Sayapatri Boys Union Club

Sayapatri Boys Union Club

Share

Always one step ahead Sports club

Photos from Sayapatri Boys Union Club's post 23/05/2025

हिजो सम्पन्न सुन्दरीचौक गोल्डकप को सेमीफाइनलमा APF सङ्ग पराजित भएसङ्गै हाम्रो टोली फाइनलको यात्रा गर्न सकेन तर हाम्रा युवा खेलाडी भाइहरुले ठुला टोली सङ्ग खेलेको अनुभव सङ्गाल्ने अवसर प्राप्त गरेका छ्न साथै आगामी प्रतियोगिताहरु यहि अनुभवलाई समेट्दै उत्कृष्ट खेल पस्किने छ्न भन्ने कुरामा हामी बिश्वस्त छौ। प्रतियोगितामा सहभागीताका लागि सहयोग गर्नहुने वडा कार्यालय परिवार एवम् सहयोगीहरुलाइ धन्यवाद ज्ञापन गर्दछौ।विशेष गरि हाम्रो टोलीका प्रशिक्षक Subash Kc सर प्राविधिक सहयोगका लागि Sujohn Stha सर प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छौ।

Photos from Sayapatri Boys Union Club's post 22/05/2025

हाम्रो क्लब मिक्लाजुङमा जारी सुन्दरी चौक गोल्डकपको सेमिफाइनलमा APF सुनसरी विरुद्ध खेल्दैछ सम्पुर्ण टोलीलाई अग्रिम जितको लागि शुभकामना साथै प्रतियोगिता अवधीभर हामीलाई मिनिरल पानी उपलब्ध गराइदिनुहुने Panbari cafe & Bakery house लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।

Photos from Sayapatri Boys Union Club's post 20/05/2025

मिक्लाजुङमा जारी प्रथम सुन्दरीचौक गोल्डकपको क्वार्टरफाइनल खेलमा पथरी इन्ट्रा टीमलाई ४-० को जित सहित सेमिफाइनलको यात्रा तय गरेको छ। साथै यसै खेलमा ह्याट्रिक गर्न सफल यस क्लबका खेलाडी भाइ अर्जुन लिम्बु सहित सम्पुर्ण टोलीलाई बधाई ज्ञापन गर्दछौ। यस प्रतियोगितामा सहभागीताका लागि जर्सी प्रायोजन गर्नुहुने आदरणीय दाइ दिनेश भण्डारी अनि पहल गर्दिनुहुने वडा सदस्य यसै क्लबका उपाध्यक्ष राजेन्द्र न्यौपाने अझ विशेष सहयोग गर्नुहुने ६ नं. वडा कार्यालय, धरान उपमहानगरपालिका कार्यालय परिवार र वडाध्यक्ष श्री भुपेन्द्र भट्टराई ज्युलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।

20/05/2025

प्रथम सुन्दरी चौक नकाउट फुट्बल प्रतियोगितामा हाम्रो क्लब धरानकै प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्दैछ। सम्पुर्ण टोलीलाई जितको शुभकामना व्यक्त गर्दछौ।

Photos from Sayapatri Boys Union Club's post 26/03/2025

समस्त धरान पानबारीबासीहरुलाई २५ औ गोधुली रनिङ्ग कप फुटबल को धरान ६ को खेल हेर्न आइदिनु हुन निमन्त्रणा गर्दछौ।

17/03/2025

प्रथम पानबारी वडाकप२०८१ संचालन गर्न सहयोग गर्नुहुने सम्पुर्ण संघ संस्था,व्यक्तीहरुप्रती पुनः धन्यवाद व्यक्त गर्दछौं। साथै यस प्रतियोगितामा भएका आयव्यय निम्नानुसार प्रस्तुत छ।उक्त आम्दानी भएको रकम आगामी गोधुली रनिङ्ग कपको तयारीका खर्च भइरहेको छ

01/01/2025

आयोजक टोलीले उहाँको योग्दानको स्मरण गर्दैघोपाली चौरी निमार्णकर्ता मध्येका एक तारा तामाङ्ग दाइ लाई सम्मानित गर्दै स्वास्थ्य लाभको कामना गरेका छौ।

प्रथम पानबारी वडा कपको अवसरमा हाम्रो यसै ठाउका आदरणीय व्यक्तित्व तारा तामाङ्ग ज्यु जसले घोपाली खेल मैदानलाइ अहिलेको अवस्थामा पुर्याउन साथै यस्ता खेलकुद लगायत बिभिन्न सामाजिक कार्यमा सहभागी भएर निकै लामो समय सकृय भुमिका निभाउनु भएको कुरालाइ स्मरण गर्दै आयोजक द्वारा सम्मान गरिएको छ !! साथै उहाको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौ !!😇🙏❤️

Photos from Sayapatri Boys Union Club's post 01/01/2025

प्रथम पानबारी वडा कप सफल बनाउन संरक्षकको भुमिका खेल्नुहुने वडा ६ कार्यालय धरान उपमहानगरपालिका मुख्य प्रायोजक,सह प्रायोजक,प्रायोजक,प्राबिधिक सहयोगी विभिन्न संस्था,स्थानीय व्यावसायी ,देशबिदेशमा रहनु हुने व्यक्ती,स्वयंसेवक लगायत सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौ। यहाँ हरुले देखाउने भएको माया,हौसला लगाव साच्चै अद्वितीय छ यसका लागि हामी सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।

Want your business to be the top-listed Gym/sports Facility in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Dharan-6, Panbari, Sunsari
Dharan