Takraw Nepal

Takraw Nepal

Share

we love Sepaktakraw. #takrawnepal

11/08/2026

We take pride in announcing that the life’s journey ASTAF President Datuk Abdul Halim Kader who also is the Secretary General, ISTAF and President, TAMAN BACAAN is now ready for everyone to appreciate and learn. We urge everyone to access the website for it is going to be your beacon of light in Community Develeopment, in Sepaktakraw, and in National Governance.

Abdul Halim Kader | Leader. Mentor. Visionary. Abdul Halim Kader — Leader. Mentor. Visionary. Advancing Sepaktakraw across Asia and the world.

18/05/2026


Basic controlling school
wearesepaktakraw

27/03/2026

https://www.facebook.com/share/p/1C7Vhjn4zv/

आदरणीय आमा–बुबा/दाजु–भाइ/दिदी–बहिनीहरू,

आज मैले सम्माननीय राष्ट्रपतिज्यूबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा युवा तथा खेलकुद मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छु। एकै साथ दुई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नु र नेपाल सरकारको प्रवक्ताजस्तो महत्वपूर्ण जिम्मेवारी प्रदान हुनु मेरा लागि एकैसाथ ठूलो अवसर र चुनौती हो। यसका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, मेरो दल र दलको नेतृत्व तथा सरोकारवाला सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु।

यो जिम्मेवारीलाई मैले केवल पदका रूपमा होइन, राष्ट्रको भविष्य निर्माण गर्ने शिक्षा प्रणालीको सुदृढीकरण, वैज्ञानिक सोचको विकास, प्रविधिमैत्री समाज निर्माण, साथै युवाशक्तिको सशक्तीकरण र खेलकुदमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्ने जिम्मेवारीका रूपमा ग्रहण गरेको छु। विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा सम्पूर्ण युवापुस्ताका अपेक्षाहरूलाई आत्मसात गर्दै, गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवर्द्धनमा पूर्ण प्रतिबद्धताका साथ लाग्ने प्रण गर्दछु।

वैश्विक प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन, र प्रविधिको प्रभावकारी उपयोगमार्फत राष्ट्र निर्माणमा टेवा पुर्‍याउनेछु। साथै, युवाहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई सही दिशामा परिचालन गर्दै उद्यमशीलता, रोजगारी र नेतृत्व विकासका अवसरहरू विस्तार गर्नेछु। खेलकुद क्षेत्रको व्यावसायिक विकास, प्रतिभाको पहिचान र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सशक्त उपस्थिति सुनिश्चित गर्न दृढताका साथ अघि बढ्नेछु।

सम्पूर्ण नेपाली जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। त्यो विश्वासलाई कहिल्यै टुट्न नदिने संकल्पका साथ, पारदर्शिता, उत्तरदायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नेछु। संवाद, सहकार्य र समन्वयमार्फत शिक्षा, विज्ञान, प्रविधि तथा युवा र खेलकुद क्षेत्रको समग्र रूपान्तरणमा इमान्दारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।

ममाथि विश्वास गरी यो महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएकोमा पुनः सबैमा हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद। जय देश ! 🇳🇵

सस्मित पोखरेल
मन्त्री,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा युवा तथा खेलकुद मन्त्रालय
एवं प्रवक्ता
नेपाल सरकार

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu