08/06/2026
याङलिखाम एफ.सी. परिवारको तर्फबाट हाम्रो प्रिय खेलाडी सुजन याक्खालाई हार्दिक शुभकामना! ⚽✈️🇳🇵🇲🇾
आज नेपालबाट मलेसियातर्फको यात्रामा निस्किनुभएका हाम्रो प्रतिभाशाली खेलाडी तथा भाइ सुजन याक्खाको यात्रा सुरक्षित, सफल र सुखद रहोस् भन्ने कामना गर्दछौं।
तपाईं जहाँ रहे पनि याङलिखाम एफ.सी. परिवारको माया, साथ र शुभेच्छा सधैं साथमा रहनेछ। परदेशको बसाइ उपलब्धिमूलक बनोस्, हरेक लक्ष्य पूरा होस् र भविष्य अझ उज्यालो बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
Have a Safe Flight, Sujan Yakkha! ❤️✈️
खेल मैदानमा जस्तै जीवनको मैदानमा पनि निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्नुभएको होस्।
शुभ यात्रा भाइ! 🙏❤️
– याङलिखाम एफ.सी. परिवार ⚽🇳🇵 ゚ ゚viralシfypシ゚ ゚viralシfypシ゚viralシalシ ゚viralシfypシ゚viralシalシシfy
22/05/2026
⏳ 4 days left for Nepal’s SAFF Women’s Championship opener against Bhutan! 🇳🇵⚔️
11/05/2026
⚽❤️ Yanglikham FC परिवारको तर्फबाट हाम्रो प्रिय साथी तथा सहयोगी सुरेन याक्खालाई विवाहको हार्दिक शुभकामना 💍💐
क्लबलाई हरेक सुख–दुःखमा साथ दिँदै, विशेषगरी आर्थिक रूपमा ठूलो सहयोग पुर्याउनुभएकोमा हजुरप्रति हामी सधैं आभारी छौं 🙏
आजको यो विशेष दिनमा नयाँ जीवनको सुरुवातसँगै वैवाहिक यात्रा सुख, शान्ति, माया र सफलताले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ❤️✨
सधैं यसरी नै खुशी रहनुहोस्, अनि हजुरहरूको जोडी सदैव अटल रहोस् 🤝
— Yanglikham FC ⚽🔥
❤️
23/03/2026
आज आफ्नो जन्मदिन मनाइरहेकी कि प्रतिभाशाली महिला फुटबल खेलाडी रेस्मा याख्खा लाइ को तर्फबाट हार्दिक जन्मदिनको शुभकामना। 🎉⚽
आगामी दिनहरू सफल, खुशी र उज्ज्वल बनून् भन्ने कामना। 🎂
22/03/2026
Best of Luck ❤️ Yanglikham F.C.
22/03/2026
चौबिसे गाउँपालिका–२, मुढेबस निवासी, राजारानी रारा फुटबल क्लबका उपाध्यक्ष तथा समाजसेवी व्यक्तित्व अमृत मगरज्यूद्वारा याङ्लिखाम एफसीलाई जर्सी खरिदका लागि रु. २५,००० (अक्षरेपी: पच्चिस हजार मात्र) आर्थिक सहयोग प्रदान गर्नु भएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा उत्साह र ऊर्जा थप्ने उद्देश्यले गरिएको उहाँको यो सहयोग हाम्रो लागि अत्यन्तै प्रेरणादायी र महत्वपूर्ण रहेको छ। यस्ता सहयोगहरूले गाउँस्तरका प्रतिभावान खेलाडीहरूलाई अघि बढ्न थप हौसला प्रदान गर्ने विश्वास लिएको छौँ।
याङ्लिखाम एफसी परिवार अमृत मगरज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ। उहाँजस्ता समाजप्रेमी तथा खेलप्रेमी व्यक्तित्वहरूको साथ र सहयोगले हाम्रो यात्रा अझ मजबुत र प्रभावकारी बन्नेमा हामी विश्वस्त छौँ। आगामी दिनहरूमा पनि यस्तै निरन्तर साथ, सहयोग, सुझाव तथा मार्गदर्शन प्राप्त हुने अपेक्षा गर्दै, उहाँको उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति र सफलताको हार्दिक कामना गर्दछौँ।
13/02/2026
Yanglikham F.C का Manager ज्यूलाई 🇺🇸✈️
अमेरिका यात्राको हार्दिक सफलताको शुभकामना। क्लबका Manager तथा अभिभावकको रूपमा तपाईंले दिनुभएको नेतृत्व, मेहनत र समर्पणले Yanglikham F.C लाई सधैँ नयाँ उचाइमा पुर्याएको छ।
यो नयाँ यात्रा तपाईंको व्यक्तिगत तथा व्यावसायिक जीवनका लागि अझ ठूलो अवसर र सफलता लिएर आओस्। सुरक्षित यात्रा र उज्ज्वल भविष्यको शुभकामना।
— Yanglikham F.C
09/02/2026
🎉 जन्मदिनको हार्दिक शुभकामना, सलिना नेम्बाङ ! 🎂⚽
Yanglikham F.C. को तर्फबाट तपाईंलाई जन्मदिनको धेरै–धेरै शुभकामना । Yanglikham F.C. बाट पहिलेदेखि नै निरन्तर बल खेल्दै आफ्नो मेहनत, अनुशासन र क्षमताका साथ टिमलाई जित दिलाउँदै आउनुभएको योगदान हामी कहिल्यै भुल्न सक्दैनौँ । फाइनलसम्मको यात्रामा तपाईंको भूमिका सधैं प्रशंसनीय रह्यो 🏆
खेल जीवन मात्र होइन, व्यक्तिगत जीवनमा पनि सधैं सफलता, स्वास्थ्य र खुशी साथ रहोस् । आगामी दिनहरू अझ उज्याला र उपलब्धिमूलक बनून् भन्ने कामना सहित — फेरि एकपटक, Happy Birthday! 🎊✨
Yanglikham F.C.