31/05/2026
आज मिति २०८३ जेठ १७ गते "U-16 ग्रासरूट फूटबल प्रशिक्षण कार्यक्रम २०८२/०८३" को समापन अन्तर स्कूल फूटबल प्रतियोगिता का साथ भएकोछ। यस कार्यक्रमका प्रमुख अतिथि श्री श्याम सुन्दर जोशी (वडाध्यक्ष, भिमाद न पा -६) तथा विशिष्ट अतिथि श्री सत्य भक्त पालिखे (अध्यक्ष, तनहु जिल्ला फूटबल संघ ) हुनुहुन्थ्यो।
ग्रासरूट फूटबल प्रशिक्षण कार्यक्रमको लागि भिमाद न पा वडा नं-६ बाट रू २०००००/- (दुइ लाख) बिनियोजन भएकोछ भने रू ५००००/- (पचास हजार) युवा क्लब भिमादको आन्तरिक स्रोतबाट खर्च भएकोछ। मिति २०८२ मङ्सिर २७ गते देखि प्रारम्भ भएको यस कार्यक्रम बाट ११७ जना छात्र छात्राहरुले प्रशिक्षण लिइ प्र्माणपत्र प्राप्त गरेकाछन्। यस कार्यक्रमलाइ सफल पार्न सहयोग प्रदान गर्नुहुने तनहु एन्फा, भिमाद न पा ६ नं वडा कार्यालय, शिक्षा शाखा, स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी कल्पना थापा/सनम राना, प्रशिक्षार्थी , प्रशिक्षक , सहयोगी स्वयम्सेवक, सल्लाहकार सम्पूर्ण लाइ हार्दिक धन्यबाद ज्ञापन गर्दछौ।
युवा क्लब भिमाद परिवार