01/08/2026
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी असामयिक निधन हुनुभएका सम्पूर्ण नेपाली पर्वतारोही वीरहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
उहाँहरूले राष्ट्रको गौरव, साहस र पर्वतारोहण क्षेत्रको प्रतिष्ठा उच्च बनाउन पुर्याउनुभएको अतुलनीय योगदानप्रति उच्च सम्मान र कृतज्ञता व्यक्त गर्दछौँ।
यस दुःखद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछौँ।
भावपूर्ण श्रद्धाञ्जली! ॐ शान्ति। 🇳🇵🙏🕊️!
31/07/2026
हार्दिक बधाई तथा शुभकामना! 🇳🇵
नेपाली सेनामा पदोन्नति हुनुभएका राष्ट्रिय भलिबल खेलाडी डी.बी. भट्टज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
खेलकुद र राष्ट्रसेवाको क्षेत्रमा यहाँले पुर्याउँदै आउनुभएको समर्पण, अनुशासन र उत्कृष्ट योगदान अझ उचाइमा पुगिरहोस्। नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै राष्ट्रको गौरव अझ बढाइरहनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
17/07/2026
आदरणीय Help Nepal Sports Club का सम्पूर्ण सदस्यज्यूहरू, शुभेच्छुक तथा खेलप्रेमी महानुभावहरूमा साउने संक्रान्तिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏
प्रकृतिसँगको आत्मीय सम्बन्ध, नयाँ ऊर्जा, स्वास्थ्य, समृद्धि र सकारात्मक सोचको सन्देश बोकेको यस पावन पर्वले सम्पूर्णमा सुस्वास्थ्य, सुख, शान्ति, प्रगति र दीर्घायु प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
आपसी प्रेम, सद्भाव, एकता र सहकार्य अझ प्रगाढ हुँदै Help Nepal Sports Club परिवार अझ सशक्त र सफल बनोस् भन्ने कामना गर्दछौं।
Help Nepal Sports Club Family ❤️
15/07/2026
Help Nepal Sports Club ले खेलकुदसँगै सामाजिक उत्तरदायित्व, मानवता र आपसी सहयोगको भावनालाई सधैं आफ्नो मूल सिद्धान्तका रूपमा आत्मसात गर्दै आएको छ।
हाम्रा क्लब सदस्य श्री प्रशान्त छत्कुलीज्यू को अग्रसरमा श्री ईश्वर प्रसाद धरेल (राप्ती–१, चितवन) रोजगारीको सिलसिलामा भारतमा रहँदा भएको दुःखद रेल दुर्घटनामा परी दुवै खुट्टा गुमाउन पुग्नुभएको छ। उहाँ हाल भरतपुर अस्पताल, चितवन मा उपचाररत हुनुहुन्छ। यस दुःखद घटनाले परिवारमा गहिरो मानसिक पीडासँगै ठूलो आर्थिक भारसमेत थपिएको छ।
यस विषम परिस्थितिमा क्लबले आफ्नै परिवारको सरह नै पीडालाई आत्मसात गर्दै सदस्यहरूबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गरेको थियो। संकलित रकम श्री प्रशान्त छत्कुलीज्यूमार्फत पीडित परिवारलाई चेक (रकम)हस्तान्तरण गरिएको जानकारी गराउन पाउँदा हामी सम्पूर्ण सहयोगी सदस्यज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
सानो सहयोगले पनि पीडित परिवारको जीवनमा ठूलो आशा र भरोसा जगाउन सक्छ। त्यसैले सहयोग गर्न इच्छुक अन्य महानुभावहरूलाई पनि आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरी यस मानवीय अभियानमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं।
Account Details:
Bank Name: Prabhu Bank
Branch: Gadauli
Account Name: Keshari Prasad Dharel
Account No.: 0810132843800011
सम्पर्क:
केशरी प्रसाद धरेल
राप्ती–१, चितवन
9845318279
“दुःख बाँड्दा पीडा कम हुन्छ, सहयोग बाँड्दा आशा बढ्छ।”
यस मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण क्लब सदस्यहरू तथा शुभेच्छुक महानुभावहरूमा Help Nepal Sports Club Family हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ। 🙏🙏❤️❤️
12/07/2026
नेपाल भलिबल लिग (NVL) को पहिलो संस्करणका लागि विभिन्न फ्रेन्चाइज टोलीहरूको मुख्य प्रशिक्षक (Head Coach) का रूपमा नियुक्त हुनु भएका सम्पूर्ण प्रशिक्षकज्यूहरूलाई Help Nepal Sports Club परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
विशेष बधाई:
१ उत्सव खड्का – सगरमाथा शमशेर
२ भारत यादव – मधेश वारियर्स
३ निपा बहादुर बि.के. – काठमाडौं रेड्स
४ रमेश के.सी. – अन्नपूर्ण स्पाइकर्स किंग्स
५ चन्द्रबहादुर कुँवर – कर्णाली शिवराज
६ रूपेश कुमार बिष्ट – खप्तड फाल्कन्स
नेपाल भलिबलको व्यावसायिक यात्रामा नयाँ अध्यायको सुरुवातसँगै यहाँहरूको अनुभव, नेतृत्व र समर्पणले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक, आकर्षक र उच्चस्तरीय बनाउने विश्वास लिएका छौं।
सम्पूर्ण प्रशिक्षकज्यूहरूको सफल कार्यकाल, उत्कृष्ट प्रदर्शन तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं। नेपाली भलिबलको विकास र अन्तर्राष्ट्रिय पहिचानलाई अझ उचाइमा पुर्याउने अभियानमा यहाँहरूको योगदान महत्वपूर्ण रहने विश्वास छ। 🇳🇵🏐
हार्दिक बधाई तथा शुभकामना !
