05/07/2026
ठ्याक्कै १२ वर्ष अगाडी नेयमारलाई लागेको त्यो चोट, जसले चकनाचुर बनाएको थियो नेयमार र ब्राजिलको विश्वकप जित्ने सपना !
ठ्याक्कै १२ वर्ष अगाडि ब्राजिलले विश्वकपको क्वाटरफाइनलमा कोलम्बियाको सामना गर्दै थियो। खेलको सुरुवातमै पाएको अग्रतालाई ब्राजिलले खेलको ६८ औँ मिनेटमा दोब्बर बनायो।
खेलको ८० औँ मिनेटमा पेनाल्टी गोलमार्फत कोलम्बियाले एक गोल फर्काए पनि ब्राजिलको जित लगभग पक्का थियो।
तर खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा जे भयो, त्यसले ब्राजिलको विश्वकप जित्ने अभियानमा ठूलो धक्का दियो। अन्तिम समयमा स्टार खेलाडी नेयमार नराम्रोसँग घाइते हुन पुगे।
उनको चोट यति गम्भीर थियो कि उनलाई स्ट्रेचरमै राखेर उपचारका लागि लैजानु पर्यो। नेयमारको उक्त चोटले ब्राजिललाई निकै नै कमजोर बनायो र ब्राजिल सेमिफाइनलमा ७-१ को गोल अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरियो।
20/06/2026
20/06/2026
09/12/2022
09/12/2022
09/12/2022
05/12/2022