तराईमा जन्मेर हुर्किएको मान्छे हुँ म
अझै पनि जीवनमा एकपटक पनि हिमालको काखमा पुगेर त्यसलाई नजिकबाट मजाले हेर्न नपाएका हामी धेरै छौँ
त्यसैले देशलाई बुझ्न कहिलेकाहीँ आफ्नो ठाउँबाट बाहिर निस्केर हिमाल पहाड र तराई तीनै भूभागलाई आफ्नै आँखाले हेर्नुपर्छ जस्तो लाग्छ
पुराना पुस्तासँग कुरा गर्दा मैले एउटा कुरा धेरैपटक सुनेको छु राजाको पालामा नेपालमा विकासको सुरुवात हुँदै थियो तराईका फाँटहरूलाई सडक र नाकाहरूसँग जोड्ने कामदेखि पहाडतिर बाटो पुर्याउने प्रयाससम्म धेरै कुरा अघि बढ्दै थिए भन्ने उहाँहरूको अनुभव छ म इतिहासको विज्ञ होइन तर त्यो समय देखेका बुढापाकाहरूका कुरा सुन्ने गरेको छु त्यसैले उहाँहरूको अनुभवलाई पनि सम्मान गर्नुपर्छ भन्ने लाग्छ
हाम्रो देशको भूगोल अरू देशजस्तो सजिलो छैन हिमाल पहाड, तराई, बाढी, पहिरो र भूकम्पयी सबैलाई ध्यानमा राखेर विकास गर्नुपर्छ ठूला ठूला भवन बनाउँदैमा मात्रै देश विकसित हुँदैन प्रकृतिसँग मिलेर सुरक्षित र दीगो विकास गर्न सकियो भने मात्रै त्यसको अर्थ हुन्छ
अझ अर्को कुरा नेपालको विश्वव्यापी कार्बन उत्सर्जनमा योगदान निकै सानो करिब ०.१% भन्दा पनि कमको स्तरमा रहेको बताइन्छ तर जलवायु परिवर्तनको असर भने हामीजस्ता हिमाली देशले गम्भीर रूपमा भोगिरहेका छौँ त्यसैले विकास गर्दा प्रकृतिलाई दोष दिने होइन प्रकृतिसँगै मिलेर अघि बढ्ने सोच चाहिन्छ
तर आज सबैभन्दा ठूलो प्रश्न मेरो मनमा अर्कै छ
गौतम बुद्ध जन्मिएको देश हामी
शान्तिको सन्देश संसारलाई दिएको देश हामी
तर हाम्रो सोच र समाज कतै अशान्ति र द्वन्द्वतिर त गइरहेको छैन
कुनै व्यक्ति समूह वा आफ्नो स्वार्थका लागि देशलाई विभाजन र द्वन्द्वतिर धकेल्ने बाटो रोज्नु हुँदैन सत्ता र विचार आउँछन् जान्छन् तर देश प्रकृति र हाम्रो पुस्ताले पाउने भविष्य बाँकी रहन्छ
म त भन्छुएकपटक सामाजिक सञ्जालभन्दा बाहिर निस्कनुस्
मनास्लुको काखमा पुग्नुस् त्यहाँका स्थानीय बुढापाका गुरुहरू र पुस्तौँदेखि त्यहीँ बसेका मानिसहरूसँग कुरा गर्नुस् काठमाडौंको बौद्धतिर पुग्नुस् त्यहाँका अनुभवी मानिसहरूसँग कुरा गर्नुस् उहाँहरूको जीवन र अनुभव सुन्नुस् सबै कुरा इन्टरनेटमा भेटिँदैन
र अहिले देशमा भइरहेको बाढी पहिरोका विषयमा पनि म एउटा कुरा भन्न चाहन्छु हरेक घटनालाई केवल प्रकृतिको खेल भनेर पन्छाएर हुँदैन
कतिपय कुरामा मानवीय गतिविधि कमजोर योजना र गलत निर्णयको भूमिका पनि हुन्छ यसको वास्तविक कारणबारे म अहिले यहाँ विस्तृत कुरा गर्न चाहन्नँ तर प्रकृतिलाई मात्र दोष दिएर हामी आफ्नो जिम्मेवारीबाट उम्किन सक्दैनौँ
हामीलाई चाहिएको विकास हो विनाश होइन
हामीलाई चाहिएको एकता हो द्वन्द्व होइन
हामीलाई चाहिएको शान्ति हो युद्ध होइन
बुद्ध जन्मिएको देशलाई बुद्धकै सन्देशले चिनाऔँ
शान्ति सहअस्तित्व र प्रकृतिप्रतिको सम्मान
यो मेरो व्यक्तिगत विचार हो फरक विचारलाई पनि सम्मान गर्छु
Bimal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bimal, Sports Event, Dubai.
31/08/2026
Want your business to be the top-listed Gym/sports Facility in Dubai?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Dubai
32914