Sanjeet Shrestha

Sanjeet Shrestha

Share

प्राकृतिक रहौं र दीर्घकालिन स्वास्थ्यतिर उन्मुख होऔं।

Fitness Nepal now stands for Fitness Nurturing where we teach the fundamentals of training systems that can be implemented for the rest of your lives for your better health and better understanding the values of each exercise you perform.

28/08/2026

जीवनमा कैयौं उतारचढाव भोगियो
सबभन्दा स्थिर त आमा नै भेटियो।

प्रेम र ममताका कथाहरु धेरै पढियो
वास्तविक ममताको खानी आमामै भेटियो।

छोरो भएर छोरी बन्न सकिएन होला
बाको ठाउँ पनि आमाले नै लिएको भेटियो।

संघर्षका कथाहरु त सबैका हुञ्छन्
सबैको चिन्ताको भार बोकिदिने आमा नै भेटियो।

यो जीवनकालमा त्यो ममताको ऋण जे जसो गरेनि कहिल्यै तिर्न नसकिने निचोड निकालियो।

ममतमयी आमालाई जन्मदिनको अटूट शुभकामना। सुस्वास्थ्य अनि निश्चिन्त जीवनको असीम शुभकामना। साथै सबै सनातनीलाई जनै पूर्णिमाको हार्दिक शुभकामना। 🕉🌺🙏

27/08/2026

मनमा शब्दहरु मडारिरहँदा पनि निःशब्द छु। विपद्मा सबै भावनात्मक रुपमा एकजुट हुनुपर्छ। भूगोल अनुसार विकासको खाका कोर्नुपर्छ भवितव्य परिस्थितिलाई नियालेर। 🕉

25/08/2026

ॐ नमः शिवाय 🕉🔱🙏

25/08/2026

मलाई खासै भिडियोहरु शेयर गर्न मन लाग्दैन तर यो सानो क्लिप देखेर चैं नेपालीहरुलाई यो कुरा बुझ्न जरुरी छ भनेर यहाँ राख्न मन लाग्यो।

लि प्रिस्ट बडिबिल्डिंग क्षेत्रको क्रान्तिकारी मानिञ्छन्। ओलम्पियाका केही नियम बिरुद्ध आवाज उठाउँदा प्रतियोगिताबाटै प्रतिबन्धित भएका पात्र पनि हुन्। खरो बोल्छन् बडिबिल्डिंगका बारेमा।

यस भिडियोमा उनले ह्युज ज्याक्म्यानले वुल्भरिन फिलिमको दौरानमा जुन शरीर परिवर्तन गरेका थिए त्यस बखत व्यायाम गर्न र दिनको ३ पटक भात र कुख्राको मासु खान परेको जिकिर गरेका छन्। ह्युज ज्याक्म्यानले एउटा फिलिम खेलेर ३० मिलियन डलर पारिश्रमिक लिए जसलाई उक्त फिलिमको लागि शरीर परिवर्तन गर्न व्यायाम र भात र कुख्रा खान झिंझो लागेको बताउँछन्। लि थप भन्छन्, “हामी एउटा जाबो प्लास्टिकको ट्रफीको लागि यति मरिहत्ते गर्छौं कुनै गुनासो नगरी।”

यो कुरा निकै चोटिलो छ। मैले यो कुरा यहाँ राख्नुको तात्पर्य यो हो कि नेपालका बडिबिल्डरहरु आफूलाई खेलाडी ठाञ्छन् र राज्यले उनीहरुलाई हेरेन भनेर गुनासो गरिरहञ्छन्। हेरेन भन्नुको तात्पर्य आर्थिक सहयोग गरेन भन्ने नै हो। एक त बडिबिल्डिंग पैसा कमाउने खेल नै हैन। यो त संसारभर नै एउटा आत्मसन्तुष्टिको लागि गरिने अभ्यास र प्रतियोगिता मात्रै हो। लि प्रिस्टले अहिलेसम्म अष्ट्रेलियन सरकारले मलाई हेरेन भनेर कहिल्यै गुनासो गरेको सुनिएको छैन किनकि उनलाई थाहा छ बडिबिंडिगलाई सरकारले मान्यता दिएको छैन र दिंदैन भन्ने पनि।

