Araniko Yuwa Club पुनर्वास २,अरनिकोबस्ती,कञ्चनपुर

  • Home
  • Nepal
  • Kanchanpur
  • Araniko Yuwa Club पुनर्वास २,अरनिकोबस्ती,कञ्चनपुर

Araniko Yuwa Club पुनर्वास २,अरनिकोबस्ती,कञ्चनपुर देश बिकास,अनुशासन र गतिशिलतामा युवा श–शक्तिकरणका लागि खेल//

🎂जन्मदिनको हार्दिक मंगलमय शुभकामना!🎂यस अरनिको युवा क्लबका सचिव, जीवन तामाङज्यूलाई आज पर्न गएको जन्मदिनको अवसरमा हार्दिक ...
27/09/2026

🎂जन्मदिनको हार्दिक मंगलमय शुभकामना!🎂
यस अरनिको युवा क्लबका सचिव, जीवन तामाङज्यूलाई आज पर्न गएको जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। । यस पवित्र दिन संगै तपाईंको जीवनमा सधैँ सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि, सफलता र खुसीले छाइरहोस्। आगामी दिनहरू अझ उत्साह, ऊर्जा र उपलब्धिमय बन्दै जाऊन्। समाज र युवाप्रतिको तपाईंको सकारात्मक योगदानले निरन्तर नयाँ उचाइ हासिल गरोस् भन्ने हार्दिक मंगलमय शुभकामना। 🌸 🎂 तपाईको हरेक सपना पूरा होऊन्, हरेक पाइला सफलतातर्फ अघि बढून् र जीवन सधैँ मुस्कानले भरिपूर्ण रहोस्।

सुर्य तामाङ
अध्यक्ष , एवं
अरनिको युवा क्लब परिवार
पुनर्वास नगरपालिका–२, अरनिको बस्ती, कञ्चनपुर

HAPPY BIRTHDAY, SAMIR TAMANG! ⚽🎉Let’s celebrate the birthday of our handsome, disciplined and talented player, Samir Tam...
22/09/2026

HAPPY BIRTHDAY, SAMIR TAMANG! ⚽🎉
Let’s celebrate the birthday of our handsome, disciplined and talented player, Samir Tamang! ❤️🔥
Your dedication, discipline and passion for football make you a valuable member of our team. We wish you a wonderful birthday filled with happiness, good health, success and many more victories on the field. 🏆⚽
Keep working hard, keep shining, and keep making Araniko Yuwa Club proud! ❤️💪
🎂🎊 Wishing you a very Happy Birthday, Samir!

20/09/2026

arpan tamang on🔥🔥🔥

अरनिको युवा क्लबलाई माया गर्दै मलेसियाबाट १६ थान जर्सी प्रायोजन गरिदिनुभएकोमा मनकामना FC परिवार, मलेसियाप्रति अरनिको युव...
07/09/2026

अरनिको युवा क्लबलाई माया गर्दै मलेसियाबाट १६ थान जर्सी प्रायोजन गरिदिनुभएकोमा मनकामना FC परिवार, मलेसियाप्रति अरनिको युवा क्लब परिवारको तर्फबाट हृदयदेखि नै हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्दछौँ।
खेलकुदप्रति तपाईंहरूले देखाउनुभएको माया, युवा पुस्ताप्रतिको विश्वास र अरनिको युवा क्लबप्रतिको यो अमूल्य सहयोग हाम्रो लागि केवल जर्सी मात्र नभई हौसला, प्रेरणा र आत्मीयताको सुन्दर उदाहरण हो।
यस विशेष सहयोगका लागि मनकामना FC का अध्यक्ष आदरणीय सूर्य लामा ज्यु तथा कप्तान सुदेश तामाङ ज्युलाई विशेष धन्यवाद तथा सम्मान व्यक्त गर्दछौँ। 🙏
तपाईंहरूको साथ र सहयोगले हाम्रो यात्रामा थप ऊर्जा र उत्साह थपेको छ। आगामी दिनमा पनि यस्तै माया, साथ र सहकार्यको अपेक्षा राख्दछौँ।
“Together, Manakamana Family & Araniko Yuwa Club — United by Love, Strengthened by Support, and Connected by Football.” ❤️⚽
🙏 हार्दिक धन्यवाद तथा उच्च सम्मान mankamana FC malaysia 🙏
अरनिको युवा क्लब परिवार ⚽❤️

आजभन्दा केही समय अगाडि सम्पन्न अखिल नेपाल फुटबल सङ्घको कार्यक्रम अनुसार क्लब स्तरीय U-16 को राष्ट्रिय फुटबल प्रतियोगिताम...
06/09/2026

