Khelsansar Nepal

Khelsansar Nepal

Share

कुनै पनि खेलको प्रशिक्षक, खेलाडी तथा खेल विशेषज्ञसङग प्रत्येक्ष खेलकुदको कुरा ।।।

25/08/2026

नेपालले पिकलबलको विश्वकप खेल्ने...

नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ । पहिलोपटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहीबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ ।
अगष्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म हुने प्रतियोगिताको सिनियर क्याटेगोरीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधानले प्रतिस्पर्धा गर्ने छन् ।
त्यस्तै, ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्षा राणा, सञ्जील कन्साकार र किरण खनालले भाग लिने छन् ।
व्यवस्थापक तथा प्रशिक्षकमा सौरभ भण्डारी छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

24/08/2026

जुडो एसियाड टोलीलाई सिटी स्क्वायरको प्रोत्साहन....

सिटी स्क्वायर मल, सामाखुशीले २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेको छ । सिटी स्क्वायरका प्रतिनिधि रवि स्यावाले ६ खेलाडी र १ प्रशिक्षकलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जनही ७ हजार नगद आइतबार हस्तान्तरण गरे ।
स्यावाले सानो सहयोगले पनि खेलाडीको मनोबल बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई सफलताका लागि शुभकामना दिए ।
एसियाडका लागि जुडो टोलीका टिम व्यवस्थापक नेपाल जुडो संघका उपाध्यक्ष रमेश महर्जनले सहयोगका लागि धन्यवाद दिए ।
जापानको आइची÷नागोयामा असोज ३ गतेदेखि सुरु हुने एसियाडमा जुडोबाट समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।
पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्ने छन् । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ४८ केजीमुनि निशा श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठ सहभागी हुने छन् ।
देवकी र विकासको दोश्रो एसियाड सहभागिता हो । बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका हुन् । दवकी र निशा दिदीबहिनी तथा विकास र विशेष दाजुभाइ हुन् । प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् ।

Gumjanti Magar

24/08/2026

चौधौ साग चैतमा।।।

पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
बैठकले पाकिस्तानमा हुने १४ औं सागमा विभिन्न २८ खेल समावेश गर्ने निर्णय पनि गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तर्फबाट बैठकमा सहभागी राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले जनाएकी छन् ।
समावेश गरिने खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल (३ एक्स ३÷५ एक्स ५), बिलियर्ड एन्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल (बिचसहित), हक्की, जुडो, कबड्डी, कराते, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल (बिचसहित), भारोत्तोलन, कुस्ती र उसु रहेका छन् । सागको १३ औं संस्करण नेपालमा सन् २०१९ को डिसेम्बरमा भएको थियो ।

Photos from Khelsansar Nepal's post 23/08/2026

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित 'पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (PMNC) नेपाल २०२६ फल' को ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्दै खेलाडीहरू। देशभरका उत्कृष्ट १६ टोली सहभागी यस प्रतियोगिताबाट शीर्ष १२ टोली PMNC South Asia Playoffs का लागि छनोट हुनेछन्।

Photos from Khelsansar Nepal's post 23/08/2026

नेपाल भलिबल लिग (एनभीएल)को पहिलो संस्करणको ट्रफी अनावरण समारोहअन्तर्गत आइतबार ललितपुरको पाटन दरबार क्षेत्रमा ट्रफी सार्वजनिक गर्नुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन । एनभीएल यही भदौ १९ गतेदेखि काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुँदैछ।

Photos from Khelsansar Nepal's post 22/08/2026

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक...

दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन् । प्रतियोगिताको फाइट क्योरुगी विधामा नेपालका दिपक छन्त्यालले स्वर्ण र मेग्मा गुरुङले कांस्य पदक जितेका हुन् । मेग्माले गत संस्करणमा रजत जितेकी थिइन् ।
८०–८४ केजीतौल समूहमा प्रतिस्पर्धा गरेका दिपकले स्वर्ण पदक जित्ने क्रममा तीन चरणमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा उनले जर्मनीका खेलाडीलाई पराजित गर्दै अर्को चरणमा प्रवेश गरे । त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाका खेलाडीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरे । फाइनलमा दिपकले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् ।
दुवै खेलाडीको सफलतालाई नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको नेपाल हाप्किडो संघका महासचिव इन्द्रबहादुर महराले बताए । उनले नेपाली खेलाडीको प्रदर्शनले अन्तर्राष्ट्रिय हाप्किडोमा नेपालको पहिचान थप बलियो बनाएको बताए ।

Photos from Khelsansar Nepal's post 22/08/2026

मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

मार्वलस सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको हलमा भएको सिनियर ब्वाइजको प्रतिपर्धात्मक फाइनलमा मार्वलसले रेडियन्ट पब्लिकलाई ६३–५८ ले पराजित ग¥यो । मार्वलसको जितमा सिनेप शाहीले १८ अंक योगदान गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा दृष्य गुरुङको १९ अंक सहयोगमा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई ३९–१४ ले हरायो ।
जुनियर ब्वाइजको फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३५–२० ले पाखा लगायो । एन्जल्स हार्टका सौरव श्रेष्ठ र अविरल सापकोटाले समान १४–१४ स्कोर गरे ।
सिनियर ब्वाइजमा मार्वलसका रोशन कुश्वा, सिनियर गल्र्समा भ्याली पब्लिककी सपना गिरी र जुनियर ब्वाइजमा एन्जल्स हार्टका सौरव श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकका मदन बस्नेत, सिनियर गल्र्समा रेडियन्टकै प्रीतिका रसाइली र जुनियर ब्वाइजमा इबीएका प्रसुन श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
सिनियर ब्वाइजमा सम्पदा, सिनियर गल्र्समा आर्या एकेडेमी र जुनियर ब्वाइजमा तेजस्वी एकेडेमीले अनुशासित टिमको ट्रफी हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्रा.डा. रामकृष्ण महर्जन, ग्रिनफिल्डका कार्यकारी निर्देशक राजुराम अधिकारी र निर्देशक अर्जुन अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा ग्रिनफिल्डमा लगातार १५ वर्षसम्म बास्केटबल प्रशिक्षकका रुपमा कार्यरत रमेश लामालाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
साउन २३ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा ३० तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १६–१६
टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Photos from Khelsansar Nepal's post 22/08/2026

स्वस्तिश्रीमा एस. जी. अन्तरविद्यालय फुटसल सुरु...
स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एस. जी. अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ४५ टोलीको सहभागिता रहेको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी सबिता राना मगर र स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलकी प्रबन्ध निर्देशक मिना महर्जनले फुटबल रेफ्रीलाई बल हस्तान्तरण गरेसँगै प्रतियोगिताको औपचारिक सुरुवात भएको हो। कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी तथा सशस्त्र प्रहरी बल (एपीएफ) का मुख्य प्रशिक्षक जिबेसकुमार पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा यू–११ ब्वाइज, यू–१२ ब्वाइज, यू–१४ ब्वाइज र यू–११ गल्र्स गरी चार विधामा विभिन्न विद्यालयका युवा खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई प्रतिस्पर्धात्मक खेलको अनुभव हासिल गर्ने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा अनुशासन, आत्मविश्वास र टिमवर्क विकास गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

21/08/2026

पौड्याल सचिवमा मनोनित।।।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्र पौड्याल दसौं राष्ट्रिय खेलकुद कार्य सम्पादन समितिको सचिवमा मनोनित भएका छन् ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन प्रक्रियालाई सरल, पारदर्शी र मितव्ययी बनाइ खेलकुदलाई मर्यादित, स्वच्छ, निष्पक्ष र व्यवस्थित रुपमा सञ्चालन गर्न बनेको राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिमा भएको व्यवस्था बमोजिम पौड्याललाई सचिव पदमा मनोनित गरिएको हो ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहताले पौड्याललाई शुक्रबार पत्र हस्तान्तरण गरे । दसौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म हुनेछ ।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Tripureshwor
Kathmandu