RARA FC

RARA FC

Share

RARA FC Passion team work pride inspired by RARA lake .... strength in unity,Passion in Play

27/08/2026

नेपाल–चीनमा आएको विनाशकारी बाढीपछि सहयोगका लागि अष्ट्रेलियाले संकट तथा मानवीय सहायता प्रतिक्रिया विशेषज्ञहरू पठाउँदैछ।

हामी खाद्यान्न, आपत्कालीन आश्रय तथा चिकित्सा सहयोगलगायत मानवीय सहायता पनि उपलब्ध गराउँदैछौँ।

यस विपत्तिबाट प्रभावित व्यक्तिका परिवारजन तथा आफन्तहरूप्रति हाम्रो गहिरो समवेदना छ। साथै, बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरूको अवस्थाबारे यथाशीघ्र जानकारी प्राप्त गर्न हामी तत्काल प्रयास गरिरहेका छौँ।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अष्ट्रेलियाली नागरिकहरूले DFAT को Consular Emergency Centre मा 1300 555 135 मा सम्पर्क गर्न सक्नुहुन्छ। विदेशबाट फोन गर्दा +61 2 6261 3305 मा सम्पर्क गर्नुहोस्।










27/08/2026

****रारा फुटबल क्लबको तर्फबाट हार्दिक अपिल****!

यस विषम परिस्थितिमा प्राकृतिक विपत्तिबाट प्रभावित हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिनु हामी सबैको साझा जिम्मेवारी हो।

मानवता कुनै सीमा, जात, धर्म वा भूगोलले रोक्न सक्दैन। आज पीडामा परेकाहरूलाई हाम्रो साथ, सद्भाव र सहयोगको आवश्यकता छ।

थोपा–थोपा मिलेर समुद्र बन्छ।
तपाईंको सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा ल्याउन सक्छ।

त्यसैले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली भाषी समुदाय, संघ–संस्था, खेलाडी, खेलप्रेमी तथा सहयोगी मनहरूमा आ–आफ्नो क्षमताअनुसार सक्दो सहयोग गरिदिन हार्दिक अपिल गर्दछौँ।

सक्नेले सहयोग गरौँ।
नसक्नेले यो सन्देश शेयर गरौँ।
मानवताको यो अभियानमा हातेमालो गरौँ।

नेपालको दुःखमा हामी सबै एकजुट भएर उभिऔँ।

रारा फुटबल क्लबको तर्फबाट

26/08/2026

**एक थुकी सुकी, हजार थुकी नदी**।
एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने यही समय हो।

हार्दिक श्रद्धाञ्जली तथा समवेदना

यस दुःखद प्राकृतिक विपद्मा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति कर्णाली शिवा समाज अस्ट्रेलिया तथा फुटबल क्लबको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस पीडाको घडीमा उहाँहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दछौँ।

साथै, बाढीपहिरोबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हाम्रो हार्दिक ऐक्यबद्धता रहेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गर्दछौँ।

कर्णाली सेवा समाज अस्ट्रेलिया तथा रारा फुटबल क्लब
हार्दिक श्रद्धाञ्जली एवं समवेदना।

04/06/2026

प्रथम कर्णाली प्रदेशस्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि भिडन्तमा अब आमनेसामने छन् दुई दमदार टोली:

वीरेन्द्रनगर नगरपालिका — घरेलु मैदान, हजारौँ समर्थक र उपाधि जित्ने अठोटसहित।

जुम्ला — प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको आत्मविश्वासी टोली।

जय कर्णाली! सबै टोलीलाई शुभकामना!
सबैको समर्थनले मैदान गुञ्जियोस्, खेल इतिहास बनोस्

जेठ २१, २०८३
दिउँसो ३:०० बजे
कर्णाली प्रदेश रङ्गशाला, वीरेन्द्रनगर–सुर्खेत

हुटिङको आवाजले रङ्गशाला गुञ्जाऔँ,
खेलाडीहरूको मनोबल बढाऔँ!

