Rengil United Club For Social Awareness-RUCSA

Rengil United Club For Social Awareness-RUCSA welcome to official club page
स्वस्थ को लागि खेल रास्ट का लागि खेल ❤️

22/09/2026

RUCSA नयाँ पदाधिकारीहरूको बैठक तथा निर्णय सम्बन्धी व्यहोरा

मिति २०८३/०६/०६ गते RUCSA क्लबका नवनिर्वाचित/नवनियुक्त पदाधिकारीहरूको बैठक बसी क्लबको आगामी कार्ययोजना, जिम्मेवारी बाँडफाँड तथा संस्थागत गतिविधिका सम्बन्धमा आवश्यक छलफल गरियो।

बैठकमा क्लबको उद्देश्य तथा विधानअनुसार आगामी दिनमा क्लबका गतिविधिहरूलाई प्रभावकारी, व्यवस्थित, पारदर्शी र सहभागितामूलक रूपमा सञ्चालन गर्ने विषयमा छलफल भयो। साथै, प्रत्येक पदाधिकारीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने तथा क्लबको हित र उद्देश्यलाई प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरियो।

बैठकमा छलफलपश्चात् देहायबमोजिमका निर्णयहरू गरियो:

१. नवनिर्वाचित पदाधिकारीहरूले आ–आफ्नो पदको जिम्मेवारी ग्रहण गरी क्लबका नियमित तथा आगामी कार्यक्रमहरू सञ्चालन गर्ने।

२. क्लबको आगामी कार्ययोजना तयार गरी प्राथमिकताका आधारमा सामाजिक, शैक्षिक, खेलकुद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने।

३. क्लबका पूर्वपदाधिकारी तथा जिम्मेवार व्यक्तिहरूसँग बैठक बस्ने।
४. कालिकोट जिल्ला अन्तर्गतका क्लबका प्रतिनिधिहरु सङ्ग छलफल गर्ने। ( क्लबका प्रतिनिधिहरुको Email तथा सम्पर्क नम्बर RUCSA को आधिकारिक पेजमा उपलब्ध गराइदिनु होला)

उपरोक्त निर्णयहरू कार्यान्वयन गर्दै RUCSA क्लबलाई थप सक्रिय, व्यवस्थित र उद्देश्यपरक रूपमा अगाडि बढाउने निर्णय गर्दै बैठक सम्पन्न भयो।

बैठकको निर्णयअनुसार

अध्यक्ष: सुमन शाही
सचिव: अग् रोकाय
मिति: २०८३/०६/०६
Rengil United Club For Social Awareness-RUCSA

