25/08/2026
Welcome to Sunrise Village Shriantu!! 👏@
असल सोचौं,असल बनौं, असल साथी बनाउं ,असल काम गरौं र असल काम-कुराको
प्रचार -प्रसार गरौं । 🙏
25/08/2026
Welcome to Sunrise Village Shriantu!! 👏@
31/07/2026
#एकपटक अवस्य सुन्नुहोस् ! आगे आफ्नो मर्जी !! 🧘🏻♀️
Who I Am? | आत्म-खोज की सबसे गहरी यात्रा | Indian Philosophy Explained in Hindi | Monk stories क्या आपने कभी खुद से पूछा है — “Who I am?”क्या आप भी एक ऐसी भीड़ का...
25/07/2026
“ #किराँतीहरूले वंश सोधे सूर्यवंशी भन्नु, मार्गी सोधे शिवमार्गी भन्नु ! अर्काको नक्कल गर्दा आफ्नो सक्कली पहिचान हराउने भएकोले आफ्नो इतिहास, धर्म, संस्कृति, भाषा, लिपि र कर्ममा अडिग रहि बस्नू !!"👉🏾महागुरू फाल्गुनन्द@
01/07/2026
ध्यान गर्नेहरूका लागि एउटा चेतावनी
धेरै मानिसहरू ध्यानलाई शान्ति प्राप्त गर्ने उपाय ठान्छन्। उनीहरू सोच्छन्—ध्यान गरेपछि मनमा केवल आनन्द हुनेछ, केवल प्रकाश हुनेछ, केवल प्रेम हुनेछ। तर यो आधा सत्य मात्र हो। आधा सत्यले कहिल्यै पूर्ण मुक्ति दिँदैन।
साँचो ध्यानले केवल आनन्दसँग भेट गराउँदैन, उसले तिमीलाई तिम्रो पीडासँग पनि आमनेसामने उभ्याउँछ।
किनकि वर्तमान क्षण कुनै सानो कोठा होइन, जहाँ केवल उज्यालो अटाओस्। वर्तमान त अनन्त आकाश हो। त्यसमा हाँसो पनि अट्छ, आँसु पनि। प्रेम पनि अट्छ, एक्लोपन पनि। जन्म पनि अट्छ, मृत्यु पनि। उज्यालो पनि अट्छ, अन्धकार पनि।
यदि तिमी केवल सुखलाई स्वीकार्छौ र दुःखबाट भाग्छौ भने, तिमी वर्तमानमा होइन, आफ्नो इच्छामा बाँचिरहेका छौ।
ध्यानको अर्थ सुखी हुनु होइन।
ध्यानको अर्थ सत्यसँग हुनु हो।
र सत्य सधैं सुखद हुँदैन।
जब तिमी मौनमा बस्छौ, सुरुमा बाहिरको आवाज हराउँछ। तर त्यसपछि भित्रका दबिएका आवाजहरू उठ्न थाल्छन्। बाल्यकालका घाउहरू, अपमानका सम्झनाहरू, अस्वीकार गरिएको क्रोध, दबाइएका आँसु, वर्षौँदेखि नरोइएका शोकहरू—सबै सतहमा आउन थाल्छन्।
यही क्षणमा धेरै मानिसहरू डराउँछन्।
उनीहरू सोच्छन्—“ध्यानले त मलाई झन् अशान्त बनायो।”
तर सत्य यसको ठीक उल्टो हुन्छ।
ध्यानले अशान्ति सिर्जना गर्दैन।
ध्यानले त केवल त्यही अशान्तिलाई देखाउँछ, जुन पहिलेदेखि भित्र लुकेर बसेको थियो।
जसरी सफा ऐनाले अनुहार लुकाउँदैन, ध्यानले पनि मनको वास्तविक अवस्था लुकाउँदैन।
Siddhartha Gautama ले दुःखबाट भाग्न सिकाउनुभएन। उहाँले दुःखलाई पूर्ण जागरूकताका साथ हेर्न सिकाउनुभयो। किनकि जुन पीडालाई पूर्ण रूपमा देखिन्छ, त्यसको बन्धन विस्तारै समाप्त हुन थाल्छ।
उपनिषद्हरूले पनि आत्मज्ञानको पहिलो सर्त सत्यसँग साक्षात्कारलाई मानेका छन्। सत्य केवल प्रकाश होइन; सत्यले छायाँलाई पनि समेट्छ। जुन मानिस आफ्नो अन्धकारलाई स्वीकार्न सक्दैन, उसले आफ्नो प्रकाशलाई पनि पूर्ण रूपमा जान्न सक्दैन।