किनकि फाइनल केवल एउटा खेल होइन,
यो सम्मान, सपना र इतिहासको लडाइँ हो।

रङ्गशालामा आउन नसक्ने दर्शकहरूका लागि खेलको प्रत्यक्ष प्रसारण GoalNepal.com र Namaste Surkhet मार्फत गरिनेछ।

Photos from RARA FC's post 01/06/2026

**कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३**!!

कर्णाली प्रदेशका सम्पूर्ण १० जिल्लाबाट सहभागी भएका सबै टोली, खेलाडी तथा खेलकुदप्रेमीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

यस प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक, अफिसियल, स्वयंसेवक तथा खेलप्रेमी दर्शकहरूप्रति विशेष आभार व्यक्त गर्दछौँ।

साथै, यस भव्य प्रतियोगिताको सफल आयोजनाका लागि आयोजक पक्षप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। खेलकुदको विकास, प्रतिभाको प्रवर्द्धन, खेल संस्कृतिको संरक्षण तथा युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने कार्यमा आयोजकको योगदान अत्यन्तै प्रशंसनीय रहेको छ।

यस्ता प्रतियोगिताहरूले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता, आपसी सद्भाव र खेलभावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।

खेलले केवल प्रतिस्पर्धा मात्र होइन, स्वस्थ जीवनशैली, एकता, सहकार्य र आत्मविश्वासको सन्देश पनि दिन्छ। त्यसैले खेलाडीहरूको मनोबल उच्च राख्दै स्वास्थ्य, अनुशासन र खेल संस्कृतिको प्रवर्द्धनमा सबै पक्षको निरन्तर सहयोग आवश्यक छ।

आगामी खेलहरू अझ रोमाञ्चक, प्रतिस्पर्धात्मक तथा सफल बनून् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

कर्णाली स्वास्थ्य समाज अष्ट्रेलिया तथा राजा फुटबल क्लब परिवारको तर्फबाट सम्पूर्ण सहभागी टोलीहरूलाई पुनः सफलताको शुभकामना।

जय खेलकुद, जय कर्णाली!

13/04/2026

Sydney to Celebrate Nepali New Year 2083 Tomorrow
Sydney: The Auburn Nepalese Community is hosting a grand “Nepali New Year 2083” celebration on April 14 at Granville Park from 1:00 PM to 9:00 PM with free entry for all. Supported by Remitly, Cumberland City Council, and other organisations, the program will feature performances by Ramesh Raj Bhattarai, Anju Panta, Sirjana Khatri, Jenisha Gautam, Shreya Gyawali, and Sarina Sainju. President Arun Shrestha has invited the community to enjoy cultural performances, urban folk music, children’s activities, and stalls, promoting unity, harmony, and cultural connection.



08/04/2026

Congratulations on Your Appointment as President – Australia School Sports Federation (NSSF)

Being appointed as President within the Nepal School Sports Federation (NSSF) is a remarkable achievement that reflects exceptional leadership, dedication, and a strong commitment to youth and sports development.

In this role, our RARA FC coach, Mr. Prabin Thapa, carries the responsibility of guiding strategic initiatives, strengthening school sports programs, and fostering national and international collaboration. His position allows him to influence policy, create opportunities for young athletes, and contribute to the overall growth of sports in Nepal.

This leadership role is not only a personal milestone but also a proud moment for RARA FC and the entire school sports community, as it highlights the impact of his vision, experience, and passion in shaping the future of youth sports.

We, RARA FC & KSSA, are extremely proud of this achievement.



20/03/2026

कर्णाली सेवा समाज अष्ट्रेलिया स्थापना तथा रारा फुटबल क्लब, कर्णाली सेवा समाज युरोप र रारा भलिबल क्लब युरोपका अध्यक्षज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

विदेशमा रहँदै पनि देश र समाजप्रति समर्पित भई निरन्तर सामाजिक सेवा गर्दै आउनुभएको तपाईं जस्तो कुशल, बुद्धिमान् तथा कर्मशील समाजसेवी व्यक्तित्व साँच्चिकै प्रेरणाको स्रोत हुनुहुन्छ। जहाँ रहे पनि समाजका लागि केही गर्नुपर्छ भन्ने सोचले हजारौं युवाहरूको मनमा उत्साह र जागरण ल्याएको छ।

