Sundarbazar Club Lamjung

Sundarbazar Club Lamjung

Share

Sundarbazar Club is a youth club situated at sundarbazar municipality of Lamjung District.

Setu Rapid | DOR Duty Coordination & NDRRMA Command Center 26/08/2026

आजको भीषण बाढीका कारण देशमा भएको क्षतिप्रति सुन्दरबजार युवा क्लब गहिरो दु:ख व्यक्त गर्दछ। यस कठिन घडीमा बाढीबाट प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं 😢

विशेष उच्च सतर्कता अपिल:

सुरक्षित स्थानमा रहनुहोस्: नदी तथा खोलामा पानीको बहाव अझै उच्च रहेकाले नदी किनार र होचा भू-भागबाट टाढा रहनुहोला

अत्यावश्यक बाहेक बाहिर ननिस्कनुहोस्: बाढीका कारण सडक तथा बाटोघाटो जोखिमपूर्ण भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला

छिमेकीको ख्याल गरौँ: वृद्धवृद्धा, बालबालिका र अशक्तहरूलाई सुरक्षित स्थानमा सार्न सहयोग गर्नु होला

💔🙏🏼

Setu Rapid | DOR Duty Coordination & NDRRMA Command Center Setu Rapid: a rescue and duty coordination system connecting responders, fleet and command in real time.

13/08/2026

📣📢⚽️⚽️🏟️

Photos from Sundarbazar Club Lamjung's post 08/08/2026

"स्वस्थ जीवन रोजौँ, धूम्रपान र लागूऔषधलाई नकारौँ"
सुन्दरबजार युवा क्लब (SBYC) र नेपाल युवा रेडक्रस सर्कल (NYRCC), लमजुङ क्याम्पस को सहकार्यमा सयपत्री माध्यमिक बोर्डिङ स्कुल, सुन्दरबजार–६, लमजुङ मा "धूम्रपान तथा लागूऔषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई धूम्रपान तथा लागूऔषधको सेवनबाट हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक दुष्प्रभावबारे सचेत गराउनु, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु तथा कुलतबाट टाढा रहँदै जिम्मेवार, अनुशासित र सचेत नागरिक बन्न अभिप्रेरित गर्नु रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने विद्यालय प्रशासन, शिक्षकवर्ग, विद्यार्थीहरू, स्वयंसेवकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा हृदय देखि धन्यवाद🚸🖌️📕🪄

08/08/2026

𝐓𝐡𝐞 𝐟𝐮𝐭𝐮𝐫𝐞 𝐨𝐟 𝐟𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥 𝐬𝐭𝐚𝐫𝐭𝐬 𝐡𝐞𝐫𝐞 !⚽️❤️
SBFC❤️

28/07/2026

सुन्दरबजार युवा क्लबका अध्यक्ष सुजन राना मगर ज्यूलाई जन्मदिनको शुभकामना! 🎂🔥
यहाँको उर्जाशील नेतृत्वले हाम्रो क्लबलाई सधैं प्रेरणा दिइरहोस्। ⚽️❤️

Photos from Sundarbazar Club Lamjung's post 18/07/2026

सुन्दरबजार युवा क्लब र नेपाल युथ रेडक्रस सर्कल, IAAS लमजुङ को संयुक्त आयोजनामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रम विशेषगरी उपभोक्ता (Consumer Level) तथा वितरण तह (Distribution Level) मा बर्ड फ्लुको जोखिम न्यूनीकरण, सुरक्षित खाद्य अभ्यास, जैविक सुरक्षा (Biosecurity), संक्रमण रोकथाम तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी सचेतना अभिवृद्धिमा केन्द्रित रहेको थियो।

10/06/2026

हार्दिक धन्यवाद तथा अभार!

