N Penang Fc

N Penang Fc

Share

“Overpower. Overtake. Overcome.”

30/07/2026

घाइते राष्ट्रिय खेलाडी आशिष राईको उपचारार्थ सहयोग अभियान!

​देशको गहना, राष्ट्रिय खेलाडी आशिष राईको उपचारका लागि सहयोग सङ्कलन गर्न आयोजित विशेष म्याच:

​🔥 N. Penang FC 🆚 Nepbourne FC (Australia)

🔥 Manakamana FC 🆚 Himalayan FC

​📍 Stadium Permatang Rawa, Bukit Mertajam, Penang

📅 ०२ अगस्ट २०२६ (आइतबार) | दिउँसो २:०० बजे

​हाम्रो सानो सहयोगले राष्ट्रिय खेलाडीलाई पुन: मैदानमा फर्काउन सक्छ। सम्पूर्ण फुटबलप्रेमीहरूलाई हार्दिक निमन्त्रणा तथा सहयोगको लागि अनुरोध गर्दछौं!

घाइते फुटबलर आशिष राईको उपचार सहयोगार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल हुने - न्यूज सञ्जाल 29/07/2026

यु-२३ राष्ट्रिय टोलीका सदस्य राईको सन् २०२५ फेब्रुअरी १५ मा चिनिया टोली (युनान) विरुद्धको मैत्रीपूर्ण खेलका क्रममा देब्रे खुट्टामा गम्भीर चोट लागेको थियो ।

घाइते फुटबलर आशिष राईको उपचार सहयोगार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल हुने - न्यूज सञ्जाल बिर्तामोड । नेपाली राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउन मलेसियामा अन्तर्राष्ट्र....

Football Unites in Malaysia: N Penang FC and Nepbourne FC Set for Asish Rai Fundraiser 29/07/2026

Football for a cause!
N Penang FC faces Australia's Nepbourne FC on August 2, 2026, in Penang for a special charity match supporting injured Nepalese national player Asish Rai! All match proceeds will go directly to his medical fund.

Let’s stand together! 🤝🏟️

Football Unites in Malaysia: N Penang FC and Nepbourne FC Set for Asish Rai Fundraiser PENANG, Malaysia — Football is uniting for a humanitarian cause in Malaysia as N Penang FC and Austr...

आशिषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल आयोजना हुने - Khelpana 29/07/2026

खेलबाट संकलन हुने सम्पूर्ण सहयोग रकम हाल उपचाररत रहेका घाइते राष्ट्रिय खेलाडी आशिष राईलाई हस्तान्तरण गरिने जानकारी अध्यक्ष थापाले दिए।

​’यो केवल दुई क्लबबीचको खेल मात्र नभई अप्ठ्यारो स्थितिमा रहेका हाम्रा होनहार राष्ट्रिय खेलाडीलाई बचाउने र सहयोग गर्ने एउटा अभियान हो’ अध्यक्ष थापाले भने।

आशिषको उपचारार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल आयोजना हुने - Khelpana काठमाडौं। नेपाली राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मलेसियामा अन्....

29/07/2026

29/07/2026

उनलाई एन्फाले बेवास्ता गरिरहेको छ 🥲

29/07/2026

घाइते राष्ट्रिय खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल आयोजना हुने

​पेनाङ, मलेसिया — नेपाली राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। आगामी २ अगस्ट २०२६ का दिन पेनाङमा एन पेनाङ एफसी (मलेसिया) र नेपबोर्न एफसी (अष्ट्रेलिया) बीच यो विशेष खेल हुन लागेको हो।

​एन पेनाङ एफसीका अध्यक्ष अंकित थापाका अनुसार खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानअन्तर्गत यो च्यारिटी म्याचको आयोजना गरिएको हो। खेलबाट संकलन हुने सम्पूर्ण सहयोग रकम हाल उपचाररत रहेका घाइते राष्ट्रिय खेलाडी आशिष राईलाई हस्तान्तरण गरिने जानकारी अध्यक्ष थापाले दिनुभयो।

​"यो केवल दुई क्लबबीचको खेल मात्र नभई अप्ठ्यारो स्थितिमा रहेका हाम्रा होनहार राष्ट्रिय खेलाडीलाई बचाउने र सहयोग गर्ने एउटा अभियान हो," अध्यक्ष थापाले भन्नुभयो।

​आयोजक क्लबले मलेसियामा रहेका सम्पूर्ण नेपाली समुदाय, खेलप्रेमी, शुभचिन्तक तथा सहयोगी मनहरूलाई खेल मैदानमा उपस्थित भई आशिष राईको उपचार अभियानमा साथ दिन हार्दिक अपिल गरेको छ। खेलकुदमार्फत सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको एन पेनाङ एफसीले आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

आशिष राईको उपचारका लागि पेनाङमा अन्तर्राष्ट्रिय च्यारिटी म्याच आयोजना हुँदै 29/07/2026

एन पेनाङ एफसीका अध्यक्ष अंकित थापाका अनुसार खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानअन्तर्गत च्यारिटी म्याचको आयोजना गर्न लागिएको हो । खेलबाट संकलन हुने सम्पूर्ण सहयोग हाल उपचाररत रहेका आशिषलाई हस्तान्तरण गरिने थापाले बताए ।

आशिष राईको उपचारका लागि पेनाङमा अन्तर्राष्ट्रिय च्यारिटी म्याच आयोजना हुँदै एन पेनाङ एफसीका अध्यक्ष अंकित थापाका अनुसार खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानअन्तर्गत च.....

घाइते फुटबलर राईको उपचार सहयोगार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल हुने - Jhapa Today 29/07/2026

घाइते फुटबलर राईको उपचार सहयोगार्थ मलेसियामा मैत्रीपूर्ण फुटबल हुने - Jhapa Today बिर्तामोड, साउन १३ । नेपाली राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउन मलेसियामा अन्तर्....

Photos from N Penang Fc's post 26/07/2026

टाइब्रेकरमा हिमालयन एफसीलाई हराउँदै एन पेनाङ एफसी विजयी, आशिष राईको उपचारका लागि RM ४,००० सहयोग

मलेसिया । एन पेनाङ एफसी र हिमालयन एफसीबीच आज सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा एन पेनाङ एफसी टाइब्रेकरमा ५–४ गोल अन्तरले विजयी भएको छ।

प्रतिस्पर्धात्मक खेलपछि एन पेनाङ एफसीले खेलबाट संकलित RM ४,००० राष्ट्रिय खेलाडी आशिष राईको उपचारका लागि सहयोग गर्ने घोषणा गरेको छ।

त्यसैगरी, हिमालयन एफसीका अध्यक्ष सन्तोष कार्कीले पनि आशिष राईको उपचारका लागि RM १,००० आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

त्स्तै N Penang FC का समर्थक तथा नेपाली व्यवसायी किरण थापाले आशिष राईको उपचारका लागि RM ५०० आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

एन पेनाङ एफसीका अध्यक्ष अंकित थापाका अनुसार आगामी अगस्ट २ मा नेपबोर्न एफसी (अष्ट्रेलिया) विरुद्ध हुने मैत्रीपूर्ण खेलबाट पनि थप सहयोग रकम संकलन गरिनेछ। उक्त रकमसमेत उपचाररत राष्ट्रिय खेलाडी आशिष राईलाई हस्तान्तरण गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो।

एन पेनाङ एफसीले खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अप्ठ्यारो अवस्थामा रहेका राष्ट्रिय खेलाडीलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।

Want your business to be the top-listed Gym/sports Facility in George Town?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pulau
George Town