प्रवासमा बसोबास गर्दै पनि नेपाली समुदायलाई एकताबद्ध बनाउँदै आपसी सहयोग, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्नु भएको तपाईंको भूमिका अत्यन्तै सराहनीय छ। विदेशमै बसेर पनि आफ्नो समुदाय र समाजलाई चिनाउँदै अघि बढ्नु भएको कार्य प्रशंसनीय छ।

विशेषगरी नेपाली विद्यार्थी भाइबहिनीहरूलाई सकेको साथ र सहयोग प्रदान गर्दै, साना–साना अभियानमार्फत उनीहरूको समस्या समाधानमा अग्रसर रहनु, साथै कठिन परिस्थितिमा रहेका असहायहरूका लागि सहयोगको हात अघि बढाउनु भएको तपाईंको योगदान सधैं स्मरणीय रहनेछ।

स्वदेशमा होस् वा विदेशमा-सामाजिक सेवा र जनचेतना अभिवृद्धि गर्ने तपाईंको अभियान अनुकरणीय र प्रेरणादायी छ।

यस शुभ अवसरमा पुनः एकपटक जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछु। आगामी दिनहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दछु।

जय Brotherhoods
जय Get Together
जय RaRA FC
जय कर्णाली सेवा समाज अष्ट्रेलिया!!

Photos from RARA FC's post 15/03/2026

सिड्नीमा दुर्घटनापछि नेपाली विद्यार्थीको संघर्षपूर्ण अवस्था, सहयोगको अपिल

अष्ट्रेलियामा अध्ययनका लागि पुगेका एक नेपाली विद्यार्थी कार्यस्थलमा भएको गम्भीर दुर्घटनापछि कठिन परिस्थितिमा जीवन बिताइरहेका छन्। धनगढीबाट करिब चार महिनाअघि अध्ययनका लागि सिड्नी पुगेका १९ वर्षीय निशान देव अहिले उपचारपछि पनि शारीरिक र आर्थिक समस्यासँग जुधिरहेका छन्।
गत फेब्रुअरी १३ मा सिड्नीको Mascot क्षेत्रमा रहेको एक क्याटरिङ कम्पनीमा काम गर्ने क्रममा उनी दुर्घटनामा परेका थिए। सामान सार्ने लिफ्ट बिग्रिएपछि त्यसलाई खोल्ने प्रयास गर्दा अचानक २५०० किलोभन्दा बढी तौलको लिफ्ट उनीमाथि खसेको बताइएको छ।
दुर्घटनाका कारण उनको शरीरमा गम्भीर चोट लागेको छ। चिकित्सकका अनुसार १४ वटा करङ भाँचिएको, फोक्सोमा समस्या देखिएको तथा खुट्टा र एंकलमा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि सिड्नीस्थित Royal Prince Alfred Hospital मा भर्ना गरिएको थियो। करिब एक महिना उपचारपछि उनी अस्पतालबाट बाहिरिए पनि अझै पूर्ण रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्।
हाल उनी सिड्नीमा सानो कोठामा बसिरहेका छन्, तर साथमा हेरचाह गर्ने कोही नभएकाले दैनिक जीवनसमेत कठिन भइरहेको छ। उपचार र विश्रामका कारण उनको पढाइ पनि रोकिएको छ र उनले आफ्नो अध्ययन अस्थायी रूपमा स्थगित गर्नुपरेको बताइएको छ।
अष्ट्रेलिया आउनुअघि करिब ३५ लाख रुपैयाँ ऋण लिएर विदेश पुगेका निशान अहिले आर्थिक दबाबमा परेका छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले नेपालबाट थप सहयोग लिन पनि सहज छैन। उनी आफ्नो हेरचाहका लागि आमालाई अष्ट्रेलिया ल्याउन चाहन्छन्, तर त्यसका लागि आवश्यक खर्च जुटाउन नसकिरहेको बताइएको छ।
यसबीच उनको उपचार र जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले NRNA NSW को पहलमा GoFundMe मार्फत आर्थिक सहयोग अभियान सुरु गरिएको छ। सहयोग गर्न चाहने व्यक्तिहरूले तल दिइएको लिंकमा क्लिक गरेर वा GoFundMe मा गएर “Nishan Dev” खोजी गरी आफ्नो क्षमता अनुसार सहयोग गर्न सक्ने जनाइएको छ।

