11/06/2026
मित्रराष्ट्र जापानमा मिति २०८३/०६/०३ गतेदेखि ऐ. १८ गतेसम्म सञ्चालन हुने २०औं एसियाली खेलकुद प्रतियोगतामा राष्ट्रको प्रतिनिधित्व गरी सहभागी हुन छनौट हुन सफल नेपाल प्रहरीका काराते खेलाडीहरु एरिका गुरुङ, पुष्पका लामा, निरुपा दोङ र सोनिमा मानन्धरलाई हार्दिक बधाई !
08/06/2026
नेपाल शुटिङ संघको आयोजनामा मिति २०८३।०२।२३ गतेदेखि ऐ. २५ गतेसम्म ललितपुर स्थित शुटिङ कम्प्लेक्समा सञ्चालन भएको “२६औं महिला तथा २७औं पुरुष राष्ट्रिय शुटिङ प्रतियोगिता २०८३” मा १ स्वर्ण, ४ रजत र १ कास्य गरी कुल ६ पदक हासिल गर्न सफल नेपाल प्रहरी शुटिङ टिमलाई हार्दिक बधाई !
08/06/2026
नेपाल पौडी संघको आयोजनामा मिति २०८३।०२।२३ र २४ गते सञ्चालन भएको “3rd Nepal Aquatics Championship 2026” मा १७ स्वर्ण, ६ रजत र ११ कास्य गरी कुल ३४ पदक हासिल गरी टिम प्रथम हुनुका साथै उत्कृष्ट महिला खेलाडी घोषित हुन सफल देवान्सी जोशी र उत्कृष्ट पुरुष खेलाडी घोषित हुन सफल इर्भिन श्रेष्ठ लगायत नेपाल प्रहरी पौडी टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई हार्दिक बधाई !
05/06/2026
नेपाल पुलिस फुटबल क्लव र IGI PRUDENTIAL INSURANCE Ltd. विच प्रायोजन सम्झौता सम्पन्न
आज मिति २०८३/०२/२२ गते, नेपाल पुलिस क्लबको (महिला तथा पुरुष फुटबल टिम) व्यवस्थापन, तयारी, प्रशिक्षण, ब्रान्डिङ र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नेपाल पुलिस फुटबल क्लव र IGI PRUDENTIAL INSURANCE Ltd. विच आज प्रायोजन सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा IGI PRUDENTIAL INSURANCE Ltd. ले पाँच वर्षसम्मको लागी प्रायोजन उपलब्ध गराउनेछ । यस प्रायोजनले नेपाल पुलिस क्लबका महिला तथा पुरुष फुटबल टिमहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रममा नेपाल पुलिस फुटबल क्लवको तर्फबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एबं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यू र IGI PRUDENTIAL INSURANCE Ltd. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेस भक्त बादे श्रेष्ठज्यूले हस्ताक्षर गर्नु भई सम्झौता बमोजिमका शर्तहरु पुरा गर्ने सन्दर्भमा दुवै पक्ष प्रतिवद्ध रहने कुरा व्यक्त गर्नु भयो ।
04/06/2026
Asian Cricket Council (ACC) को आयोजनामा मिति २०८३/०२/१७ गतेदेखि ऐ. २५ गतेसम्म मित्रराष्ट्र सिंगापुरमा सञ्चालन भइरहेको "Asian Games Qualifier Men's 2026" प्रतियोगिताअन्तर्गत Malaysia विरुद्धको खेलमा समेत शतक प्रहार गर्दै लगातार दुई T20I अन्तर्राष्ट्रिय खेलमा लगातार दुई शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्न सफल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका ओपनर ब्याट्सम्यान तथा नेपाल प्रहरी क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेललाई हार्दिक बधाई !
01/06/2026
हार्दिक बधाई !
अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा मिति २०८३।०२।१४ गतेदेखि ऐ. १७ गतेसम्म राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र लैनचौरमा सञ्चालन भएको “४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता २०८३” मा ५ स्वर्ण २ रजत र ४ कास्य गरी कुल ११ पदक हासिल गरी टिम प्रथम हुन सफल नेपाल प्रहरी टेबल टेनिस टिमलाई हार्दिक बधाई !
01/06/2026
नेपाल भारोत्तोलन संघको तत्वधान तथा सप्तरी जिल्ला भारोत्तोलन संघको आयोजनामा मिति २०८३।०२।११ गतेदेखि ऐ. १३ गतेसम्म सप्तरी जिल्लाको राजविराजमा सञ्चालन भएको “युथ, जुनियर तथा सिनियर राष्ट्रिय खुल्ला भारोत्तोलन प्रतियोगिता २०८३” मा ४ स्वर्ण ३ रजत र २ कास्य गरी कुल ९ पदक हासिल गर्नुका साथै स्ट्रोङगेष्ट महिला खेलाडी घोषित हुन सफल विद्या राई लगायत नेपाल प्रहरी भातोत्तोलन टिमका खेलाडी तथा अफिसियलहरुलाई हार्दिक बधाई !!
31/05/2026
Asian Cricket Council (ACC) को आयोजनामा मिति २०८३/०२/१७ गतेदेखि ऐ. २५ गतेसम्म मित्रराष्ट्र सिंगापुरमा सञ्चालन भइरहेको ''Asian Games Qualifier Mens 2026'' प्रतियोगिता अन्तर्गत मिति २०८३/०२/१७ गते चीन विरुद्वको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वको छैठौ र नेपालका दोस्रो खेलाडी साथै एउटै इनिङमा १६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत हुन सफल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका ओपनर ब्याटसम्यान तथा नेपाल प्रहरी क्रिकेट टिमका ब्याटसम्यान कुशल भुर्तेललाई हार्दिक बधाई !
31/05/2026
हार्दिक बधाई !
Asian Cricket Council (ACC) को आयोजनामा मिति २०८३/०२/१७ गतेदेखि ऐ. २५ गतेसम्म मित्रराष्ट्र सिंगापुरमा सञ्चालन भइरहेको ''Asian Games Qualifier Mens 2026'' प्रतियोगिता अन्तर्गत मिति २०८३/०२/१७ गते चीन विरुद्वको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वको छैठौ र नेपालका दोस्रो खेलाडी साथै एउटै इनिङमा १६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत हुन सफल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका ओपनर ब्याटसम्यान तथा नेपाल प्रहरी क्रिकेट टिमका ब्याटसम्यान कुशल भुर्तेललाई हार्दिक बधाई !