29/07/2026
महागुरु फाल्गुनन्दको कर्मभुमी रहेको पाँचथर जिल्ला स्थित याङवरक गाउँपालिकाको ०५ नम्वर वडामा अवस्थित खेल-प्रेमिहरुको उत्कृष्ट कबर्डहलको निरिक्षण गर्दै मेचि ब्याडमिन्टन क्लवका खेलाडी एवं शुभचिन्तक, शुभेच्छुकहरु.....
यस अवसरमा साथ दिने याङवरकका गाउँपालिकाका साथिहरु प्रति बिशेष आभार।
29/06/2026
यस मेची ब्याडमिन्टन क्लबका खेलाडी साथिहरु, प्रशिक्षार्थि, खेलप्रेमी शुभचिन्तक, सम्पुर्ण कृषक समुदाय एवं सबै नेपालिहरुमा यस क्लब परिवारको तर्फबाट असार १५ तथा राष्ट्रिय धान दिवसको शुभकामना ब्यक्त गर्दछौं।
'किसानको सम्मान, राष्ट्रको स्वाभिमान'
13/06/2026
सर्वाधिक लोकप्रिय खेल Fifa world cup 2026 लाई मेची ब्याडमिन्टन क्लबका खेलाडीहरूले उत्सवको रुपमा आ-आफ्नो समर्थन सहित मनाउँदै ।
02/06/2026
#हार्दिक_बधाई_तथा_शुभकामना
संखुवासभाको खादबारिमा सम्पन्न कोशी प्रदेश स्तरीय निर्णायक बिकास कोर्ष तथा पुनर्ताजगी तालिममा सहभागिता जनाइ निर्णायकको भुमिकामा आफुलाई स्थापित गर्न सफल भइ क्लबको समेत निर्णायकमा गर्विलो उपस्तिथि भएको यस सुखद क्षणमा खेलाडी अरुण कुमार प्रधान ज्यु लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
अरुणकुमार प्रधान
06/02/2026
२०१८ को दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिज जितेका, २०२० मा विश्व जुनियर वरियतामा विश्व नम्बर सातौं रहन सफल, २०२४ पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका, हाल नेपालका एक नम्बर बरियताका युवा र प्रतिष्ठित ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, राष्ट्रिय खेलाडी प्रीयान्सु सिंह क्षेत्री लगायतलाई यस क्लबको तर्फ बाट स्वागत तथा सम्मान गर्दै ब्याडमिन्टन खेलमा थप सफलताको शुभकामना ब्यक्त।
-मेची ब्याडमिन्टन क्लब परिवार
31/01/2026
प्रथम मेचिनगर क्लब स्तरिय ब्याडमिन्टन प्रतियोगिताको समापन झलक ।
A श्रेणीतर्फ
विजेता
भिम आले / दिपक शिवाकोटी
उपविजेता
प्रविन लिम्बू / अर्जुन तामाङ
B श्रेणीतर्फ
बिजेता
कम राउत / सौकत अलि
उपविजेता
मनोज रिजाल / प्रकाश श्रेष्ठ
सहयोगी सहभागी सबै जनमा हार्दिक आभार ।