खेल Daddy Futsal (Malitham FC) बिच भएको खेलमा गोलरहित बराबरी खेलेका छ्न ।

22/08/2026


Pidarbani Football Club=0 V/S Youth United FC=0

21/08/2026

सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी महानुभावहरुलाई धेरै धेरै धन्यवाद ।

17/08/2026

#खेलतालिका
ललितपुर स्थित इमाडोल फुटसल मा Dynamite FC को आयोजनामा सञ्चालन हुने 4TH Tharu 6-A-Side Futsal Tournament 2083 मा Pidarbani Football Club (PFC) को सहभागिता रहेको जानकारी गराईन्छ ।

🔴 PFC का खेलहरू

2083/05/06 गते शनिबार
(1) २:१५ PM — Pidarbani FC vs Youth United FC, Pepsicola-32 Manohara

(2) ५:३० PM — Daddy Futsal (Malitham FC) vs Pidarbani FC

2083/05/06 आइतबार
(3) ९:३० AM — Pidarbani FC vs Badshah Boys

(4) १०:४५ AM — AOF United vs Pidarbani FC

प्रतियोगिताका पुरस्कारहरु:
प्रथम पुरस्कार: रु. ७७,७७७
दोस्रो पुरस्कर : रु. ४४,४४४
तेस्रो पुरस्कार : रु. ११,१११
प्रतियोगितामा Pidarbani FC को उत्कृष्ट प्रदर्शन र सफलताको शुभकामना!
Facebook Live: GoalNepal.com

Photos from Pidarbani Football Club's post 03/08/2026

च्याम्पियन! 🏆

बस्तिपुर फुटबल क्लबको आयोजनामा सम्पन्न एकदिने फुटबल प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पिडरबनी फुटबल क्लबले भवानीपुर फुटबल क्लबलाई ४–१ गोलले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।

🥇 विजेता – पिडरबनी फुटबल क्लब
🎁 पुरस्कार – २५ केजी कुखुरा
🥈 उपविजेता – भवानीपुर फुटबल क्लब
🎁 पुरस्कार – १५ केजी कुखुरा

साथै प्रतियोगितामा सहभागी सम्पूर्ण टिम तथा खेलाडीहरू, उत्साहपूर्वक साथ दिनुहुने सम्पूर्ण समर्थक, गाउँबासी एवं प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउनुहुने बस्तिपुर फुटबल क्लब तथा आयोजक समितिप्रति हार्दिक आभार तथा धन्यवाद ।

01/08/2026

भावपूर्ण श्रद्धाञ्जली 🇳🇵

पाकिस्तानको ब्रॉड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाउनुभएका नेपाली वीर पर्वतारोहीहरूप्रति पिडरबनी फुटबल क्लब परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

राष्ट्रको गौरव बढाउन हिमालको शिखरतर्फ अघि बढेका उहाँहरूको साहस, समर्पण र योगदान सधैँ स्मरणीय रहनेछ।

साहसका प्रतीक, पर्वतारोहणका वीर नक्षत्रहरूप्रति हार्दिक नमन। 🙏🇳🇵

20/07/2026
20/07/2026

विश्व फुटबलको सर्वोच्च शिखरमा पुनः स्पेन!

अद्भुत खेल, उत्कृष्ट टिमवर्क, अटल आत्मविश्वास र कहिल्यै हार नमान्ने साहसका साथ स्पेनले FIFA World Cup 2026 को उपाधि जित्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना!

फुटबल केवल खेल मात्र होइन, यो सपना, समर्पण, अनुशासन, एकता र अथक मेहनतको प्रतीक हो। स्पेनको यो ऐतिहासिक जितले विश्वभरका लाखौं युवा खेलाडीहरूलाई अझ ठूलो सपना देख्न, निरन्तर मेहनत गर्न र आफ्नो लक्ष्य प्राप्तिका लागि संघर्ष गर्न प्रेरणा दिनेछ।

बधाई स्पेन!
विश्व च्याम्पियन २०२६! 🏆

Want your business to be the top-listed Gym/sports Facility in Lahan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Lahan