19/06/2026
Bijog 😭
आज रातिको अविरल वर्षापछि मेचीराजमार्ग अन्तर्गत राजदुवाली सडक खण्डमा ग्याबिन झरेको तथा बेलासे क्षेत्रमा बनाइएको ड्राइभर्सन बगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै, पुवाखोला क्षेत्रमा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लातर्फको सवारी आवागमन प्रभावित बनेको छ। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार मेचीराजमार्ग हाल पूर्ण रूपमा अवरुद्ध रहेको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।
Neelo Pati