Friends Club

Friends Club

Share

Friends club is the one of the A division football club of NEPAL.

The friends club was established in 1972 with the motto, mission & philosophy of “develop character, confidence, leadership and social interaction with young people through sports, sportsmanship and team work"

This pioneer club is renowned and holds ‘A’ division position among football teams in Nepal. It has participated in numerous regional and national level tournaments and has the proud histor

01/08/2026

🕊️🇳🇵
Friends Club Kopundole extends its heartfelt condolences on the tragic loss of Nepali mountaineers on Broad Peak. May their souls rest in eternal peace.
🙏

21/07/2026

यस क्लबका कोषाध्यक्ष श्री महेश्वर श्रेष्ठज्यूलाई आज परेको जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा निरन्तर प्रगति र सफलताको हार्दिक कामना गर्दछौं। आगामी दिनहरू अझ उज्ज्वल, सुखद र उपलब्धिमूलक बनून् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

फ्रेन्ड्स क्लब परिवार 🙏🇳🇵

Photos from Friends Club's post 19/07/2026

आज मिति २०८३/०४/०३ गते फ्रेन्ड्स क्लबद्वारा सञ्चालन हुँदै आएको ग्रासरुट्स फुटबल प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रशिक्षणरत ११५ जना खेलाडीहरूलाई जर्सी हस्तान्तरण गरिएको छ।

उक्त जर्सी हस्तान्तरण कार्यक्रम युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि बेञ्जनकरज्यूको उपस्थितिमा तथा उपस्थित पूर्व खेलाडीद्वारा जर्सी हस्तान्तरण गरिएको छ। यस कार्यक्रमलाई सफल बनाउन उपस्थित भई साथ, सहयोग र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति फ्रेन्ड्स क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सहयोग र शुभेच्छाको अपेक्षा गर्दछौं।

फ्रेन्ड्स क्लब परिवार 🙏⚽🇳🇵

10/07/2026

फ्रेन्ड्स क्लब परिवारको तर्फबाट हार्दिक शुभकामना! 🇳🇵⚽

हाम्रा प्रिय खेलाडी महेन्द्र कार्की आफ्नो उज्ज्वल भविष्यको खोजीमा जापानतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। उहाँको यस नयाँ यात्राका लागि फ्रेन्ड्स क्लब परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल, सुखद र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

तपाईंको आगामी यात्रा सफल रहोस्, निरन्तर प्रगति र उपलब्धिले भरिपूर्ण बनोस् भन्ने कामना गर्दछौं।

फ्रेन्ड्स क्लब परिवार 🙏

Photos from Friends Club's post 29/06/2026

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा फ्रेन्ड्स क्लब परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🌾🥣🇳🇵

किसानको अथक मेहनत, समर्पण र योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै कृषि क्षेत्रको दिगो विकास, समृद्ध नेपाल तथा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौं। 🙏🌾🇳🇵

फ्रेन्ड्स क्लब परिवार 🙏

27/06/2026

यस क्लबका वरिष्ठ उपाध्यक्ष श्री घनश्याम बिष्टज्यूको आज परेको शुभ जन्मोत्सवको पावन अवसरमा फ्रेन्ड्स क्लब परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यहाँको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगति र सफलताले भरिपूर्ण रहोस्। समाज र क्लबप्रतिको समर्पण तथा नेतृत्वले अझ उचाइ हासिल गर्दै जाओस् भन्ने शुभेच्छासहित पुनः जन्मदिनको हार्दिक शुभकामना। 🎉🎂🎁

फ्रेन्ड्स क्लब परिवार
🇳🇵🙏🎉

14/06/2026

🔵🔴 Together We Grow.... Together We Inspire ⚽🏟️🥅.
Friends Club

13/06/2026

Lets go !!!!!

10/06/2026

We are proud to announce 📢 that former our Nepal Women’s National Team Captain and player Anu Lama has joined ✍️⚽ our club as a for our . Her experience and leadership will play a vital role in developing young talents and strengthening the future of our club and Nepali football. Welcome to the Friends Club family 🔴🔵🙏

Photos from Friends Club's post 31/05/2026

यस फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष स्वर्गीय श्री रत्न शमशेर राणाज्यूको १३औँ दिनको पुण्यतिथिको अवसरमा क्लबद्वारा आयोजित शोकसभामा सहभागी भई स्वर्गीय रत्न शमशेर राणाज्यूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारप्रति भावपूर्ण आत्मीयता तथा समवेदना प्रकट गरिदिनुहुने सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूप्रति क्लब हार्दिक आभार व्यक्त गर्दछ।

उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ। 🙏🕉️🙏

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kupondole 10
Kathmandu
44600