02/08/2026
आज सगरमाथाभन्दा पनि अग्लो एउटा शून्यता देशले महसुस गरेको छ।
नेपालले आफ्नो एक अदम्य साहसी, गौरवशाली र अमूल्य सुपुत्र गुमाएको छ। हिमालका शिखरहरू जित्ने यो वीर अन्ततः प्रकृतिकै काखमा सदाका लागि विश्राम लिन पुग्नुभयो।
तपाईंको साहस, त्याग, देशप्रेम र अदम्य आत्मविश्वासले पुस्तौँसम्म नेपालीलाई प्रेरणा दिइरहनेछ। तपाईं शरीरले हामीबाट टाढिनुभयो, तर तपाईंका कीर्तिमान, संघर्ष र सम्झनाहरू नेपाली जनमानसमा सधैं जीवित रहनेछन्।
हार्दिक श्रद्धाञ्जली, निम्स दाइ।
तपाईंप्रति राष्ट्र सधैं ऋणी रहनेछl😭😥
19/06/2026
🎉 हार्दिक बधाई तथा शुभकामना 🎉
नेपाल CHITF का राष्ट्रिय खेलाडी आशिष भुजेल लाई कक्षा १२ उत्तीर्ण गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। तपाईंको मेहनत, लगन र अनुशासनले शैक्षिक क्षेत्रमा प्राप्त गरेको यो सफलता प्रशंसनीय छ। आगामी दिनहरूमा शिक्षा र खेलकुद दुवै क्षेत्रमा अझ उच्च सफलता हासिल गर्न सक्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
नेपाल CHITF परिवार 🙏🌹
09/06/2026
पाचौं ब्याबसायिक राष्ट्रिय सि एच आई टि एफ तेक्वान्दो प्रतियोगिता २०८३/०२/15/16 निसिखोला गाउपालिका बाग्लुङ💪🥋
09/06/2026
खेल सम्बन्धि जानकारी ।
adv.
30/04/2026
कालो पेटी (ब्ल्याक बेल्ट) प्रथम देखि तेस्रो दानसम्मको ग्रेडिङ निम्न मिति, स्थान र समयमा सञ्चालन हुने जानकारी गराइन्छ।
20/04/2026
मोरङ सि एच आई टि एफ तेक्वान्दो संघको कोषाध्यक्ष आशिष भुजेल ज्यु लाई जन्मदिनको शुभकामना 🧁🎂
19/04/2026
हार्दिक बधाई
मोरङ सिएच आईटिएफ तेक्वान्दो संघको दोस्रो अधिवेशन बाट निर्वाचित
🔹 अध्यक्ष: बिद्धानन्द चौधरी
🔹 उपाध्यक्ष: दुर्गा प्रसाद खतिवडा
🔹 सचिव: पूर्णिमा अधिकारी
🔹 सह–सचिव: जानुमाया भुजेल
🔹 कोषाध्यक्ष: आशिष भुजेल
लगायत नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछौ l
कुशल बुढा मगर
अध्यक्ष
नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका