Annapurna Football Academy

Annapurna Football Academy

Share

Developing Local Players into Professionals; Guided by Discipline and the Spirit of the Game.

29/08/2026

यस पालि को तीज केही राम्रो को लागि, भोलि का सुन्दर भविष्यको लागि।

26/08/2026

Stay Safe,Stay Alert.

22/08/2026

स्थानीय खेलाडी प्रो बनाउँछौँ, खेल भावना र अनुशासनले सजाउँछौं।

22/08/2026

Good luck to our academy players for the U-15 selection ongoing at Pokhara Rangashala today.Make us proud,Give your all.

15/08/2026

केही समय को अन्तराल पछि नियमित रूपमा प्रशिक्षण भोलि बाट सुरु भएको जानकारी गराउँदै सम्पूर्ण खेलाडी भाई बहिनी हरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
माछापुच्छ्रे मा वि को खेल मैदान
४:३० बजे

15/08/2026

⚠️ सावधानी तथा सतर्कताको सूचना ⚠️

हाम्रो क्षेत्रमा हाल भारी वर्षा भइरहेको हुँदा सबैजना सजग र सतर्क रहौँ। 🌧️

सम्भावित बाढी, पहिरो, खोलानाला तथा सडकमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी अत्यावश्यक कामबाहेक जोखिमपूर्ण स्थानमा नजानुहोस्।

आफू पनि सुरक्षित रहौँ, परिवार तथा छिमेकीलाई पनि सचेत गराऔँ। 🙏

सुरक्षित रहौँ, सतर्क रहौँ।

13/08/2026

हरितालिका तीज मेला-२०८३

Photos from Annapurna Football Academy's post 12/08/2026

हरितालिका तीज २०८३ को अवसरमा विशेष च्यारिटी कार्यक्रम!
अन्नपूर्ण खेलकुद तथा समाज विकास संस्थाको आयोजनामा च्यारिटी भेट्रान तथा यू–१४ फुटबल प्रतियोगितासँगै भव्य सांगीतिक कार्यक्रम आयोजना हुँदैछ।यो केवल फुटबल प्रतियोगिता र मनोरञ्जनको कार्यक्रम मात्र होइन-यो हाम्रा युवा खेलाडीहरूको सपना र भविष्य निर्माण गर्ने अभियान हो।
अन्नपूर्ण खेलकुद तथा समाज विकास संस्था ले बालबालिका तथा युवालाई नियमित फुटबल प्रशिक्षण प्रदान गर्दै उनीहरूको प्रतिभा विकास, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको छ। विभिन्न प्रतियोगितामा खेलाडीहरूको सहभागिता र निरन्तर प्रशिक्षणका लागि खेलकुद सामग्री तथा आर्थिक स्रोतको आवश्यकता निरन्तर रहन्छ।त्यसैले यस च्यारिटी कार्यक्रमबाट संकलित रकम निम्न कार्यमा प्रयोग गरिनेछ:
खेलाडीहरूको नियमित फुटबल प्रशिक्षण
जर्सी, फुटबल, जुत्ता तथा अन्य खेलकुद सामग्री
विभिन्न प्रतियोगितामा खेलाडीहरूको सहभागिता
नयाँ युवा प्रतिभाको पहिचान तथा विकास
एकेडेमीका दीर्घकालीन खेलकुद गतिविधिको निरन्तरता
साथमा अनुभवी तथा पूर्व खेलाडीहरूको सहभागितामा भेट्रान फुटबल र भविष्यका स्टार खेलाडीहरूको सहभागितामा यू–१६ फुटबल प्रतियोगिता हुनेछ। खेलसँगै सांगीतिक कार्यक्रमले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाउनेछ।
तपाईंको सानो सहयोगले एक युवा खेलाडीको ठूलो सपना पूरा गर्न सक्छ।
आउनुहोस्,खेललाई सहयोग गरौँ। प्रतिभालाई प्रोत्साहन गरौँ। भविष्यका खेलाडी निर्माण गरौँ।
खेलाडी, अभिभावक, पूर्व खेलाडी, खेलप्रेमी, कलाकार, व्यवसायी तथा सम्पूर्ण शुभेच्छुकहरूलाई यस अभियानमा सहभागी भई सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ।
अन्नपूर्ण खेलकुद तथा समाज विकास संस्था “स्थानीय खेलाडी प्रो बनाउछौ;अनुशासन र खेल भावनाले सजाउछौ।”

Want your business to be the top-listed Gym/sports Facility in Kaski?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Annapurna Rural Municipality
Kaski
33700