🔗 Donation Link: https://www.gofundme.com/f/frtq9-medical-emergency

Photos from RARA FC's post 31/01/2026

**हाम्रो पहिलो Community Show – झरीपछिको इन्द्रेणी**

हिजो झरीपछिको इन्द्रेणी शोका केही तस्बिरहरू साँच्चै मन छुने थिए। हामी प्रवासमा बस्ने हरेक नेपाली विद्यार्थी तथा सम्पूर्ण नेपालीले हेर्नै पर्ने चलचित्र जस्तो लाग्यो। अत्यन्तै सरल तर गहिरो सन्देश बोकेको फिल्म — एक कर्तव्यनिष्ठ कर्मचारी, आफ्नै भ्रष्ट साढुभाइको प्रभाव, विदेश जान छोराले गरेको दृढ सङ्कल्प, आमाबुबाको सहनशीलता, र आफ्नै देशमा बसेर बुबाले दिएको संस्कार र आदर्शका कारण छोराले जीवनमा सफलता हासिल गरेको कथा अत्यन्त प्रेरणादायी लाग्यो।

बुबाको आदर्श र सत्यको बाटोले छोरालाई सही मार्ग देखाउँछ। विदेशमा धेरै पैसा कमाएर फर्किंदा उसले अन्ततः बुझ्छ — पैसा र विलासिताभन्दा परिवारको महत्व कति ठूलो हुन्छ। “बा नभए के हुन्छ? परिवार नै नभए के हुन्छ?” भन्ने गहिरो प्रस्तुतिले साँच्चै मन छोयो र भावविह्वल बनायो।

यस सन्देशसँगै देशको वर्तमान राजनीतिक अवस्था र एक नेपाली विद्यार्थीको हक–अधिकार सुनिश्चितताको माग सम्बन्धित सरोकारवाला निकायहरूले गम्भीर रूपमा बुझ्नु अत्यन्त आवश्यक छ। यो कुनै विरोध वा द्वन्द्वको आवाज होइन, बरु शान्त, संयमित र जिम्मेवार नागरिकको आवाज हो। हरेक नेपाली विद्यार्थीले सुरक्षित, न्यायपूर्ण र अवसरयुक्त वातावरणमा अध्ययन गर्न पाउने अधिकार राख्छ। युवाको भविष्य सुरक्षित भए मात्र देशको भविष्य सुरक्षित हुन्छ भन्ने यथार्थलाई राज्यले मनन गर्नुपर्छ।

यस Community Show कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद। छोटो समयमा पनि प्रवासमा व्यस्तताका बाबजुद अहोरात्र खटेर कार्यक्रम सफल बनाउनुहुने मेरा भाइहरू, RARA FC र KSSA Family लगायत आफन्त तथा प्रिय मित्रजनहरू, सम्पूर्ण टिम, Roteping Auburn Nepalese Community, Lukla TV तथा अग्रज व्यक्तित्वहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

हाम्रो पुरानो नेपाली फिल्म उद्योगलाई ठूलो योगदान दिनुहुने निर्देशक शोभित बस्नेतज्यू, साथै Australian Bebashi, OEVS र ANE College प्रति विशेष धन्यवाद व्यक्त गर्दछौं।

यस चलचित्रलाई विश्वास गरेर सञ्चालन गर्ने अवसर दिनु हुने मेरो ऊर्जावान, डायनामिक तथा सफल व्यवसायी भाइ राम कार्कीलाई विशेष धन्यवाद। साथै सम्पूर्ण कलाकार तथा प्राविधिक टिमप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

जय Brotherhoods
जय Get Together
जय RaRA FC
जय कर्णाली सेवा समाज अष्ट्रेलिया!!

Want your business to be the top-listed Gym/sports Facility in Sydney?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

47 Station Road Auburn
Sydney, NSW
2144