Nepali Sports

Nepali Sports

Share

नेपाली खेलकुद सम्बन्धि ताजा अप्डेटका लागि लाईक/फ्लो गरेर हामी (Nepali Sports) सँग जोडिनु होला ! Thank You !!

07/08/2026

चितवन राइनोजमा रवि बोपाराको ‘ह्याट्रिक’ इन्ट्री, तेस्रो सिजनका लागि पुनः अनुबन्ध

नेपाल प्रिमियर लिग (NPL) को पहिलो र दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका इङ्ग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपारा आगामी NPL तेस्रो सिजनका लागि पुनः चितवन राइनोजमा अनुबन्धित भएका छन्।

ब्याट र बल दुवैबाट टोलीलाई महत्त्वपूर्ण योगदान दिएका बोपारालाई चितवनले लगातार तेस्रो सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको हो। उनको अनुभव, नेतृत्व क्षमता र दबाबपूर्ण अवस्थामा खेल पल्टाउने कौशलले राइनोजलाई अघिल्ला दुई संस्करणमा ठूलो बल पुगेको थियो। रवि बोपाराको पुनः आगमनसँगै चितवन राइनोजले आगामी सिजनको उपाधि यात्रालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। 🏏🔥✨

07/08/2026

दीपेन्द्र सिंह ऐरी र अजिंक्य रहाणेले एउटै टिमबाट ईटीपीएल खेल्ने

भारतीय स्टार ब्याटर अजिंक्य रहाणे उद्घाटन संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ETPL) का लागि एम्स्टरडम फ्लेम्स मा अनुबन्ध भएका छन्। सोही टोलीबाट नेपालका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पनि खेल्ने भएका छन्।

भारतका अनुभवी र सफल क्रिकेटर रहाणेसँग एउटै ड्रेसिङ रुम साझा गर्दै खेल्ने अवसर दीपेन्द्र सिंह ऐरीका लागि ठूलो अनुभव र उपलब्धिको रूपमा हेरिएको छ। युरोपको मञ्चमा यो दक्षिण एसियाली जोडीको प्रदर्शनप्रति क्रिकेट समर्थकहरू उत्साहित छन्।

07/08/2026

श्रीलंकन अलराउन्डर धनन्जय लक्षनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

पोखरा एभेन्जर्सले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि श्रीलंकाका अलराउन्डर धनन्जय लक्षनसँग सम्झौता गरेको छ। पोखराले दोस्रो सिजनमा राम्रो प्रदर्शन गरेको आधारमा लक्षनसँगको सहकार्यलाई निरन्तरता दिएको हो। अघिल्लो सिजन उनले तीन खेलमा १० विकेट लिँदै प्रभावशाली खेल देखाएका थिए।

श्रीलंकाको राष्ट्रिय टोलीबाट तीन एकदिवसीय खेल खेलेका २७ वर्षीय लक्षनले सन् २०२१ मा इंग्ल्यान्डविरूद्ध डेब्यू गरेका थिए। यसअघि पोखराले बंगलादेशका अलराउन्डर शाकिब अलहसनलाई पनि भित्र्याएको थियो। सिजनमा पोखराको प्रशिक्षकमा श्रीलंकाकै अजन्था मेन्डिससँग सम्झौता गरेको थियो।

07/08/2026

नेपालले खेल्ने विश्वकप लिग–२ सिरिजको तालिका सार्वजनिक, यस्ताे छ तालिका :

नेपालले आगामी अक्टोबरमा आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत महत्वपूर्ण त्रिदेशीय एकदिवसीय शृंखला खेल्दैछ। आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार ओमानको अल अमेरात क्रिकेट मैदान–१ मा हुने शृंखलामा नेपालसँगै आयोजक ओमान र क्यानडाको सहभागिता रहनेछ।

एकदिवसीय विश्वकप छनोटको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला यस सिरिजमा नेपालका लागि प्रत्येक खेल र प्रत्येक अंक निर्णायक हुने छन्। नेपालले आफ्नो पहिलो खेल ११ अक्टोबरमा क्यानडाविरुद्ध खेल्नेछ। त्यसपछि नेपालले १३ अक्टोबरमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै, नेपालले १७ अक्टोबरमा पुनः क्यानडा तथा १९ अक्टोबरमा ओमानसँग खेल्दै शृंखला सम्पन्न गर्नेछ। यी सबै खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछन्।

07/08/2026

सन २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको मिति सार्वजनिक, नेपाल पुग्न सक्ला ?

07/08/2026

नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो प्रभाव जमाइरहेका छन्। हाल उनी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा रहेका छन् भने ओडीआई अलराउन्डर वरियतामा २२औँ स्थानमा छन्।

आफ्नो उत्कृष्ट ब्याटिङ, प्रभावशाली बलिङ र उत्कृष्ट फिल्डिङका कारण दीपेन्द्र नेपाली क्रिकेटका सबैभन्दा भरोसायोग्य खेलाडीमध्ये एक बनेका छन्। 🇳🇵🏏

06/08/2026

आफ्नो दाईसँगै राष्ट्रिय टिममा खेल्न पाएको खुसी सुनाउँदै आसिफ शेख भन्छन् - ''पहिलेदेखि नै सपना थियो, एउटै परिवारबाट दुईजना राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने । त्यो पूरा भएसँगै निकै खुसी लाग्यो, र अहिले दुवैजना दाजुभाई खेल्छौँ नेपाल टिमबाट, यो भन्दा ठूलो खुसीको पल अरु हुन सक्दैन ।''

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय आसिफ शेख र आरिफ शेख दाजुभाई हुन् । उनीहरु राष्ट्रिय टोलीका नियमित तथा प्रमुख खेलाडी हुन् ।

06/08/2026

आसिफ शेख भन्छन् - "यदि म क्रिकेटर नभएको भए, अहिले सायद आफ्नै पसलमा मज्जाले चिया बनाइरहेको हुन्थेँ ।" 🏏🇳🇵☕

आसिफ शेख चियाका निकै पारखी हुन्। ☕❤️

06/08/2026

न्युजिल्यान्ड ए सँग एकदिवसीय म्याच खेल्दै नेपाल, खेल कहिले र कहाँ हुँदैछ ?

06/08/2026

'बझाङका बाघ' रविन्द्र ढाँटको करियरकै सबैभन्दा ठूलो ‘महामुकाबला’ नजिकिँदै

'बझाङका बाघ' तथा नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँट आफ्नो करियरकै सबैभन्दा ठूलो फाइटको संघारमा छन्। अगस्ट २८ मा चीनको साङ्घाईमा हुने ROAD TO UFC Season 5 को सेमिफाइनलमा उनले बलिया तथा अपराजित फाइटर कासिब मर्डोक (न्युजिल्यान्ड) सँग भिड्नेछन्। यो केवल एउटा फाइट होइन - UFC को मुख्य स्टेजमा पुग्ने र नेपाली एमएमएको इतिहास लेख्ने सुनौलो अवसर हो। अब सबैको नजर अगस्ट २८ मा छ।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu