RK Samaya.com

RK Samaya.com

Share

real-time, life moments, reality

09/08/2026
03/08/2026

देशप्रेम केवल पदमा बसेर होइन, कठिन परिस्थितिमा देखाएको धैर्य, सहनशीलता र राष्ट्रप्रतिको समर्पणबाट पनि मापन गरिन्छ। धेरै नेपालीका लागि श्री ५ ज्ञानेन्द्र शाह आज पनि शालीन, संयमी र राष्ट्रलाई प्राथमिकतामा राख्ने व्यक्तित्वका रूपमा स्मरणीय हुनुहुन्छ। समय बित्दै जाँदा इतिहासलाई आ-आफ्नो दृष्टिकोणबाट मूल्याङ्कन गर्नेहरू बढिरहेका छन्, र कतिपयले उहाँको अभाव पनि महसुस गरिरहेका छन्। अन्ततः देशभन्दा ठूलो कुनै व्यक्ति वा पद हुँदैन—समृद्ध, शान्त र एकताबद्ध नेपाल नै सबै नेपालीको साझा चाहना हो। 🇳🇵जय देश , जय मात्रिभुमि🕉️

03/08/2026

घमण्ड सवै भन्दा जान्ने,सुन्ने र गर्ने मै हु :
लंका दहन गरेर विजयी भावमा फर्किएका श्रीरामका परमभक्त हनुमानजीको मनमा आफ्नै पराक्रमप्रति हल्का गर्व जाग्यो। भगवान् श्रीरामले भक्तको मनमा आएको त्यो सूक्ष्म अहंकार सहजै बुझ्नुभयो। तर उहाँले न त उपदेश दिनुभयो, न त कुनै कठोर शब्द नै भन्नुभयो। बरु एउटा औँठी हातमा दिँदै भन्नुभयो, "यो चिनो लिएर वनको बीचमा तपस्यामा लीन एक महर्षिलाई भेटेर आउ।"
हनुमानजी ती महर्षिको आश्रममा पुगे। औँठी देखाउँदै भने, "प्रभु श्रीरामले यो तपाईंलाई दिनुभएको हो।"
महर्षिले औँठी हेरे, हल्का मुस्कुराए र आफ्नो कमण्डलुतर्फ इशारा गर्दै भने, "पहिले यसभित्र हेर्नु।"
हनुमानजीले कमण्डलुभित्र नजर पुर्‍याए। त्यहाँ त श्रीरामकै जस्ता असंख्य औँठीहरू थिए। उनी आश्चर्यचकित भए। "यो कसरी सम्भव भयो? यी सबै औँठी कहाँबाट आए?"
महर्षिले शान्त स्वरमा उत्तर दिए, "जब–जब राम अवतार लिनुहुन्छ, तब–तब एक हनुमानले लंका दहन गर्छन्। त्यसपछि मनमा अलिकति पनि अहंकार पलायो भने, रामले यस्तै एउटा औँठी दिएर यहाँ पठाउनुहुन्छ। ती सबै औँठी त्यही यात्राका चिनो हुन्।"
यति सुन्नासाथ हनुमानजीको शिर स्वतः झुक्यो। उनले बुझ्नुभयो— आफूले गरेको कार्य आफ्नो शक्ति मात्र होइन, प्रभुको कृपा र उद्देश्यको एउटा माध्यम मात्र थियो। जहाँ 'म' भन्ने भाव समाप्त हुन्छ, त्यहीँबाट साँचो भक्तिको आरम्भ हुन्छ ।
जय श्रीराम🕉️

30/07/2026

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको “सद्भाव सन्देश”

29/07/2026

✍️निकास विनाको विकास ले आजकाे झरिले शहर अस्तव्यस्त !

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Gokarneshwor
Kathmandu