02/09/2026
भोटेकोशी बाढीपीडितलाई `सी´डिभिजन क्लबको १ लाख १३ हजार १ सय सहयोग
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि शहिद स्मारक ‘सी’ डिभिजन फुटबल लिग खेल्ने क्लबहरूले ऐक्यबद्धता जनाउँदै रु. १ लाख १३ हजार १ सय सहयोग गरेका छौं।
बाढीले रसुवा तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ र प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाको आवश्यकता अझै रहेको छ।
सहयोग गर्ने क्लबहरु :
पुल्चोक स्पोर्ट्स क्लब — रु. १०,०००
महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टर — रु. १०,५००
खालिबारी युवा फुटबल क्लब — रु. १०,०००
सामाजिक युथ क्लब — रु. १७,६००
समाज कल्याण खेलकुद केन्द्र — रु. १०,०००
स्वयम्भू क्लब — रु. १५,०००
मनोहरा युनाइटेड युथ क्लब — रु. १०,०००
स्पोर्ट्स एकेडेमी साँगा — रु. १०,०००
झम्सिखेल युथ क्लब — रु. १०,०००
सिन्धुपाल्चोक फुटबल क्लब — रु. १०,०००
💰 कुल सहयोग : रु. १,१३,१००
खेल केवल मैदानमा प्रतिस्पर्धा गर्ने माध्यम होइन, संकटमा समाजसँग उभिने शक्ति पनि हो। भोटेकोशी बाढीपीडितका लागि `सी´डिभिजनका क्लबले एकता र सामाजिक उत्तरदायित्व पूरा गर्ने जमर्को गरेका छौं।
बाढीपीडितको दुःखमा `सी´ डिभिजन फुटबल परिवारको साथ। एकता नै हाम्रो शक्ति।
धन्यवाद।
दिवाकर घले
संयोजक
शहिद स्मारक `सी´ डिभिजन क्लब
अध्यक्ष
महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टर
24/07/2026
शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्लबहरुले एन्फामाथिको बाह्य हस्तक्षेप अन्त्य गरी फिफाले लगाएको निलम्बन तत्काल फुकुवा गराउन, एन्फाको तत्काल निर्वाचन गर्न तथा रोकिएका राष्ट्रिय लिग, महिला लिग र यु-१८ सहित सम्पूर्ण फुटबल प्रतियोगिता तत्काल सञ्चालन गर्न माग गरेका हुन् ।
24/07/2026
प्रेस विज्ञप्ति
मिति: २०८२/०४/०८
विश्व फुटबल महासंघ (FIFA) द्वारा अखिल नेपाल फुटबल संघ (ANFA) माथि लगाइएको निलम्बनप्रति हामी, नेपालका हस्ताक्षरकर्ता फुटबल क्लबहरू, गम्भीर चिन्ता व्यक्त गर्दछौं।
यस निलम्बनका कारण हजारौं नेपाली फुटबल खेलाडी, प्रशिक्षक, निर्णायक, क्लब, पदाधिकारी तथा फुटबलसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध सम्पूर्ण सरोकारवालाहरू प्रभावित भएका छन्। लामो समयसम्म निलम्बन कायम रहँदा पनि सम्बन्धित निकायबाट यसको निकासका लागि प्रभावकारी पहल हुन नसक्दा नेपाली फुटबल अभूतपूर्व संकटमा परेको छ।
राष्ट्रिय लिग, महिला फुटबल, उमेर समूहका प्रतियोगिता, खेलाडी विकास कार्यक्रम तथा समग्र फुटबल गतिविधि प्रभावित भएका छन्। यसले नेपाली फुटबलको वर्तमान मात्र होइन, भविष्यसमेत गम्भीर जोखिममा परेको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै, नेपाली फुटबलको हित, स्वायत्तता तथा विकासका लागि हामी निम्न मागहरू जोडदार रूपमा प्रस्तुत गर्दछौं:
हाम्रा मागहरू
१. अखिल नेपाल फुटबल संघ (ANFA) माथिको बाह्य हस्तक्षेप तत्काल अन्त्य गरी FIFA द्वारा लगाइएको निलम्बन यथाशीघ्र फुकुवा गरियोस्।
२. FIFA, AFC तथा ANFA को विधानअनुसार अखिल नेपाल फुटबल संघको निर्वाचन अविलम्ब सम्पन्न गरियोस्।
३. रोकिएका राष्ट्रिय लिग, महिला लिग, यू–१८ लगायत सबै उमेर समूहका प्रतियोगिता तथा सम्पूर्ण आधिकारिक फुटबल गतिविधि तत्काल सञ्चालन गरियोस्।
हामी विश्वास गर्दछौँ कि फुटबलको स्वायत्तता, पारदर्शिता र लोकतान्त्रिक मूल्यहरूको संरक्षण हुनु अत्यावश्यक छ। हजारौं खेलाडीको भविष्य र नेपाली फुटबलको विकास कुनै पनि कारणले बन्धक बन्नु हुन्न ।
अतः हामी FIFA, AFC, ANFA ,नेपाल सरकार तथा सम्बन्धित सम्पूर्ण निकायहरूलाई नेपाली फुटबललाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन आवश्यक पहल गर्न हार्दिक आग्रह गर्दछौँ।
नेपाली फुटबलको उज्ज्वल भविष्यका लागि हामी सबै एकजुट छौँ।
United for the Future of Nepali Football
#𝗝𝗮𝘆𝗡𝗲𝗽𝗮𝗹
17/06/2026
बागमती प्रदेशका पूर्व मन्त्री एव माननीय दीपेन्द्र श्रेष्ठज्यूले महाबिर स्टडिज एण्ड एथलेटिक्स सेन्टरमा ब्यायमशाला प्रवर्द्धन लागी रु. १०,००,००० (दश लाख) बजेट विनियोजन गराउन गर्नुभएको महत्वपूर्ण पहलप्रति महाबिर स्टडिज एण्ड एथलेटिक्स सेन्टर परिवार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।
उहाँको अमूल्य सहयोग, सद्भाव र खेलकुदप्रतिको सकारात्मक सोचले क्लबलाई थप उत्साह र ऊर्जा प्रदान गरेको छ। यस महत्वपूर्ण योगदानका लागि हामी माननीयज्यू प्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि माननीयज्यु बाट यस्तै सहयोग र मार्गदर्शन प्राप्त भइरहोस् भन्ने कामना गर्दछौँ।” 🙏⚽🏏🏀
दिवाकर घले
अध्यक्ष
19/01/2026
Absolute dominance : Four goals, a clean sheet, and all three points in the bag for Jawlakhel Youth Club.
A massive performance from start to finish to secure a 4-0 victory in the National League 2082.