Jhapa Fc Malta

Jhapa Fc Malta

Share

Football club . Stay hungry, remain humble, and get better today.

24/07/2026

SSL समर लिगका ८ खेल सम्पन्न हुँदासम्म उत्कृष्ट लयमा रहेको Jhapa Fc Malta अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल भएको छ।

अघिल्लो खेलसम्म पाँचौं स्थानमा रहेको हाम्रो टोलीले पछिल्लो खेलमा ७–२ को फराकिलो जित दर्ता गर्दै एक स्थान माथि उक्लिन सफल भएको हो।

यो सफलता सम्पूर्ण खेलप्रेमी, दर्शक, शुभेच्छुक तथा झापा FC माल्टालाई माया, साथ र समर्थन गर्ने सबैको अमूल्य हौसला र विश्वासकै परिणाम हो। यहाँहरू सबैप्रति हामी सदैव कृतज्ञ छौं।
आगामी खेलहरूमा पनि यही साथ, समर्थन र मायाको अपेक्षा राख्दछौं।
धन्यवाद! जय झापा FC माल्टा! ⚽💙

Photos from Jhapa Fc Malta 's post 18/07/2026

SSL Summer League Malta अन्तर्गत हालसम्म सम्पन्न भएका खेलहरूमा Fc Malta ले उत्कृष्ट प्रदर्शन गर्दै हाल लिग तालिकाको पाँचौं स्थानमा रहन सफल भएको छ।
त्यसैगरी, हाम्रो टोलीका प्रतिभाशाली खेलाडी Bishal Khawas गोल्डेन बुटको प्रतिस्पर्धामा चौथो स्थानमा रहन सफल हुनुभएको छ। यो सम्पूर्ण झापा एफसी परिवारका लागि अत्यन्त गर्वको विषय हो।
हाम्रो टोलीलाई निरन्तर साथ, सहयोग, हौसला र समर्थन प्रदान गर्नुहुने सम्पूर्ण खेलप्रेमी, शुभचिन्तक तथा दर्शकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी खेलहरूमा पनि यस्तै साथ, समर्थन र मायाको अपेक्षा राखेका छौं।
धन्यवाद! जय Fc Malta! ⚽💚

19/06/2026

Heartily Thankful to all 🙏

SSL Summer League अन्तर्गतका ३ खेलपछि Jhapa Fc Malta २ जित र १ बराबरीसहित अंक तालिकाको चौथो स्थानमा रहन सफल भएको छ।

अब हाम्रो आगामी खेल २२ जुन, सोमबार बेलुका ८:०० बजे New Tiger FC विरुद्ध हुनेछ।

हामीलाई मैदानमा उपस्थित भई तथा प्रत्यक्ष प्रसारणमार्फत निरन्तर साथ, समर्थन र हौसला प्रदान गर्नुहुने सम्पूर्ण खेलप्रेमी, शुभेच्छुक तथा दर्शक महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

आउनुहोस्, आगामी खेलमा पनि Jhapa FC Malta साथ दिऔं र हौसला बढाऔं।

जय झापा एफसी माल्टा! 💚⚽

15/06/2026

(match day🤝)🇲🇹
SSL summerleague द्वारा आयोजित पुरुष फुटबल प्रतियोगितामा आज हुने तेस्रो लिग खेलमा झापा एफसि माल्टा फुटबल टिमलाई जितको अग्रीम बधाई तथा शुभकामना , साथै झापा एफसी माल्टा टिमलाई माया गर्नु हुने खेलप्रेमी मानुभावहरुलाई खेलमैदानमै गएर खेल हेरि खेलको मनोरञ्जन साथै खेलाडीहरुलाई हौसला प्रदान गरिदिनुहुन हार्दिकअनुरोध गर्दछौ!
समय : बेलुकाको ठिक ९ बजे
खेल हुने स्थान :(Birkirkara)

12/06/2026

खुशी तथा हार्दिक्ता 🙏🙏

SSL Summer League Malta को दोस्रो चरणका खेलहरू सम्पन्न हुँदासम्म हाम्रो Jhapa Fc Malta ले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भएकोमा सम्पूर्ण शुभेच्छुक, खेलप्रेमी तथा दर्शक महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

यहाँहरूको निरन्तर साथ, समर्थन र हौसलाले नै हामीलाई अझ राम्रो प्रदर्शन गर्न प्रेरित गरेको छ। आगामी खेलहरूमा पनि यही माया, साथ र सहयोग निरन्तर रहने विश्वासका साथ सबैमा हार्दिक आभार व्यक्त गर्दछौँ।

धन्यवाद! जय Jhapa FC Malta! ⚽💚

06/06/2026

SSL Summer League Season को Revival Round-Robin अन्तर्गत पहिलो चरणका सबै टोलीले १–१ खेल खेलिसक्दा हाम्रो Jhapa Fc Malta ३ अंकसहित चौथो स्थानमा रहेको छ। पहिलो खेलमा शानदार ५–२ को जित निकाल्दै झापा एफसीले उत्कृष्ट सुरुवात गरेको छ। आगामी खेलहरूमा पनि यस्तै प्रदर्शन कायम राख्दै अझ माथिल्लो स्थानमा पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा समर्थकहरूलाई हार्दिक बधाई तथा शुभकामना। 💙⚽️🏆

04/06/2026

SSL League अन्तर्गतको आफ्नो पहिलो खेलमा Jhapa Fc Malta ले शानदार ५–२ को जित हासिल गरेको छ। सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको झापा एफसीले पहिलो हाफसम्म १–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप ४ गोल गर्दै प्रभावशाली जित दर्ता गर्न सफल भयो।

टिमका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई हार्दिक बधाई। साथै मैदानमा उपस्थित भई तथा लाइभ प्रसारणमार्फत समर्थन र हौसला प्रदान गर्नुहुने सम्पूर्ण खेलप्रेमी महानुभावहरूप्रति Jhapa Fc Malta परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ। 🙏⚽💚

Photos from Jhapa Fc Malta 's post 03/06/2026

SSL
SEVEN A SIDE SUMMER LEAGUE

Good morning

हामीले यस लिगमाा भााग लिएका छौं। हामी यस लिगमा प्रतिस्पर्धा गर्ने एक मात्र नेपाली टोली हौं। मलाई आशा छ कि सबै Jhapa Fc Malta का समर्थक र फुटबल प्रेमीहरू आएर हामीलाई साथ समर्थन हौसला दिनुहुनेछ🙏
Game will be broadcast live from out page stay tune and follow our page thanks in advance 🙏

Venue : birkirkara
Time : 🕖 19.00

03/06/2026

नमस्ते
खेल अपडेट
तमु समाज गोल्ड कप

हामी सेमिफाइनलमा पुगेका छौं तर केही समस्याका कारण हामी फाइनल खेल्न सकेनौं।
धन्यवाद

Want your business to be the top-listed Gym/sports Facility in Pietà?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

156 Fa 1A Triq I’d Duluri
Pietà
PTA1230