अनि बडिबिल्डिंग पैसा कमाउने खेल पनि हैन। अनेक अवैध ड्रग्स प्रयोग गरी आफ्नै स्वास्थ्यलाई चुनौति दिएर शरीर बनाएर विजय हासिल गरे पनि यदि राज्यले आफ्नो कोषबाट नगद पुरस्कार प्रदान गर्छ भने त्यो सरासर गलत हुञ्छ, भ्रष्टाचार ठहरिञ्छ। सबैले बडिबिल्डिंग आफ्नै सन्तुष्टिका लागि गर्छन्, नामको लागि प्रतियोगितामा भाग लिञ्छन्, पैसाको लागि हैन। त्यस्तो पैसा नै कमाउने रहर छ भने शरीर बनाएर ह्युज ज्याक्म्यान जस्ता अन्य कलाकार झैं फिलिम क्षेत्रमा लाग्यो भने मनग्गे पैसा कमाउँछ। तसर्थ, राज्यले हेरेन भनेर रुवाबासी नगरौं बरु पैसा कमाउन सक्ने अरु कुनै क्षेत्रमा समय बर्बाद नगरी लागौं।

ॐ नमो रुद्राय 🕉🔱🙏

24/08/2026

सर्वं परवशं दुःखं सर्वमात्मवशं सुखम्।
एतद् विद्यात् समासेन लक्षणं सुखदुःखयोः॥
*(मनु.- ४.१६०)*

अन्यजन को (अरूको) अधीनमा गरिने सबै कार्य दुःखदायक हुञ्छन्, र आँफ्नै अधीनमा गरिने सबै कार्य सुखदायक हुञ्छन्। सङ्क्षेपमा एसैलाइ सुख र दुःख को लक्षण जान्नु।

मेरो व्यायाम सिकाउने लक्ष्य यही हो कि हर जो कोहीलाई व्यायाममा स्वाधीन बनाउने, न कि मेरै अधीनमा होस् भन्ने चाहना राख्ने।

पराधीनता दुःखको र स्वाधीनता सुखको लक्षण हो। जतिसक्दो चाँडो बुझिञ्छ त्यति सहज हुञ्छ।

🙏🏻🌺*सुप्रभातम्*🌺🙏🏻
नमो रुद्राय 🕉🔱🙏

23/08/2026

यो छोटो क्लिप देखेर तपाईंहरु माझ राख्दिन उचित लाग्यो।

केही दिन अघि एउटा पोष्ट राखेको थिएँ कि २०-२२ वर्ष पहिले नेपालका मेडिकल डाक्टरहरुलाई व्यायामको महत्व खासै ज्ञान थिएन तर अहिले आएर व्यायामको महत्व बारे धेरै डाक्टरहरुले भन्ने गरेका छन् भनेर। बरु व्यायाम सिकाउने प्रशिक्षकहरुले व्यायामको कुराहरु गर्नै छाडेका छन् भनेर। यस्तो लाग्यो धेरैले कुरा राम्रोसँग बुझेनन् भन्ने।

