Lion Tel-Aviv FC

Lion Tel-Aviv FC

Share

`खेल हारजित हो, संयम खेलाडीको परिचय´खेलका माध्यमबाट नेपालीहरुलाइ एकठाउँमा जोड्ने सुक्ष्म चेष्टा⚽️🇳🇵

27/08/2026

Happy Birthday Kalyan Dumzan 💐

Keep bringing that energy, passion and fighting spirit to every game! May you score more goals, create more magic and celebrate countless victories. Wishing you happiness, success, good health, and an amazing football journey ahead!

Keep fighting. Keep scoring. Keep shining! Once again Happy Birthday, our energetic Lion Tel-Aviv FC member Kalyan! 🎂

More Goals. More Glory. More Victories!

27/08/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना।

नेपाल-चीन सीमा क्षेत्र रसुवागढी हुँदै नेपाल भित्रीएको विनाशकारी भीषण बाढीका कारण भएको जनधनको क्षति प्रति लायन तेलअभीव, ईज्रायल परिवार गहिरो दुःख व्यक्त गर्दछौं।

यस दुःखद प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउँनुहुने सम्पूर्ण मृतकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

साथै, सम्पर्क विहीन नागरिक, पर्यटकहरू सकुशल सम्पर्कमा आउन्। घाइतेहरूमा शीघ्र स्वस्थलाभको कामना साथै प्रभावित क्षेत्रमा सम्बन्धित निकाय तथा सम्पूर्ण सरोकारवालाहरू बाट उद्धार, राहत तथा पुन:स्थापनाका कार्यहरू प्रभावकारी रुपमा अघि बढुन भन्ने हार्दिक अपिल गर्दछौँ।

शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना। सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।

लायन तेलअविव ईज्राईल परिवार।

26/08/2026

हार्दिक श्रद्धाञ्जली!

लामो समय देखि इजरायललाई कर्मभूमि बनाई रहनुभएका हाम्रा प्रिय मित्र एवं फुटबल खेलाडी, साथै Jhapa FC - Israel का सदस्य मित्र Binam Chhetri का पूजनीय पिता तेजबहादुर महत मिति २०८३ भाद्र ०८ गते दिवंगत हुनुभएको खबरले Lion Tel-Aviv FC परिवारलाई अत्यन्त दुःखित तुल्याएको छ।

यस दु:खद घडिमा दिवंगत तेजबहादुर महत प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ। साथै, शोकसन्तप्त परिवार तथा आफन्तजनमा भएको यो अतुलनीय क्षति र पीडालाई सहन सक्ने दैविक शक्ति प्राप्त होस् भनी प्रार्थना गर्दछौँ।

TelAviv FC परिवार।

19/08/2026

Get ready to rock 🥳

17/08/2026

कसले झुक्किएर Lion हरूको एक प्रति फोटो खिचिदिएछन्। 🤭😂

16/08/2026

हार्दिक धन्यवाद।

गत 14 August 2026 शुक्रवारको दिन, 7 star haifa द्वारा आयोजित ‘Independence day cup 2026’ को उद्घाटन समारोह संगै पहिलो चरणको खेल सम्पन्न भयो।

उद्घाटन खेलमा Lion Tel-Aviv FC VS Kayapalat FC विच प्रतिस्पर्धात्मक र सौहार्दपूर्ण रूपमा खेल सम्पन्न भएको थियो। जसमा लायन तेलअविवले १-० को अग्रता लिंदै Semi-final प्रवेश गरेको छ।

यस खेलमा अत्यंत अनुभवी, उत्कृष्ट खेलाडी साथै लायनका स्ट्राइकर Rajib Ryan Rai लाई Man of the match घोषित गरिएको थियो। जसले लायनको तर्फ बाट १ गोल गर्दै आफ्नो टोलिलाई Semifinal को यात्रा सुनिश्चित गरे थिए।

Semifinal र Final खेल आगामी September 18 मा तेलअविव स्थित सोही स्थान र मैदानमा हुने भएको छ।

सहभागी १० टोलीहरू माध्ये - लायन, मनिपुर, राईजीङ् र दार्जीलिंग यूनाईटेडले Seminal यात्रा तय गरेको छ।

सहभागी सम्पूर्ण टिमहरूलाई धन्यवाद र अर्को चरणका लागी Qualified Team हरूलाई हार्दिक बधाई। 🎊

14/08/2026

Lion VS Kayapalat (1st match)