20/09/2026

विषय: RUCSA क्लबका नयाँ पदाधिकारी चयन सम्बन्धी जानकारी।
महोदय/महोदया,
यस सम्बन्धमा RUCSA क्लबको हालै सम्पन्न बैठक/भेलाबाट क्लबको आगामी कार्यकालका लागि नयाँ पदाधिकारी तथा कार्यसमिति चयन गरिएको व्यहोरा जानकारी गराइन्छ।
क्लबको संस्थागत निरन्तरता, प्रभावकारी सञ्चालन तथा निर्धारित उद्देश्यअनुसार सामाजिक, शैक्षिक, सांस्कृतिक एवं सिर्जनात्मक गतिविधिहरूलाई थप व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको हो।
पदाधिकारीहरूको विवरण देहायबमोजिम रहेको छ:
क्र.सं. पद नाम, थर
१. अध्यक्ष : सुमन शाही
२. उपाध्यक्ष : सन्देश शाही
३. उपाध्यक्ष : कोपिला भारती
४. सचिव : अग्र रोकाय
५. सह–सचिव : डिटोल शाही
६. सह-सचिव : हेमन्त गिरी
७. कोषाध्यक्ष : मनिषा शाही
८. सुचना,सञ्चार तथा प्रविधि विभाग प्रमुख: रुबिन गिरी
९. खेलकुद विभाग प्रमुख : देवेन्द्र भारती
१०. सदस्य : राजन शाही
११.सदस्य : मुकेश शाही
१२. सदस्य : सिमा शाही
१३. सदस्य : प्रशान्त शाही
१४. सदस्य : मिलन तिरुवा
१५. सदस्य : दिपक शाही
१६. सदस्य : अविशेक शाही
१७: सदस्य : अनुप शाही
१८: सदस्य : सुजता शाही ( सुजु)
१९: सदस्य : साया शाही
२०: सदस्य : सपना रोकाय
२१: सदस्य : विनय शाही
नयाँ कार्यसमितिले क्लबको विधान, नीति तथा उद्देश्यअनुसार पारदर्शिता, सहकार्य, सहभागिता र जिम्मेवारीलाई प्राथमिकतामा राख्दै क्लबका आगामी कार्यक्रमहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
यस अवसरमा विगतमा क्लबको नेतृत्व तथा कार्यसमितिमा रही योगदान पुर्‍याउनुहुने सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। साथै, सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा सबै सदस्य, शुभेच्छुक तथा सरोकारवालाहरूबाट निरन्तर सहयोग, सुझाव र सहकार्यको अपेक्षा गर्दछौँ।
Rengil United Club For Social Awareness-RUCSA

17/09/2026

do you remember
Rengil United Club For Social Awareness-RUCSA

14/09/2026

📢 सूचना! सूचना!! सम्पूर्णमा सूचना!!!

हाम्रो यस क्लब Rengil United Club for Social Awareness (RUCSA) का सम्पूर्ण सक्रिय सदस्य, अग्रज दाजुभाइ, सल्लाहकारज्यू, जनप्रतिनिधिज्यू तथा वडा नं. ११ का सम्पूर्ण शुभचिन्तकहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

केही विशेष विषयमा छलफल गर्नुपर्ने भएकाले निम्न मिति र समयमा अनलाइन बैठक आयोजना गरिएको छ।

📅 मिति: २०८३/०६/०१ गते
⏰ समय: बेलुका ठीक ७:२० बजे
💻 बैठक: अनलाइन बैठक

बैठकको लिंक यसै पेजमा उपलब्ध गराइनेछ।

सम्पूर्ण महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

Rengil United Club for Social Awareness (RUCSA)
Rengil United Club For Social Awareness-RUCSA
Baratu Youth Club

08/09/2026

भदौ २३ कहिल्यै भुलिने छैन।
जेनजीका अमर शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जलि। 🕊️
Rengil United Club For Social Awareness-RUCSA

04/09/2026

#सक्छु राम्रो गर्छु! सक्दिन, म आफ़्नो बाटो हिन्छु!❣️
We are not only youth we are unity bonding
Thanks for all of you special thanks to Baratu Youth Club boys✊❣️

 #दुखी को पल संगै खुसीको क्षण ❣️💪🇳🇵जय नेपालWe fell proud of you 💪✊❣️Rengil United Club For Social Awareness-RUCSA
28/08/2026

#दुखी को पल संगै खुसीको क्षण ❣️💪🇳🇵
जय नेपाल
We fell proud of you 💪✊❣️
Rengil United Club For Social Awareness-RUCSA

Best up luck rabindra dhat ❣️🙏
28/08/2026

Best up luck rabindra dhat ❣️🙏

  help from our  club Rengil United Club For Social Awareness-RUCSA आज मिति २०८३ भदौ 10गते, बुधबार बिहान ८ः४० बजे रुसुवा...
27/08/2026

help from our club Rengil United Club For Social Awareness-RUCSA

आज मिति २०८३ भदौ 10गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।
Rest in peace 😭
Balen

Address

Rengil-11 Kalikot
Kalikot

Alerts

Be the first to know and let us send you an email when Rengil United Club For Social Awareness-RUCSA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share