Adarsha Cricket Academy

Adarsha Cricket Academy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Adarsha Cricket Academy, Sports Club, Chandragadhi, Bhadrapur.

Adarsha Cricket Academy (ACA) is a cricket academy based in Bhadrapur, Jhapa, Nepal established with the objective of scouting and promoting young cricket talents of the region.

Photos from Adarsha Cricket Academy's post 08/04/2024

खेल क्षेत्रको विकासका लागि सरकार गफमात्रमा नै सिमित रहने हो की विश्वकप तयारीको लागि बजेटको कमि हुन नदिन र खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा राख्ने हो भने तयारीको लागि उचित ब्यबस्थापन गर्न सक्छ कि सक्दैन हेर्न बाँकी नै छ ।

जेहोस आज नेपाल क्रिकेट संघले आईसीसी टी–२० विश्वकपका लागि राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्य सचिव टंकलाल घिसिङ, क्यानका उपाध्यक्ष रोशन कुमार सिँह र सचिब पारस खडकाको उपस्थितिमा केल्मीले निर्माण गरेको नयाँ जर्सी सार्वजनिक भएको छ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो । विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन् । नेपाल रहेको समूह डीमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर आठ मा पुग्नेछन् ।

14/07/2023

❤️

Photos from Adarsha Cricket Academy's post 13/05/2023

Binod Kumar Das former captain of Nepal National Cricket Team back to the Cricket Ground.

17/12/2021

Press Meet

12/12/2021

Kapil Paji funda of eng. language 😁🏏🙏

21/11/2021

बधाई छ टिम झापा💕🏏🙏 प्रदेश स्तरीय वाइ वाइ अन्डर १९ क्रीकेट प्रतियोगिता को छनौट खेल को फाइनलमा झापा टिम ले मोरङ लाई ५९ रनले पराजित गर्दै उपाधि हात पारेकोमा साथै आजको खेलमा म्यान अफ दि म्याच सुमिरन राई ३ विकेट ९ रन लिन सफल लाई धेरै धेरै बधाई र अंकित सुबेदि ३ विकेट ३० रन को महत्वपुर्ण योगदानको लागि बधाई साथै झापा टिमका कोच सन्नी पुन मेनेजर रोशन धिताल लगायत टिमलाइ राम्ररी ब्यबथापन गर्ने झापा जिल्ला कृकेट संघ का सम्पुर्ण पदाधिकारी ज्युहरुलाई धेरै धन्यवाद अन्त्यमा Provincial Cricket Association, Province no. 1 लाई हृदय बाटनै मुरी मुरी धन्यवाद ।

नेपाल क्रिकेट सङ्घका मुख्य प्रशिक्षकले ह्वाटमोरले प्रदेशका खेलाडीहरुलाई प्रशिक्षण शुरु 25/03/2021

नेपाली रास्ट्रीय क्रीकेट टोलीका (नेपाल क्रिकेट सङ्घ)मुख्य प्रशिक्षक डेभ ह्वाटमोर प्रदेश नं. १ मा ।

नेपाल क्रिकेट सङ्घका मुख्य प्रशिक्षकले ह्वाटमोरले प्रदेशका खेलाडीहरुलाई प्रशिक्षण शुरु विराटनगर,११ चैत।नेपाल क्रिकेट सङ्घका प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले यस क्षेत्रका क्रिकेट खेलाडीमा उच्च प्रति....

Photos from Adarsha Cricket Academy's post 02/01/2021

Happy birthday dear Prabesh Kamati

Photos from Adarsha Cricket Academy's post 18/12/2020

अाज मिति २०७७/०९/०३ गते शुक्रबारका दिन मेची रङ्गशाला भद्रपुरमा प्रधानमन्त्री कप ,प्रादेशिक क्रिकेट छनाैट प्रतियोगिताकाे उदघाटन कार्यक्रम प्रदेश क्रिकेट संघका अध्यक्ष श्री मिङमा डन्डु शेर्पाज्युको अध्यक्षतामा र भद्रपुर न.पा.का नगर प्रमुख श्री जीवनकुमार श्रेष्ठज्युको प्रमुख अातिथ्यता तथा झापाका प्र.जि.अ.श्री श्रवणकुमार तिम्सिनाज्यु र प्रहरी उपरीक्षक श्री कृष्णप्रसाद काेईरालाज्यूकाे विशिष्ट अातिथ्यतामा र झापा उधाेग वाणिज्य संघका अध्यक्ष श्री राजु पनेरुज्यू तथा चन्द्रगढी बिमानस्थलका कार्यालय प्रमख श्री मुरारी पाैडेलज्युकाे विशेष अातिथ्यातामा सम्पन्न भयो ।उक्त कार्यक्रममा झापा क्रिकेट संघका अध्यक्ष श्री प्रविन थापाज्युले कार्यक्रमकाे अाैचित्य सहित स्वागत मन्तव्य राख्नुभएको थियाे ।

कार्यक्रम प्रदेश क्रिकेट संघ ,प्रदेश नं.१ काे अायाेजनामा सम्पन्न भएको थियो ।कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि भद्पुर न.पा.का नगर प्रमुख श्री जीवनकुमार श्रेष्ठज्यूले बलिङ र विशिष्ट अतिथि झापाका प्र.जि.अ.श्री श्रवणकुमार तिम्सिनाज्यूले व्याटिङ्ग गरेर खेलकाे शुभारम्भ गर्नुभएको थियो ।

अाजकाे उद्घाटन खेल झापा क्रिकेट टिम र ईलाम क्रिकेट टिम बिच भएको थियो ।झापा टिमकाे कप्तान श्री अंकित सुवेदी , टिम काेच श्री हितेन श्रेष्ठ , सहायक काेच श्री सन्नी पुन र टिम मेनेजर श्री तुलसी कार्की (मणिराम) रहनुभएकाेछ ।

भद्रपुर @
प्रादेशिक क्रीकेट संघ प्रदेश नं १ ले आयोजना गरेको प्रधानमन्त्री कप को आज मेची रंगशालामा झापा र इलाम जिल्ला को खेल उदघाटन गरि शुरु गरियो ।आज भयेको पहिले खेलामा इलामले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ४० अओभरको खेल्मा ३६.४ ओभर मा सबै विकेट गुमाइ जम्म १६१ रन जोडयो । जवाफमा झापाले २८.२ ओभरमा ८ विकेट्को क्षतिमा १६२ रन जोडी पहिलो जित हात पार्यो । टस जिति मैदानमा उत्रीएको इलामका प्रज्वल खत्रीले ७० बलमा ४४ रन र दिपेश कुवरले ३९ बलमा १६ रन जोडे भने झापाका ग्यानेन्द्र श्रेष्ठ ले ७ ओभर बलिङ गर्दै १५ रन दियेर ३ विकेट हात पारे भने झापाका सुजन थपलिया ले ३४ बलमा ३१ रन तथा राज थापाले ७० बलमा ३८ रन प्रहार गरि टिमलाई जित हाशिल गराए । भोलिको खेल मेचि रंगशालामा पुरुष तर्फ इलाम र उदयपुर बिच हुनेछ भने सुरुङामा मोरङ र सुन्सरि साथै काकडभिट्टामा महिला तर्फको इलाम र मोरङ बिच हुनेछ ।

Want your business to be the top-listed Gym/sports Facility in Bhadrapur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Chandragadhi
Bhadrapur