२०-२२ वर्ष अघि नेपालीको पढाइको तरिका केवल किताबी थिए, घोकन्ते थिए। हुन त अझै पनि छन, शिक्षाको प्रणाली परिवर्तन भएकै छैन। अधिकांश डाक्टर बन्न हिंडेका विद्यार्थीहरु व्यायाम नै गर्दैनथे। व्यायामको महत्वको ज्ञान हुने कुरै भएन। १५-२० वर्ष अघि पढाइ सकेर डाक्टर बनेकाहरु अहिले अभ्यस्त भइसकेका छन्। यो समयमा व्यायामको क्षेत्र धेरै अगाडि बढिसकेको छ। जति द्रुत गतिमा बढ्यो समस्या पनि सँगै द्रुत गतिमा बढ्छ। ती डाक्टरहरुकोमा व्यायामको होडमा लागेर बिरामी पर्नेहरु नै जाने हुन्। डाक्टरहरुले धेरै अनुभव गर्न भ्याइसकेका छन् र त्यही अनुभवका आधारमा जनमानसमा चेतना फैलाउने प्रयास पनि गरिरहेका छन्। यो एकदम राम्रो पक्ष हो।

व्यायामको बारेमा त दर्जनौं लेखहरु लेखेर पाठकहरु समक्ष हुत्याइसकेको छु। चाहे जस्तोसुकै प्रशिक्षक होस्, सर्टिफाइड होस्, नहोस्, अनुभवी होस् नहोस्, इन्टेर्नेसनल होस् कि अर्कै ग्रहबाट सर्टिफिकेट ल्याएको होस्, कलिलै उमेरका युवतीहरुलाई कसैले रसायनिक सप्लिमेण्ट खाने सल्लाह दिञ्छ भने त्यो कागजको खोस्टो ट्वाइलेट पेपर सरह हुञ्छ (अलि कठोर हुन करै लागेको छ)।

व्यायाम भनेको शारीरिक तथा मानसिक स्वास्थ्यको लागि गर्ने अभ्यास हो। स्वास्थ्य नै नरहे के को शरीर? के को मन? थलिएर बस्न पर्ने स्थिति आउँछ। त्यसैले बेलैमा सोचौं।

ॐ नमो रुद्राय 🕉🔱🙏

18/08/2026

अङ्ग्रेजीमा एउटा भनाइ छ,
“याक्सन स्पिक्स लाउडर द्यान वर्ड्स”

यसको अर्थ हुञ्छ बोलीको भन्दा बढी कामको आवाज ठूलो हुञ्छ।

तपाईंहरुलाई लाग्दैन यो व्यायामको क्षेत्रमा एकदम लागू हुञ्छ भनेर?

एउटा साधारण कुरा मानी लिऊँ। एकजना पौडीको बारेमा थियोरी सबै कुरा थाहा छ तर पानीभित्र पसेर उसले अरुलाई पौडिन सिकाउन सक्दैन। आफू पनि राम्रोसँग पौडिन सक्दैन। तर पौडीको शब्दावली ज्ञानको भण्डार नै छ। के तपाईं त्यस्तो व्यक्तिसँग पौडी सिक्न जान सक्नुहुञ्छ? जानुहुञ्छ? आफ्नो बच्चालाई पौडी सिकाउन लैजानुहुञ्छ? मलाई त एक रौं पनि विश्वास लाग्दैन कोही पौडी सिक्न जाञ्छ भनेर। गहकिला शब्दहरु प्रयोग गरी पट्याएर सिकाउने मार्ग चैं प्रशस्त हुञ्छ नै।

व्यायाममा पौडीभन्दा धेरै शब्दावलीहरु हुञ्छन्। शब्दले मात्रै कुनै हालतमा नि व्यायाम गर्न सकिन्न पनि र शरीर रुपान्तरण पनि गर्न सकिन्न। तीतो यथार्थ हो यो। बरु केही शब्द नजानेरै व्यायाम गरी आफ्नो शरीर रुपान्तरण गरेको व्यक्तिले धेरैथोरै आफ्नो अनुभवबाट सिकाउन सक्छ।

ज्ञान हुनु एकदम राम्रो हो तर त्यतिले मात्र पर्याप्त हुँदैन। कर्म पनि उत्तिकै गरी त्यसको अनुभव गर्नुपर्छ। अनि बल्ल सुनमा सुगन्ध फैलिञ्छ। यसर्थ, बोलीले भन्दा कामले बढी देखाउनु उत्तम हुञ्छ। असम्भव भन्ने नै छैन नि यहाँ। किन नगर्ने?