19/06/2026
Help Nepal Sports Club का संस्थापक अध्यक्ष तथा स्थापनाकालदेखि नै कुशल, दूरदर्शी र प्रेरणादायी नेतृत्व प्रदान गर्दै क्लबलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराई आजको गौरवपूर्ण उचाइसम्म पुर्याउन सफल आदरणीय श्री वासुदेव श्रेष्ठज्यू लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 🌹
क्लबप्रतिको यहाँको समर्पण, अथक मेहनत, नेतृत्व क्षमता र दूरदर्शी सोचले Help Nepal Sports Club लाई नेपाली भलिबल जगतको एक प्रतिष्ठित संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यहाँको नेतृत्व, मार्गदर्शन र योगदान सम्पूर्ण क्लब परिवारका लागि प्रेरणाको स्रोत बनेको छ । 🙏
जन्मदिनको यस विशेष अवसरमा यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा निरन्तर सफलता प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौं । आगामी दिनहरूमा पनि यहाँको नेतृत्व र मार्गदर्शनबाट क्लबले अझ उच्च सफलता र गौरव हासिल गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं । 🎂
🎈 जन्मदिनको लाखौँ-लाख शुभकामना ! 🎈
Help Nepal Sports Club Family ❤️
06/06/2026
विश्वप्रसिद्ध खेलकुद ब्रान्ड KELME का नेपालस्थित प्रवन्ध निर्देशक तथा Help Nepal Sports Club का शुभेच्छुक, सहयोगी एवं प्रायोजक श्री उत्तम न्यौपानेज्यू लाई जन्मदिनको सुखद अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
विगत लामो समयदेखि हाम्रो क्लबप्रति देखाउनुभएको विश्वास, निरन्तर सहयोग तथा प्रायोजनले क्लबको विकास र सफलतामा महत्वपूर्ण योगदान पुर्याएको छ । यहाँको साथ, सहयोग र सद्भावप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । 🙏
जन्मदिनको यस विशेष अवसरमा यहाँको सुस्वास्थ्य, दीर्घायु, पारिवारिक सुख-समृद्धि, व्यावसायिक सफलता तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं । 🎂
साथै, Help Nepal Sports Club र KELME बीचको आत्मीय सम्बन्ध तथा सहकार्य आगामी दिनहरूमा अझ सुदृढ, फलदायी र दीर्घकालीन बनोस् भन्ने कामना गर्दछौं । 🤝❤️
🎈 जन्मदिनको हार्दिक मंगलमय शुभकामना ! 🎈
Help Nepal Sports Club ❤️
30/05/2026
टिपटप हेल्प नेपालले ४ भलिबल खेलाडीलाई मलेसिया भ्रमण गराउँदै
टिपटप हेल्प नेपालले ४ भलिबल खेलाडीलाई मलेसिया भ्रमण गराउँदै
28/05/2026
पवित्र बकर ईदको सुखद अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 🙏
त्याग, समर्पण, सहिष्णुता र मानवताको सन्देश बोकेको यस महान पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी प्रेम, सद्भाव, भाईचारा तथा सामाजिक एकतालाई अझ सुदृढ बनाओस् भन्ने कामना गर्दछौं । 🤝❤️
यस पावन अवसरले सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा निरन्तर सफलता प्रदान गरोस् । जीवनमा नयाँ उत्साह, सकारात्मक ऊर्जा र खुशी लिएर आओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं । 🌸
🌙 ईद मुबारक 🌙
Help Nepal Sports Club Family ❤️
22/05/2026
🎉 जन्मदिनको हार्दिक शुभकामना 🎂🎈
Tip Top Help Nepal Sports Club तथा पाकिस्तान राष्ट्रिय भलिबल टोलीका उत्कृष्ट खेलाडी एवं WAPDA Club का टिम क्याप्टेन Usman Faryad Ali लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं । 🎉👏
खेल जीवनमा यहाँले हासिल गर्नुभएको सफलता, समर्पण र नेतृत्वले धेरै खेलप्रेमी तथा युवा खेलाडीहरूलाई प्रेरणा प्रदान गरेको छ । आगामी दिनहरू अझ सुखद, सफल र उपलब्धिमूलक बनून् भन्ने कामना गर्दछौं । 🎂🏐
सुस्वास्थ्य, दीर्घायु, निरन्तर प्रगति तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना । 🇳🇵🤝🇵🇰
Help Nepal Sports Club Family ❤️