आजभन्दा केही समय अगाडि सम्पन्न अखिल नेपाल फुटबल सङ्घको कार्यक्रम अनुसार क्लब स्तरीय U-16 को राष्ट्रिय फुटबल प्रतियोगितामा मछिन्द्र क्लबबाट खेल्नुहुने विकास थापा भाइले आफ्नो खेल कौशल देखाउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको पुरस्कार जित्नुभएको थियो त्यसमा उहाँले ३० गोल गर्नुका साथै १० खेलमा मेन of the म्याचको उपाधि जित्न सफल हुनुभएको थियो। हाल भएको U-15 छनौट प्रतियोगितामा यस्ता प्रतिभावान खेलाडी छनौट नहुनुको कारण के हो ? यसका बारेमा जानकारी गराउनु पर्नेछ। किनभने खेलाडीमा राम्रो खेल्ने क्षमता थिएन भने ३० गोल कसरी हान्न पुगे र १० वटा म्याचमा उत्कृष्ट खेलाडीको मेन अफ द म्याच कसरी जित्न सफल भए यो गजबको कुरा छ। सुदूरपश्चिम प्रदेशमा जन्मिनु नै उहाँको गल्ती हो र ? हैन भने के कमी भयो अहिले पनि जिल्ला तहदेखि प्रत्येक छनौटमा उत्कृष्ट प्रदर्शन गर्दै केन्द्रीय छनौटका लागि काठमाडौँ पुगेको बालक आज अचानक कसरी छनौट हुन सकेन यसको चर्चा अवश्य पनि हुनेछ र यसको जवाफ छनौटकर्ताहरूले दिनुपर्नेछ।......... व्यक्तिगत रूपमा छनौट समितिका हरेक गुरुहरूको मेरो व्यक्तिगत तर्फबाट सम्मान छ। तर यस खेलाडीका बारेमा छनौट समितिमा रहेका अग्रज गुरुहरुले अवश्य पनि एकपटक सोच्नुहोला साँच्चिकै यो खेलाडी टिममा पर्न लायक थिएन र ? यसको मूल्याङ्कन गुरुहरू माथि नै छोडिदिए..... यसका साथै यस्तै किसिमको छनौट कार्यक्रमहरू आउँदा दिनहरूमा पनि भइ रहने हो भने यस्ता छनौटमा कञ्चनपुर जिल्लाको सहभागिता बारेमा कञ्चनपुर जिल्लाका फुटबलमा लागेका व्यक्तिहरूले हजारौंपटक सोच्नुपर्नेमा बाध्य हेनेछ । यसभन्दा अगाडिको छनौट प्रतियोगितामा पनि यस क्षेत्रबाट कुनै पनि खेलाडी सहभागी गराउनुभएको थिएन भने यसपटक पनि यति उत्कृष्ट खेलाडी तयार गरेर पठाउँदा पनि छनोट प्रक्रियामा छनोट हुँदैनन् भने यस क्षेत्रले के गर्नुपर्ने हो ? त्यसका बारेमा पनि हामीलाई जानकारी गराउनुपर्ने हुन्छ किनभने देशले मागेको खेलाडी प्रतियोगिताले उत्कृष्ट घोषित गरेको खेलाडी छनौटमा के कति कारणले पर्दैनन् त ? यसका बारेमा अवश्य पनि छलफल हुनु जरुरी छ। हामीले हाम्रो खेलाडी राम्रो हो। भनेका छैनौँ। हजुरहरूले नै प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी भनेर पुरस्कृत गरेको तस्बिर अखिल नेपाल फुटबल संघले जानकारी गराएको फोटोबाट नै देखिन्छ त्यसकारण खेल राम्रो हुँदाहुँदै पनि छनौट हुँदैन भने त्यसका लागि कहाँ जन्मिनुपर्छ को सित भन्नुपर्छ र कसको चाकरी गर्नुपर्छ यो मूल्याङ्कन हुन अति आवश्यक भइसकेको अवस्था देखिएको छ लेख्ने कुराहरु धेरै छन् तर सामाजिक सञ्जालमा के कति लेख्ने भन्ने कुरा मात्रै हो यो खेलाडी भाइसित यस्तो अन्याय होला भन्ने सायद कसैले चिताएको थिएन होला।........

अरनिको युवा क्लबबाट सुरु भएको तिम्रो यात्रा अब आउने दिनहरूमा राष्ट्रिय पोसाकमा देख्न पाऊँ भन्ने हामी सबैको ठूलो चाहना हो...
03/09/2026

अरनिको युवा क्लबबाट सुरु भएको तिम्रो यात्रा अब आउने दिनहरूमा राष्ट्रिय पोसाकमा देख्न पाऊँ भन्ने हामी सबैको ठूलो चाहना हो।
क्लबको जर्सीबाट सुरु भएको यात्रा एकदिन नेपालको राष्ट्रिय जर्सीमा देख्न पाऊँ—यही हाम्रो सपना र शुभकामना हो।
मेहनत गर्दै अघि बढ, सफलता तिम्रो कदम चुमोस्।
#बिकास थापा, तिमीलाई राष्ट्रिय जर्सीमा देख्ने दिनको प्रतीक्षामा छौँ। From Araniko Yuwa Club to the National Jersey may your dream become our pride.
#अरनिको युवा क्लब परिवार

03/09/2026

Match Result
​AYC 3 – 1 Hamro Ekata Hamro Bal, Mahendranagar
​Goal Scorers for AYC
​Ayush Tamang: 2 goals
​Rabi Tamang: 1 goal
​With this victory, AYC advances to the semifinals.
​Upcoming Semifinal Schedule
​Date: 2083/05/20
​Kick-off Time: 1:00

Address

Kanchanpur

Alerts

Be the first to know and let us send you an email when Araniko Yuwa Club पुनर्वास २,अरनिकोबस्ती,कञ्चनपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Araniko Yuwa Club पुनर्वास २,अरनिकोबस्ती,कञ्चनपुर:

Shortcuts

Share

Category