तस्विर त्यस्तै ९-१० वर्ष अघिको हो।

ॐ नमो रुद्राय 🕉🔱🙏

14/08/2026

आजभन्दा १५-२० वर्ष अगाडिसम्म नेपाली मेडिकल डाक्टरहरुलाई स्वास्थ्यको लागि व्यायामको बारेमा बुझाउनुपर्थ्यो। दर्जनौं डाक्टरहरुसँग व्यायामको महत्वबारे प्रत्यक्ष बहस गरेको छु। अहिलेको अवस्थामा विभिन्न डाक्टरहरुले शारीरिक व्यायामको महत्वबारे कुराहरु गरिरहेका हुञ्छन्, सामाजिक सञ्जालतिर देख्न पाइञ्छ।

यत्तिका वर्षमा यहाँ हजारौं पर्सनल ट्रेनर बनिसकेका छन्। अझ कति त ईण्टरनेशनल सर्टिफाइड पनि भएका छन्। तर सामाजिक सञ्जालतिर व्यायामको महत्वबारे त्यति बोलेको देखिंदैन। उनीहरुले झन् धेरै सिकाउनुपर्ने हो नेपाली जनमानसलाई।

यसको कारण के हुन सक्ला? जवाफ तपाईंहरुकै।

ॐ नमो रुद्राय 🕉🔱🙏

12/08/2026

फूर्तिलो केटाहरु देख्यो भने साह्रै बचपन याद आउँछ।

भर्खर १५ वर्ष लाग्यो केटो। १४ वर्ष लागिसकेपछि यहाँ जिम गर्न उसको दाइले ल्याएको थियो। दाइ चैं नि १५ वर्षको उमेरमा व्यायाम सिक्न आएको थियो। यहाँ सिकेको कुराहरु घर गएर भाइलाई चुनौतीको रुपमा सिकाउँदो रहेछ। भाइ चैं जब्बर भएर निस्किएको छ।

हरेक उमेर समूहलाई राम्रो तरिकाले सिकाउनुपर्छ। म चैं सिकाउने माञ्छे नभएर आफै ट्रायल याण्ड एरर बाट धेरै कुराहरु सिक्दै गएको थिएँ। यस्तो फूर्तिलो केटाहरु देखेर साह्रै बचपन याद आउँछ। यिनीहरुलाई आफ्नो बचपन पनि सुनाएर सिकाउने गर्छु।

आफ्नो छोराछोरीहरुलाई पनि सानैदेखि कुनै न कुनै शारीरिक खेलहरुमा समावेश गराउनुहोस्। अहिलेको एआईको युगमा झन् बढी यसको महत्व छ। किनकि शारीरिक बल स्वास्थ्य कसैले कसैको लागि गर्दिन सक्दैन। आफै कमाउनुपर्छ। बच्चाहरुमा यो ज्ञान हुँदैन, अभिभावकले नै डोर्याउनुपर्छ।

ॐ नमो रुद्राय 🕉🔱🙏

11/08/2026

हामी प्राणी प्रतिरोधबिना ढलेको मुढा जस्तै हुञ्छौं।

धेरैले सोध्ने गर्छन् कि घरमा के कस्तो व्यायाम गर्न सकिञ्छ भनेर। व्यायाम भनेको घरमा गर्ने वा व्यायामशालामा गएर गर्ने भन्ने नै हुँदैन। व्यायाम केवल अवरोधसँग जुध्ने अभ्यास मात्र हो। त्यो घरमै गरेपनि, व्यायामशालामा गएर गरेपनि, बाहिर आँगनमा गरेपनि वा जुनसुकै स्थानमा गरेपनि अभ्यास त्यही हो, प्रतिरोधको।