सुन्दरबजार युवा क्लबद्वारा वि.सं. २०८२ साल माघ १० गते सहिद दिवसको अवसर पारेर आयोजित सातौँ संस्करण खुला फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय पोखराबाट प्राप्त रु. ९८,४७६/- (अन्ठान्नब्बे हजार चार सय छ्याहत्तर रुपैयाँ) आर्थिक सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछौ।
विशेषगरी उक्त सहयोग उपलब्ध गराउन आवश्यक समन्वय, पहल तथा सहजीकरण गरिदिनुभएकोमा माननीय मुख्य मन्त्री ज्युको स्वकीय सचिव विक्रम अधिकारी ज्युप्रति विशेष धन्यवाद व्यक्त गर्दछौ।
साथै, युवाहरूको प्रतिभा विकास, खेलकुदको प्रवर्द्धन तथा सामाजिक गतिविधिहरूलाई प्रोत्साहन गर्न निरन्तर सहयोग र प्रेरणा प्रदान गर्नुहुने सम्माननीय मुख्यमन्त्रीज्यू तथा गण्डकी प्रदेश सरकारप्रति सुन्दरबजार युवा क्लब परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

14/04/2026

"नयाँ उत्साह, नयाँ उमङ्ग र नयाँ लक्ष्यका साथ नयाँ वर्ष २०८३ को आगमन भएको छ। यस सुखद अवसरमा हाम्रा सम्पूर्ण सदस्यहरू, शुभचिन्तकहरू तथा आदरणीय महानुभावहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो वर्ष हाम्रो क्लब र समाजका लागि गौरवपूर्ण रहोस्।"
सुन्दरबजार युवा क्लब परिवार

29/03/2026

लमजुङ सुन्दर बजार नगरपालिका वडा नं.६ सैनिक टाेल स्थित सुन्दरबजार युवा क्लबका सदस्य श्री रविन्र्द भण्डारि() र विष्णु भण्डारि ज्युकाे बुवा श्रीराम बहादुर भण्डारीको ८१बर्षको उमेरमा आज मिति २०८२/१२/१५ गतेआइतबार भएको असामहिक निधनले अत्यन्तै मर्माहत बनाएको छ यस दुखद क्षणमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु साथै सम्पूर्ण परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछु ।साथै सम्पुर्ण समाजका सदस्यहरूलाइ अनिवार्य उपस्थितिका सुचाना गराउँछु ।

24/03/2026

सुन्दरबजार नगरपालिका वडा नं. ६, लमजुङमा बस्नुहुने सम्शेर गुरुङ को ८० वर्षीया आमाको अवस्था अहिले अत्यन्तै संवेदनशील बनेको छ। उहाँ हाल पोखरामा आफ्नी ३५ वर्षीया बिरामी छोरीसँग बसिरहनु भएको छ। दुवै जनाको स्वास्थ्य अवस्था कमजोर रहेकाले दैनिक जीवनयापन, खाना तथा औषधि उपचारमा समेत गम्भीर समस्या परेको छ।
उहाँ सुन्दरबजारको पुरानो बासिन्दा हुनुहुन्छ, तर अहिले सहयोगको अत्यन्त खाँचोमा हुनुहुन्छ। यस विषयलाई “We Pokhara” नामक पेजले सार्वजनिक गरेपछि धेरैको ध्यानाकर्षण भएको छ।
यस्तो कठिन परिस्थितिमा हामी सबैले सानो सहयोग पनि ठूलो सहारा बन्न सक्छ। “रू १०० अभियान” जस्ता साना प्रयासहरूले जुम्लामा कपडा वितरणदेखि दार्चुलामा पुल निर्माणसम्म सम्भव भएको उदाहरण हामीसँग छ। त्यसैले, हामी सबै मिलेर यस आमाको जीवन केही सहज बनाउन सक्छौं।
👉 सहयोग गर्न इच्छुक हुनुहुन्छ भने कृपया म्यासेज गर्नुहोस्।
👉 तपाईंको सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।
मानवता नै सबैभन्दा ठूलो धर्म हो 🙏

Want your business to be the top-listed Gym/sports Facility in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Lamjung
Lamjung