17/01/2026
धादिङ कबड्डी क्लबको तर्फबाट अञ्जना घले, सुलभ खतिवडा तथा अर्जुन तामाङ लाई बागमती टिममा छनोट भई १३औँ राष्ट्रिय महिला कबड्डी तथा २५औँ राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा सहभागिता जनाउन सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
तपाईंहरूको निरन्तर मेहनत, लगनशीलता, अनुशासन र खेलप्रतिको समर्पणकै परिणाम आज यो महत्वपूर्ण उपलब्धि हासिल भएको हो। राष्ट्रिय स्तरको प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ।
धादिङ जिल्लाको मात्र होइन, सम्पूर्ण प्रदेश र देशकै गौरव बढाउने गरी साहस, आत्मविश्वास र खेलभावनासहित खेल्नुहोस्। आगामी दिनहरूमा अझ उच्च सफलता, उज्ज्वल भविष्य र निरन्तर प्रगतिका लागि धादिङ कबड्डी क्लबको तर्फबाट हार्दिक शुभकामना।
बागमती टिमलाई जितको शुभकामना! 💐🏆
11/04/2025
11/04/2025
26/01/2025
17/10/2024
09/07/2024
15/06/2024
13/06/2024