कति कुरा त हामीले ख्यालै गरेका हुन्नम्। हामी हिंडदा वा दौडँदा हातहरु हल्लिञ्छन्। त्यहाँ अदृश्य वायुले अवरोध गरिरहेको हुञ्छ। त्यो हावा काट्नलाई हातहरु हल्लाउनुपर्दछ। त्यही हो अवरोधको प्रतिरोध। जसरी डुङ्गा गन्तव्यमा पुर्याउन पानीको अवरोधसँग जुधेर खियाउनुपर्छ त्यस्तै हो हाम्रो धर्तीको प्रतिरोध। यदी डुङ्गा खियाइएन भने त्यो यसै पानीको छालहरुसँगै खेल्दै बस्छ, गन्तव्यमा पुग्दैन, किनकि त्यहाँ कुनै प्रतिरोध हुँदैन। हामी हरबखत गुरुत्वसँग प्रतिरोध गरी बाँचिरहेका हुञ्छौं। प्रतिरोध नगरी हामी ढलेको मुढा सरी हुञ्छौं।

व्यायाम अलिकति नि भिन्न छैन। घरमै पनि आफ्नै शरीरको वजनसँग प्रतिरोधात्मक अभ्यास गरी व्यायाम गर्न सक्छौं। ६०-७० केजीको शरीरलाई कुनै कुनै व्यायाम गर्न निकै मुश्किल हुञ्छ। जस्तै पुस अप्स। कहिले पनि पुस अप्सको अभ्यास नगरेको व्यक्तिवाई आफ्नै शरीरको वजन केवल हातको पञ्जा र खुट्टाको औंलाहरुको बलले उचाल्न निकै मुश्किल हुञ्छ। प्राय असम्भव नै हुञ्छ। तर बिस्तारै शरीरलाई बलियो बनाउँदै लैजाने तरिका नभएको चैं हैन। छ।

पुस अप्स जस्तै असर गर्ने खालको व्यायाम भनेको बेञ्च प्रेस वा चेस्ट प्रेस हो। त्यो व्यायामशाला गएर गर्न नि मिल्छ, घरमै भुईंमा उत्तानो परेर गर्न पनि मिल्छ। त्यसमा फेरि पनि चाहिने भनेको भार हो। त्यो भार डम्बेल पनि हुनसक्छ, एक एक लिटरको बोटलको पानी ना जे भरे पनि हुनसक्छ। त्यो भारले अवरोध खडा गर्छ। त्यो अवरोधसँग जुध्दै निश्चित चाल अभ्यास गर्नु नै व्यायाम हो। अब शरीरले त्यो प्रतिरोध खप्न सक्ने भएपछि एक किलो हलुका लाग्न थाल्छ। हलुका वा सहजतामा व्यायाम हुँदैन। अब फेरि प्रतिरोध बढाउनुपर्छ व्यायाम हुनको लागि। कि भार बढाउनुपर्यो कि प्रतिरोध खप्न नसक्ने गरी त्यो चाल पूरा गर्नुपर्यो। अनि बल्ल त्यो व्यायाम बञ्छ।

जति व्यायाम गरेपनि यदी शरीरले प्रतिरोध खप्न नसक्ने बिन्दुसम्म पुगिन्न तबसम्म त्यो व्यायाम हुँदैन। पुनः प्रतिरोधबिना शरीर मुढा जस्तै हुञ्छ भने शरीरमा व्यायाको प्रभाव हुने कुरै हुँदैन।

ॐ नमो रुद्राय 🕉🔱🙏

Want your business to be the top-listed Gym/sports Facility in Campsie?

Click here to claim your Sponsored Listing.

Location

Address


256 Beamish Street
Campsie, NSW
2194

Opening Hours

Monday 6am - 8am
5pm - 9pm
Tuesday 6am - 8am
5pm - 9pm
Wednesday 6am - 8am
5pm - 9pm
Thursday 6am - 8am
5pm - 9pm
Friday 6am - 8am
5pm - 9pm
Sunday 4pm - 8pm