हामीभित्र केही भावनाहरू यस्ता छन्, जसलाई हामी वर्षौँदेखि निर्वासनमा पठाइरहेका छौँ।
हामी क्रोधलाई अस्वीकार गर्छौँ।
डरलाई लुकाउँछौँ।
लाजलाई दबाउँछौँ।
शोकलाई रोक्छौँ।
आँसुलाई कमजोरी ठान्छौँ।
तर दबाइएको भावना मर्दैन।
ऊ केवल अचेतनमा लुकेर बस्छ।
ध्यानको मौनमा उसले फेरि ढोका ढकढक्याउँछ।
त्यसैले ध्यानको मार्गमा सबैभन्दा ठूलो साहस भनेको आनन्दको खोजी होइन; आफूबाट भागेर लुकाइएका सबै पक्षहरूलाई अँगाल्ने साहस हो।
जसरी आमाले एउटा बिरामी बच्चालाई घरबाट निकाल्दिनन्, त्यसैगरी जागृत चेतनाले पनि कुनै भावनालाई अस्वीकार गर्दैन।
साँचो ध्यानमा क्रोध पनि स्वागतयोग्य हुन्छ।
डर पनि।
शोक पनि।
अपराधबोध पनि।
किनकि यी सबै शत्रु होइनन्।
यी त वर्षौँदेखि प्रेमको प्रतीक्षामा बसेका भित्री बालबालिका हुन्।
हामीले उज्यालोलाई मात्र प्रेम गर्न सिकेका छौँ।
तर आध्यात्मिकता तब सुरु हुन्छ, जब हामी अन्धकारलाई पनि करुणाले अँगाल्न सिक्छौँ।
धेरै मानिसहरू ध्यानलाई भाग्ने ठाउँ बनाउँछन्।
उनीहरू मौनमा बस्छन्, तर आफूलाई महसुस गर्न होइन; आफूलाई बिर्सन।
उनीहरू मन्त्र जप्छन्, तर घाउ निको पार्न होइन; घाउको आवाज दबाउन।
उनीहरू समाधि खोज्छन्, तर मानवता स्वीकार्न होइन; मानव अनुभवबाट टाढा भाग्न।
त्यो ध्यान होइन।
त्यो त आध्यात्मिकताको नाममा गरिएको अर्को पलायन मात्र हो।
साँचो ध्यानले तिमीलाई देवता बनाउँदैन।
पहिले उसले तिमीलाई पूर्ण रूपमा मानिस बनाउँछ।
र जब तिमी आफ्नो सम्पूर्ण मानवतालाई—आँसु, हाँसो, प्रेम, डर, कमजोरी, करुणा, अन्धकार र उज्यालोसहित—स्वीकार गर्न थाल्छौ, त्यही स्वीकृतिको गर्भबाट आत्मज्ञान जन्मिन थाल्छ।
किनकि मुक्ति दुःखबाट भागेर प्राप्त हुँदैन।
मुक्ति त दुःखलाई पूर्ण चेतनाका साथ अँगाल्दा जन्मिन्छ।
यही कारणले बुद्धले दुःखलाई शत्रु होइन, ज्ञानको ढोका भन्नुभयो।
यही कारणले उपनिषद्हरूले आत्मालाई प्राप्त गर्नुभन्दा पहिले अज्ञानलाई प्रत्यक्ष देख्न आग्रह गरे।
र यही कारणले साँचो ध्यानको अन्त्य कुनै अलौकिक अनुभवमा होइन, बरु यस्तो सरल बोधमा हुन्छ—
“म आफ्नो प्रकाश मात्र होइन।
म आफ्नो अन्धकार पनि हुँ।
र जब म दुवैलाई बिना प्रतिरोध अँगाल्छु,
त्यही क्षण म सम्पूर्ण हुन्छु।”cp but realization!!🧘🏻♂️@
24/06/2026
यदि तपाईंले डाक्टर र अौषधि खोजि हिड्नु परेको छैन अनि,
पुलिस र अदालतले तपाईंलाई खोजिरहेको छैन भने जस्ले जे भनेपनि तपाईं निकै सुखी मान्छे हो ❗️जहांसम्म शान्तिको कुरा छ त्यो चाहिं आफैं भित्र छ बाहिर नखोज्नू‼️💕@
23/06/2026
#”योग एवं जीवन बिज्ञान” पुस्तक भित्र -
"प्रेरणादायी सद्विचार"
हामी सामान्य व्यक्ति होइनौं ।राष्ट्रको प्रतिनिधि,ऋषि पुत्र, आर्य पुत्र,नेपाल आमाको कोखबाट जन्मेको ईश्वरपुत्र हो । हाम्रो हातमा देशको भविष्य छ । अगाडि बढौ । युग हाम्रो हो, परिवर्तन सम्भव छ ।🕉️@