12/08/2026

यहीं 14 August मा 7 star haifa द्वारा आयोजना हुन लागेको Independence Day Cup 2026 फुटवल खेल प्रतियोगितामा हाम्रो Lion Tel-Aviv FC तर्फ बाट अन्तिम १३ खेलाडी सहित तिन अफिशियलहरूको नामावली दर्ता गरिएको छ।

मैदानमा कुशल नेतृत्व निर्वाह गर्नको लागी कप्तानको रूपमा Nabaraj Bista रहने छन् भने, खेलाडीहरूलाई दिशा निर्देशन एवम् सल्लाह सुझावका लागी प्रशिक्षकको रूपमा श्री Tenjeen Sherpa , व्यावस्थापन तर्फ श्री जीवन ढकाल साथै टोली प्रतिनिधि श्री Narad Bogati ज्यू सहितको उत्कृष्ट टोलीले यस प्रतियोगितामा Lion TelAviv FC को प्रतिनिधित्व गर्ने सहर्ष जानकारी गराउँदछौं।

जय लायन।

09/08/2026

के तपाईहरू तयारी हुनुहुन्छ?

ईज्रायल अवस्थित प्रतिष्ठित फुटवल क्लब 7 star haifa द्वारा, भारतको ८०औं स्वतंत्र दिवसको सुखद अवसरमा यहीं August 14 तारीख़ आयोजना गर्न लागेको “INDEPENDENCE DAY CUP-2026” खेल्नका लागी हाम्रो Lion Tel-Aviv FC तमतयार अवस्थामा छ।

यस फुटवल खेल प्रतियोगिताको पहिलो खेल अर्थात् उत्घाटन खेल समारोह “लायन तेलअविभ र Kayapalat FC” विच हुनेछ। यी दुईटै टोलीहरू ईज्रायल अवस्थित नेपाली भाषी फुटवल टोलिहरू मध्येमा आ-आफ्नो विभिन्न समयमा ऐतिहासिक जीतका साथ उत्कृष्ट टोलीका रूपमा आफुहरूलाई प्रमाणीत गरिसकेका टोलिहरू हुन्। दुईटै टोलीलाई जीतको शुभकामना। साथैं प्रतियोगिता आयोजना गर्नु हुने लाई वधाई एवम् सफलतापूर्वक प्रतियोगिता संपन्न होस- हाम्रो शुभकामना।

Date: 14 August 2026
समय: 17:00hrs onwards
स्थान: PARKING LOT, ROKACH BLVD 120, TEL-AVIV.

26/07/2026

ईज्रायल केवल आकर्षक रोजगारीको गन्तव्य मात्र होईन। खेलाडी, कलाकार एवम् सिर्जनशिल युवाहरूको उर्वर गन्तव्य पनि हो! यो उर्वर कर्मभूमिमा परिश्रमको सम्मान त छँदैनै छ, साथ-साथै हरेक क्षेत्रका युवा प्रतिभालाई पनि उत्तिकै प्राथमिकता साथ सम्मान गरिन्छ!

त्यसैले विभिन्न प्रतिभाहरूलाई स्थान र सम्मानका निमित्त, यस कर्मभूमिमा कार्यरत दिग्गज व्यक्तित्व र विभिन्न सामाजिक संघ-संस्थाहरू बाट समय सापेक्ष विभिन्न खेलकूद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना हुँदै आईरहेको छ।

यसरी समय सापेक्ष आयोजना हुने हरेक कार्यक्रमहरूको उद्देश्य, एउटै कर्मभूमिमा कार्यरत सम्पूर्ण नेपाली भाषी, सामाजिक अगुवा, अग्रज साथै बृहद युवा वर्गलाई एउटै मञ्चमा उपस्थिति गराएर आपसी सद्भाव कायम राख्नु मुख्य उद्देश्य हो!

यहीं उद्देश्यका साथ आगामी Aug 14, 2026 मा 7 star haifa द्वारा बृहत् युवा, खेलाडी, एवम् खेल प्रेमीहरूलाई एउटै मैदानमा उपस्थित गराउँने हेतुले “1st - 80th Independence Day Cup 2026” आयोजना हुँदैछ! यस सुखद अवसरमा हाम्रो गौरवमयी क्लब लायन तेलअविव पनि आफ्नो टोली सहित सगौरब उपस्थित हुने जानकारी गराउँदै आयोजक कमिटीलाई हार्दिक वधाई एवम् कार्यक्रम सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछौं!

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu