28/08/2026
🇳🇵❤️ यो जित रविन्द्र ढाँटको मात्र होइन, सिंगो नेपालको जित हो! 🥹🔥
देश पीडामा हुँदा विश्वमञ्चमा नेपालीको शिर उचो बनाएकोमा हार्दिक बधाई! 🙏👑
अब फाइनलमा पनि जितको झण्डा फहराओस्—सारा नेपाल तिम्रो साथमा छ। 🇳🇵❤️🥊
🇳🇵
28/08/2026
श्री बुद्ध एकता क्लब, बेलका नगरपालिका वडा-3 को प्रमुख डिफेण्डर, अनुशासित,ईमानदार र मेहनती खेलाडी श्री Bibash P Magar ज्यु लाई जन्मदिवसको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं !
तपाईंको ब्यक्तिगत र खेल जिवन सफलताले भरीपुर्ण होस् !
सकारात्मकता, अनुशासन र समर्पणभाव कायम रहोस् !
- श्री बुद्ध एकता क्लब परिवार, बेलका नगरपालिका- उदयपुर
27/08/2026
बेलका नगरपालिकाको युवा,अभिभावक,ब्यबसायी,विद्यार्थी उहाहरुको आफन्तजन जोकोही प्रकोप प्रभावित क्षेत्रमा हुनुहुन्छ र आपतकालीन सहयोगको जरुरत छ भने कृपया देहायको नम्बरमा सम्पर्क गर्नुहोला !
सूचनालाई सक्दो सेयर गरि बिपत्तिको बेला हातेमालो गरौं 🙏🙏
23/08/2026
श्री बुद्ध एकता क्लब, बेलका नगरपालिका उदयपुर को खेलाडीहरुको तालिम लाई सहयोग पुर्याउने हेतुले 2 थान फुटबल सेट उपलब्ध गराइ खेलाडिहरुको हौसला एवं प्रेरणा बढाइ खेलाडिहरुको खेल समयलाई सफल र प्रभावकारी बनाउन शुभेच्छा व्यक्त गरिदिनुहुने आदरणीय फुटबल खेलप्रेमी ब्याक्तित्व MANCHESTER UNITED FC का समर्थक श्री सुर्य राई ज्यु लाई क्लब परिवारको तर्फबाट हार्दिक आभार सहित स-हृदय धन्यवाद व्यक्त गर्दछौं !!
तपाईंको साथ-सहयोग र शुभेच्छाले टिमको आवश्यकतालाई परिपुर्ति मात्र गरेको छैन, एउटा निरन्तरको खेलभावनालाई समेत बढवा दिएको छ !
तपाईंको बिश्वस्नीय सहयोग र हौसलाको लागी पुनः धन्यवाद व्यक्त गर्दछौं !! आगामी दिनमा पनि यस्तै हौसला मिलिरहोस 🙏🙏⚽️⚽️
19/08/2026
⚽️ WORLD PHOTOGRAPHY DAY ⚽️
17/08/2026
श्री बुद्ध एकता क्लब, बेलका - ३ को गोलरक्षक सुसान दाहाल लाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं !!
तिम्रो हातमा बल रोक्ने मात्र होइन, टिमको सपना जोगाउने शक्ति छ। हरेक खेलमा अझ आत्मविश्वासी, उत्कृष्ट र सफल बन्दै जानु।
तिम्रो साहस, समर्पण र उत्कृष्ट बचाउले टिमलाई सधैं जितको बाटो देखाओस्। 💪🏆
जन्मदिनको धेरै–धेरै शुभकामना! ❤️🎉🙏⚽️
15/08/2026
दोस्रो किराँत चौक,खुल्ला फुटबल प्रतियोगिता -२०८३ को बिजेता REAL DUMRIBOTE FC र उपबिजेता Buddha unity club लाइ हार्दिक बधाई व्यक्त गर्दछौं !!❤️🙏
प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेकोमा फाइनल खेल 2-1 ले पराजित हुनु टिमको लागि सुखद नतिजा होइन ! यद्यपि,आगामी दिनमा अझ ससक्त र उत्कृष्ट लयमा टिमलाइ सफलताको उच्चस्थानमा उभ्याउन टिम प्रतिबद्ध छ ! प्रतियोगिताको लागि साथ र सहयोग पुर्याउनुहुने एवं शुभेच्छा प्रकट गर्नुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौं !!
यो सुन्दर अवसर ( प्रतियोगिता ) को लागि - YOUNG BOYS FC ( किराँत चौक) लाई हार्दिक धन्यवाद एवं आगामी सस्करणको अग्रिम शुभकामना व्यक्त गर्दछौं !
प्रतियोगिताको बेस्ट प्लेयर - राहुल & प्रतियोगिताको सर्बोत्कृस्ट डिफेण्डर कप्तान - सुशील थापा लाई हार्दिक बधाई ❤️🙏
डिफेण्डर - बिनोद थापालाई शिघ्र स्वास्थलाभको कामना 🙏
- श्री बुद्ध एकता क्लब परिवार, बेलका नपा - उदयपुर
15/08/2026
YOUNG BOYS FC ( किराँत चौक) द्वारा आयोजित "दोस्रो खुल्ला फुटबल प्रतियोगिता-२०८३" को फाइनल खेल अन्तर्गत REAL DUMRIBOTE FC विरुद्ध को प्रतिस्पर्धाको लागी श्री बुद्ध एकता क्लब लाई विजयको अग्रिम शुभकामना व्यक्त गर्दछौं !!🙏🙏
🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
घरेलु समर्थकका बीच उच्चस्तरीय प्रदर्शन मार्फत क्लबलाई उपाधी दिलाउन टिम सफल हुनेछ भन्ने पुर्ण बिश्वासका साथ पुनः शुभकामना ब्यक्त गर्दछौं !🙏🙏
⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️
- श्री बुद्ध एकता क्लब,परिवार - बेलका नगरपालिका, उदयपुर ❤️
12/08/2026
YOUNG BOYS FC ( किराँत चौक) द्वारा आयोजित "दोस्रो खुल्ला फुटबल प्रतियोगिता-२०८३" को पहिलो सेमिफाइनल खेल अन्तर्गत दुर्गा मन्दिर फुटबल क्लब लाई 2-0 गोल अन्तरले पराजित गर्दै श्री बुद्ध एकता क्लब प्रतियोगिताको फाइनल प्रवेश गरेकोमा टिमका खेलाडीहरु एवं अफिसियल महानुभावहरुमा हार्दिक बधाई एवं फाइनल खेलमा विजयको अग्रिम शुभकामना व्यक्त गर्दछौं !!
PLAYER OF THE MATCH - HIMAL MAGAR
श्री बुद्ध एकता क्लब परिवार,बेलका नपा- उदयपुर