Shivapuri Youth Club

Shivapuri Youth Club

Share

Social and Sports Club established in 2038 BS.

Photos from Shivapuri Youth Club's post 30/08/2026

रसुवा बाढीपीडित सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि शिवपुरी युथ क्लबले आफ्नो तर्फबाट सानो सहयोग गरेको छ।

हामीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४१,०५५ आर्थिक सहयोग गरेका छौं। साथै स्याफ्रुबेसी क्षेत्रबाट उद्धार गरी हाल स्वयम्भूस्थित यल्लो गुम्बामा आश्रय लिइरहेका बाढीपीडितहरूको आवश्यकताका लागि एउटा चेस्ट फ्रिजर पनि उपलब्ध गराएका छौं।

यो हाम्रो तर्फबाट गरिएको सानो सुरुवात मात्र हो। प्रभावित परिवार तथा समुदायलाई थप सहयोग पुर्‍याउने उद्देश्यले हामी अर्को राहत तथा सहयोग कार्यक्रमको तयारीमा पनि जुटिरहेका छौं।

यस कठिन समयमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, संघसंस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं।

सरकारले बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न निम्न ३ स्थान तोकेको छ:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघर
सम्पर्क: श्रद्धा भट्टराई – ९८४१८७९२२२
नेपाली सेनाको मैथेली ब्यारेक, बट्टार, नुवाकोट
सम्पर्क: आविष्कार – ९८५१२३४३२४
बैरेनी ब्यारेक, धादिङ
सम्पर्क: दिलिप घले – ९८५११५४२२६

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सकिन्छ।

आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमार्फत पनि योगदान गर्न सक्नुहुन्छ।

सानो वा ठूलो, हरेक सहयोग महत्वपूर्ण हुन्छ। अहिलेको आवश्यकता भनेको सबै मिलेर पीडित परिवारको साथमा उभिनु, राहत कार्यमा सहयोग गर्नु र हाम्रो देश तथा जनतालाई यो कठिन समयबाट बाहिर निकाल्न योगदान गर्नु हो।

हामी सबै मिलेर अझ धेरै गर्न सक्छौं।
आउनुहोस्, रसुवाका बाढीपीडित परिवारहरूको साथमा उभिऔं।

पशुपतिनाथले सबैको रक्षा गरून् र प्रभावित परिवारहरूलाई यो कठिन समय सामना गर्ने शक्ति, साहस र धैर्य प्रदान गरून्।

26/08/2026

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रका धेरै परिवार कठिन अवस्थामा छन्। यस्तो समयमा हामी जहाँ छौं, त्यहीँबाट सक्ने सहयोग गरौं।

* प्रभावित क्षेत्र नजिक रहनुहुनेले प्रहरी तथा स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार कार्यमा सहयोग गरौं।
* बाढीपछि खानेपानीका मुहान तथा स्रोत दूषित हुन सक्ने भएकाले सुरक्षित खानेपानीको व्यवस्था गरौं।
* घरबारविहीन परिवारका लागि टेन्ट, त्रिपाल, म्याट, कम्बल, ओढ्ने–ओछ्याउने तथा आवश्यक कपडाको व्यवस्था गरौं।
* प्रशासन तथा राहत टोलीसँग समन्वय गरी खाना, ड्राई फुड, पानी तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराऔं।
* घाइतेहरूको उपचारका लागि रगतको आवश्यकता पर्न सक्छ। सम्भव हुनेले आकस्मिक रक्तदानमा सहभागी बनौं।
* मेडिकल क्षेत्रमा रहनुहुने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरूले सम्भव भएसम्म स्वास्थ्य सेवामा सहयोग गरौं।
* महिला तथा किशोरीहरूका लागि स्यानिटरी प्याड र आवश्यक सरसफाइ सामग्रीको व्यवस्था गरौं।
* बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सहयोग गरौं।
* अस्थायी बासस्थानमा शौचालय, सरसफाइ, फोहोर व्यवस्थापन र सुरक्षित पानीको उचित व्यवस्था गरौं।
* औषधि, प्राथमिक उपचार सामग्री, मास्क, साबुन, टर्च, ब्याट्री तथा मोबाइल चार्जिङको व्यवस्था गर्न सकिन्छ।
* अपुष्ट सूचना तथा हल्ला नफैलाऔं। आधिकारिक सूचना मात्र शेयर गरौं।
* उद्धार तथा राहत कार्यमा अवरोध हुने गरी प्रभावित क्षेत्रमा अनावश्यक भीड नगरौं।

यो समय एकअर्कालाई साथ दिने समय हो। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत दिन सक्छ।

आफू सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित रहन सहयोग गरौं। 🙏

Photos from Shivapuri Youth Club's post 02/06/2026

Team Shivapuri Youth Club⚽️⚽️⚽️

29/05/2026

Goal !

29/05/2026

Shivapuri youth club vs Kimathanka

Photos from Shivapuri Youth Club's post 26/04/2026

Second position… not bad, yeah! 🥈🔥

Big congratulations to the entire squad and our unbeatable support team – you guys were incredible all the way!

2nd Budhanilkantha Municipal Sports Shield 2083

Proud of the effort, the fight, and the spirit.

Photos from Shivapuri Youth Club's post 25/04/2026

⚽️Football, Basketball🏀 and Badminton🏸teams into Semi Final. 🏆

Proud moment that our Ward 04 has been performing well in the ongoing Nagar Shield 2083.
We are delighted and hopeful that our Football, Basketball and Badminton squad has reached the Semi Finals.
Let’s hope for the better result. ! ⚡️⚡️🏆

14/04/2026

प्रिय शिवपुरी युवा क्लबका सम्पूर्ण सदस्यहरू, आदरणीय सरोकारवाला व्यक्तित्वहरू, बुढानीलकण्ठका सम्पूर्ण बासिन्दा तथा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा,
नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

नयाँ वर्षले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको नयाँ ऊर्जा लिएर आओस् भन्ने कामना गर्दछु।

मधु कार्की,
अध्यक्ष शिवपुरी युवा क्लब, चपली बुढानीलकण्ठ

13/03/2026
Photos from Shivapuri Youth Club's post 31/01/2026

आज बुढानीलकण्ठ नगरपालिकामा स्थानीय वडाका प्रतिनिधिहरूको उपस्थितिमा एक आकस्मिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा मुम्बईबाट विशेष अतिथिका रूपमा उपस्थित दीपक जी, जो FIFA द्वारा अनुगमन गरिएका फुटबल ग्राउण्ड परियोजनाहरूमा सक्रिय रूपमा संलग्न रहँदै ३५ भन्दा बढी परियोजना सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको अनुभवी विज्ञ हुनुहुन्छ, उहाँको महत्वपूर्ण उपस्थिति रह्यो।
कार्यक्रममा बुढानीलकण्ठ नगरको गौरवको आयोजना — धनेश्वर फुटबल ग्राउण्ड को अवलोकन, सुझाव तथा आगामी विकासका विषयमा सकारात्मक छलफल भयो। यस अवसरमा शिवपुरी युथ क्लब का सदस्यहरूको समेत सक्रिय सहभागिता र सुझावहरू प्रस्तुत गरियो।

फुटबल र युवा भविष्यका लागि एक आशावादी कदम।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Chapaligaun/03
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00